Saturday, October 31

समाचार

आजदेखि नयाँ वर्ष २०८१ साल सुरु, धुमधामले मनाइँदै

काठमाडौँ, वैशाख १ आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति […]

पूरा पढ्नुहोस्

एसीसी प्रिमियर कप : नेपालको विजयी सुरुवात, मलेसिया ५ विकेटले पराजित

काठमाडौँ, वैशाख १ नेपालले एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । मलेसियाले दिएको १४४ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

पूरा पढ्नुहोस्

माइतीघरदेखि बानेश्वरसम्म कायम गरिएको ‘निषेधित क्षेत्र’ हटाइयो

काठमाडौँ, वैशाख १ माइतीघर क्षेत्र लक्षित निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत फागुन ४ गते दुई महिनाका लागि लागू गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो । प्रशासनले हाललाई सुरक्षा चुनौती विश्लेषणको आधारमा निषेधाज्ञा हटाएको बताएको छ । गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासनले निषेधित क्षेत्र हटाएको हो ।

पूरा पढ्नुहोस्

नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव : मौसम पूर्वानुमान

काठमाडौँ, वैशाख १ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र मधेश प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि मुख्यतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया आंशिकदेखि सफा रहेको छ । दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच आज भेटवार्ता

काठमाडौं, चैत ३०  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच मुलुकको पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा समसामयिक राजनीतिक विषयमा अलावा सङ्घीय संसद्को अधिवेशनलगायतका विषयमा छलफल भएको जनाइएको छ ।

पूरा पढ्नुहोस्

आगामी असाेजमा प्रथम मिष्टर चितवन शारीरिक सुगठन प्रतियाेगिता हुने

चितवन, चैत ३०  चितवनमा आगामी असाेजमा “प्रथम मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता एवम् महिला यथलेटिक्स फिजिकल २०८१” हुने भएकाे छ । चितवन जिल्ला शारिरीक सुगठन तथा फिटनेश संघले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलनकाे आयाेजना गरि भरतपुर भ्रमण बर्षकाे अबसरमा उक्त प्रतियाेगिता आयाेजना गर्न लागेकाे जनाएकाे छ । स्वस्थ शरीर भित्र स्वस्थ मनस्थिति हुन्छ भन्ने मुल नाराका […]

पूरा पढ्नुहोस्

एसीसी टी–२० प्रिमियर कप : नेपालले आज मलेसियासँग खेल्ने

काठमाडौं, चैत ३०  आज देखि एसीसी प्रिमियर कपको सुरुवात हुँदैछ । ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एसिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।​ एसीसी प्रिमियर कपमा ८ उच्च वरियतामा रेहका एसोसियट्स देश र एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका दुई देश खेल्दै […]

पूरा पढ्नुहोस्

राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडौं, चैत ३०  राष्ट्रियसभा बैठक आज बस्दैछ । संघीय संसद भवनमा बस्ने बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ। आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ […]

पूरा पढ्नुहोस्

आज पनि यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं, चैत ३०  पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण शुक्रबार बिहान कोशी प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागमा मौसम मुख्यतया सफा छ। दिउँसो पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थान साथै […]

पूरा पढ्नुहोस्

राष्ट्रियसभा उपाध्यक्ष घिमिरेद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौं, चैत २९ राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा हिजो आयोजित एक समारोहकाबीच राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उपाध्यक्ष घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । राष्ट्रियसभा नियमावली, २०७५ को नियम २१७ ‘क’को अनुसूची २ बमोजिम उपाध्यक्ष घिमिरेले राष्ट्रियसभाको उपाध्यक्ष पदको […]

पूरा पढ्नुहोस्