Tuesday, October 27

समाचार

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, कार्तिक १६ देशभर पश्चिमी वायुको तथा पहाडी भू-भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी […]

पूरा पढ्नुहोस्

डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं, कार्तिक १५ नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएकाले समायोजन गरिएको निगमका प्रवक्ताले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । जसमा अब डिजेल र मट्टितेलको नयाँ मूल्य प्रतिलिटर पहिलो वर्गमा १४७.५०, दोस्रोमा १४९ र तेस्रोमा १५० रुपैयाँ हुने निगमले जनाएको छ । बढेको मूल्य आजै रातिदेखि लागू हुनेछ […]

पूरा पढ्नुहोस्

साफ महिला च्याम्पियनसिप : महिला साफ च्याम्पियनसीपको उपाधि बंगलादेशलाई

काठमाडौं, कार्तिक १५ साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि बंगलादेशले उचालेको छ। बंगलादेशले लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको हो। खेलको ८०औँ मिनेटमा बंगलादेशका रितु चक्माले नेपालविरुद्ध निर्णायक गोल गरिन् बुधवार दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले नेपाललाई २–१ गोलअन्तरले पराजित गर्दै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो।

पूरा पढ्नुहोस्

जन्मनासाथ बालबालिकाको अपांगतासहित ४ प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य गर्ने मन्त्री पौडेलको निर्णय

काठमाडौं, कार्तिक १५ अब नेपालका प्रसुती सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा जन्मिएका बालबालिकाको प्रमुख स्वास्थ्य समस्या परीक्षण बर्न स्क्रिनिङ अनिवार्य हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै प्रसुती सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा अपांगतासहितका चार प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य गर्ने निर्णय गरेका हुन् । जन्मनासाथ […]

पूरा पढ्नुहोस्

सरकारी अस्पतालमा विद्युत महसुल छुट दिलाउन मन्त्री पौडेलको सक्रियता

काठमाडौं, कार्तिक १५ सरकारी अस्पताललाई विद्युत महसुलमा २० प्रतिशत छुट दिन भएको व्यवस्था कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सक्रियता देखाउनुभएको छ । नेपाल विद्युत प्राधिकरण विद्युत महसुल सङ्कलन विनियमावली २०७८ मा भएको सरकारी अस्पताल तथा स्वास्थ्य चौकीले पाउने विद्युत महसुल छुटको व्यवस्था लागू गराउन मन्त्री पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णय गर्नुभएको हो । […]

पूरा पढ्नुहोस्

तिहार अन्तर्गत आज एकैदिन तिहारको कुकुरतिहार, लक्ष्मीपूजा, नरकचतुर्दशी र दीपमालिका मनाइदै

काठमाडौं, कार्तिक १५ आज तिहार पर्व अन्तर्गत ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मीपूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, कार्तिक १५ देशभर पश्चिमी वायुको साथै पहाडी भू-भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश, बागमती प्रदेश,र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही […]

पूरा पढ्नुहोस्

नेप्सेमा आज १४ अंकको गिरावट

काठमाडौं, कार्तिक १४ बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ । आज कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयर किनबेच हुदा ५ अर्ब ९५ करोड ३९ लाख बराबरको कारोबार भएको थियो । आज गुँरास लघुवित्त र मिड सोलु हाइड्रोको […]

पूरा पढ्नुहोस्

आईसीसी लिग-२ : स्कटल्याण्डमाथि नेपालको शानदार जित

काठमाडौं, कार्तिक १४ आईसीसी विश्वकप लिग-२ क्रिकेटमा नेपालले स्कट्ल्यान्डलाई ५ विकेटले हराएको छ। अमेरिकाको ड्यालसमा टस हारेर ब्यािटङ गरेको स्कटल्याण्ड ४१ दशमलव ४ ओभरमा १५४ रन बनाउँदै अलआउट भयो। जवाफमा नेपालले उक्त लक्ष्य २९ दशमलव ५ ओभर (१२१) बल बाँकी हुँदै ५ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा आरिफ शेखले ५१ रनको नटआउट अर्धशतकीय इनिङ […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, कार्तिक १४ हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा छ। विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ। कोशी, बागमती, […]

पूरा पढ्नुहोस्