समाचार
उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै : निर्वाचन आयोग
काठमाडौं, चैत्र २३ निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधि सभाका तीन वटा क्षेत्रमा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशित गर्दैछ । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । त्यसपछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने छ । अन्तिम नामावली लगत्तै […]
पूरा पढ्नुहोस्
एकल आमाका सन्तानको मावलीकै थर राखेर जन्मदर्ता गर्न निर्देशन
काठमाडौं, चैत्र २३ गृह मन्त्रालयले एकल आमाका सन्तानलाई आमाकै नामबाट जन्मदर्ता गर्न वडा कार्यालयहरुलाई निर्देशन दिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहका सबै वडा कार्यालयलाई परिपत्र गर्दै एकल महिलाबाट जन्मेका तथा पितृत्व नखुलेका बच्चाको जन्मदर्ता आमाकै अर्थात मावलीकै थर राखेर गर्न निर्देशन दिएको हो । त्यस्तै ‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान […]
पूरा पढ्नुहोस्
राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छ : अध्यक्ष ओली
वीरगञ्ज, चैत्र २२ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियगानमा रहेको सुरुको धुन हटाउनुपर्ने बताउनुभएको छ । अखिल नेपाल पिछडा वर्ग (ओबिसी) महासङ्घको प्रथम महाधिवेशनको आज वीरगञ्जमा उद्घाटन कार्यक्रममा उहाँले राष्ट्रिय गानअघि सुरुमा बज्दै आएको धुनलाई हटाएर शब्दको धुन राख्नुपर्ने बताउनुभयो । ‘राष्ट्रिय गानको सुरु पनि शब्दको धुनबाट हुनुपर्छ र अन्त्य शब्दकै धुनबाट हुनपर्छ’, पूर्वप्रधानमन्त्री […]
पूरा पढ्नुहोस्
भोलि सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिने
काठमाडौं, चैत्र २२ सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम भोलि बिहीबार सार्वजनिक गर्ने तयारी थालेको छ । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भएको थियो । यसअघि एमाले अध्यक्ष केपी ओली संयोजक भएर बनाएको सरकारको न्यूनतम प्राथमिकता र कार्यक्रमहरू परिमार्जन गरिएको छ । खासगरी कांग्रेसले चुनावमा गरेका केही प्रतिबद्धताहरु मस्यौदामा […]
पूरा पढ्नुहोस्
सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान
काठमाडौं, चैत्र २२ सत्ता गठबन्धनका दलहरूले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा आफ्ना आधिकारिक उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका छन् । गठबन्धन दलका शीर्ष नेताहरूले एक विज्ञप्तिमार्फत गठबन्धनमा रहेका दलका सम्बन्धित प्रदेश, जिल्ला र उपनिर्वाचन हुने प्रतिनिधिसभा क्षेत्रसँग आवश्यक समन्वय गरी आफ्ना उम्मेदवारलाई विजयी गराउनका लागि सम्पूर्ण पार्टी पङ्क्तिलाई व्यापक रूपमा परिचालन गर्न […]
पूरा पढ्नुहोस्
रवि लामिछानेको राहदानी प्रकरणको सुनवाइ आज हुने संभावना
काठमाडौं, चैत्र २२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको दोहोरो राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा बुधबार सुनुवाई हुने संभावना छ । मंगलबारका लागि पेशी तोकिए पनि न्यायाधीश अनिलकुमार सिन्हाले मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाई बुधबारका लागि सारिएको थियो । न्यायाधीश सिन्हाले संवैधानिक इजलासमा लामिछानेको नागरिकता विवादको सुनुवाइमा संलग्न रहेकाले राहदानी प्रकरणमा […]
पूरा पढ्नुहोस्
छाड्यो एमालेले मधेश प्रदेश सरकार
जनकपुरधाम, चैत्र २२ केन्द्रमा सत्ता समीकरण बदलिएसँगै नेकपा एमालेले मधेश प्रदेश सरकार पनि छाडेको छ। एमालेका मन्त्रीहरूले मंगलबार संयुक्त रुपमा दिएका राजीनामा मुख्यमन्त्री सरोजकुमार यादवले स्वीकृत गरेसँगै एमाले प्रदेश सरकारबाट बाहिरिएको छ। मधेश सरकारमा एमालेका ४ मन्त्री र १ राज्यमन्त्रीसहित ५ जना सहभागी थिए। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सञ्चारकर्मीसँग मुख्यमन्त्री यादवले केन्द्रमा राजनीतिक समीकरण परिवर्तन […]
पूरा पढ्नुहोस्
एकैदिन मंगलबार ८० जनामा कोरोना संक्रमण
काठमाडौं, चैत्र २१ देशभरि मंगलबार कोरोनाका ८० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ११७ जनामा गरिएको नमुना परीक्षणबाट ८० जनामा संक्रमण पुष्टि भएको हो। योसँगै देशभरि कोरोनाका सक्रिय संक्रमितको संख्या २७९ पुगेको छ। पछिल्लो २४ घण्टामा १२ जना संक्रमित निको हुँदा ३० हजार २ सय ३६ जनाले कोरोनाविरुद्धको खोप लगाएका […]
पूरा पढ्नुहोस्
उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने : निर्वाचन आयोग
काठमाडौं, चैत्र २१ निर्वाचन आयोगले उपचुनावका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने जनाएको छ। उपचुनावका लागि सोमबार उम्मेदवारी दर्ता भएको थियो। तनहुँ–१ मा ९ जना, चितवन–२ मा २४ जना र बारा–२ मा ३६ जना गरेर कुल ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये दलको तर्फबाट ३३ जना र ३६ जना स्वतन्त्र उम्मेदवार छन्। ती उम्मेदवारविरुद्ध उजुरी […]
पूरा पढ्नुहोस्
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं, चैत्र २१ पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलमा ३ रुपैयाँ घटाएको छ । त्यस्तै, डिजेल, मट्टीतेल र हवाई इन्धन आन्तरिकको प्रतिलिटर १० रुपैयाँ मूल्य घटेको निगमले जनाएको छ । योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७५, डिजेल र मट्टीतेलको प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ ।
पूरा पढ्नुहोस्




