समाचार
आदर्श गृहले गर्यो अस्मिताको कन्यादान
चितवन, माघ २२ विगत आठ वर्षदेखि भरतपुरको आदर्श गृहको संरक्षणमा हुर्किएकी अस्मिता तिवारीको आइतबार धूमधामसँग विवाह भयो । विसं २०७२ मा बाँकेको कोहलपुरबाट ल्याएर आश्रयसँगै शिक्षादीक्षा दिएको संस्था आदर्श गृहले अस्मितालाई आइतबार बेहुली बनाएर पठाएको हो । स्याङ्जाको वालिङ घर भई हाल भरतपुर–७ कृष्णपुरमा आफ्नै व्यवसाय सञ्चालन गर्दै आउनुभएका मणि सुवेदीसँग २३ वर्षिया अस्मिताको सनातनी […]
पूरा पढ्नुहोस्
आजदेखि संसदको हिउँदे अधिवेशन शुरु हुँदै
काठमाडौं, माघ २२ संघीय संसद्को हिउँदे अधिवेशन आज शुरू हुँदै छ। संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज अपराह्न ४ बजे बोलाइएको छ। संसद् सचिवालयले दुवै बैठकका लागि प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा भएको जनाएको छ। सचिवालयले यस पटकदेखि कानुन निर्माणका हिसाबले प्रभावकारी र चुस्त बनाउन पाक्षिक रुपमा क्यालेन्डर बनाएर अधिवेशन […]
पूरा पढ्नुहोस्
आज यी प्रदेशमा सामान्य वर्षा र हिमपात : मौसम पूर्वानुमान
काठमाडौं, माघ २२ कोशी, मधेश र बागमती प्रदेशमा अहिले बदली छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा पनि आंशिक बदली छ। बाँकी भागको मौसम सामान्यतयातया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थान साथै कोशी, बागमती गण्डकी र लुम्बिनी प्रदेशका […]
पूरा पढ्नुहोस्
नेपालमा पनि आज विश्व क्यान्सर दिवस मनाइँदै
काठमाडौं, माघ २१ आज विश्व क्यान्सर (अर्बुद) दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस दिवस हरेक वर्षको फेबु्रअरी ४ तारिखका दिन मनाइन्छ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ । अर्बुद रोग भनेको शरीरको कोश या कोशिकाहरूको समूहको अस्वाभाविक वृद्धि हो […]
पूरा पढ्नुहोस्
आज यी प्रदेशमा वर्षाको सम्भावना : मौसम पूर्वानुमान
काठमाडौं, माघ २१ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागको मौसम मूख्यतया सफा रहेको छ। दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा साथै बागमती प्रदेशको थोरै स्थानहरू […]
पूरा पढ्नुहोस्
चितवनको सौराहामा १८औं फूड फेस्टिबल माघ २८ गतेदेखि हुँदै
चितवन, माघ २० चितवनको पर्यटकीय नगरी सौराहामा माघ २८ गते देखि फागुन ३ गते सम्म १८औं सौराहा फूड फेस्टिबल हुने भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल रेवान सौराहा चितवनको आयोजना सौराहाको मुख्य बजार नजिक फेस्टिबल हुने भएको हो । सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएको रेवानका […]
पूरा पढ्नुहोस्
सङ्घीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि
काठमाडौं, माघ २० सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक माघ २२ गते अपराह्न ४ बजेका लागि आह्वान गर्नुभएको हो । यस हिउँदे अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको पूर्ण तयारी पूरा भएको सङ्घीय संसद् सचिवालयका सहायक […]
पूरा पढ्नुहोस्
विश्वकप क्रिकेट: नेपाल भारतसँग १३२ रनले पराजित
काठमाडौं, माघ २० आईसीसी यू–१९ एक दिवसीय विश्वकप क्रिकेटको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ । सुपर सिक्सको अन्तिम खेलमा नेपाल भारतसँग १३२ रनको फराकिलो अन्तरले पराजित भएको हो । दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा भएको खेलमा जीतका लागि दुई सय ९८ रनको लक्ष्य पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै एक […]
पूरा पढ्नुहोस्
आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना : मौसम पूर्वानमान
काठमाडौं, माघ २० देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली […]
पूरा पढ्नुहोस्
नेपाली कांग्रेसको संसदीय दल बैठक बस्दै
काठमाडौं, माघ १९ नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे देखी सुरु हुनेछ । बैठकमा आगामी सोमबारदेखि हुने हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने प्रमुख सचेतक लेखकले बताउनुभयो। संसद्को हिउँदे अधिवेशन माघ २२ गते देखी सुरु हुँदै […]
पूरा पढ्नुहोस्




