Saturday, October 10

समाचार

शुक्रबार सभामुख घिमिरे बहराइन जाने

काठमाडौं ,फागुन २४ बहराइनमा यही फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिन सभामुख देवराज घिमिरे जाने हुनुभएको छ । उहाँ ९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही फागुन २६ गते त्यसतर्फ जान लागेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । सभामुख घिमिरेले त्यसबीचमा नेपालको तर्फबाट […]

पूरा पढ्नुहोस्

सुनचाँदीको मूल्य आज घट्यो

काठमाडौं ,फागुन २३ आज मंगलबार साताको तेस्रो दिन  सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख २ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ३ सय रूपैयाँले घटेर एक लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख २ हजार […]

पूरा पढ्नुहोस्

मुलुकमा देखा परेका आर्थिक संकट समाधान गछौं : प्रधानमन्त्री दाहाल

काठमाडौं ,फागुन २३ प्रधानमन्त्री पुष्पकमल दाहालले सबैको सामूहिक विवेक प्रयोग गरेर मुलुकमा देखा परेको आर्थिक संकट समाधान गर्ने बताउनुभएको छ । मुलुकमा देखा परेका आर्थिक संकट समाधानका लागि आफूले केही दिन अघि मात्रै सरोकारवालाहरुसँग छलफल सुरु गरेको र केही दिनभित्र ती समस्याहरुको समाधानको प्रक्रिया अघि बढाउने उहाँको भनाई थियो । मंगलबार सोलुखोला–दूधकोशी जलविद्युत आयोजनाको काठमाडौंबाट […]

पूरा पढ्नुहोस्

बुधबारसम्म सांसदहरुलाई काठमाडौं आइपुग्न आठ दलको निर्देशन

काठमाडौं ,फागुन २३ सांसदहरुलाई आठ दलीय गठबन्धनले बुधबार बिहान ११ बजेसम्म  काठमाडौं आइसक्न निर्देशन दिएको छ । मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको आठ दलीय कार्यदलको बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदहरुलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौं आइपुग्न निर्देशन दिएको हो । बैठकले संघीय तथा प्रदेशसभा सांसदहरूलाई आ–आफ्नो […]

पूरा पढ्नुहोस्

भोलि राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं ,फागुन २३ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ। राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलाएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले   बताउनुभयो । बैठक बुधबार दिउँसो १ बजे बस्नेछ। बैठकमा राष्ट्रपति निर्वाचनका सन्दर्भमा विभिन्न विकल्पमा छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी  दिनुभयो । बिहीबार हुने राष्ट्रपति निर्वाचनमा नौ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका […]

पूरा पढ्नुहोस्

तराई मधेसका जिल्लाहरुमा आज होली पर्व मनाइँदै

काठमाडौं ,फागुन २३ फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ । यस पर्वको अवसरमा आज मधेसका […]

पूरा पढ्नुहोस्

मतदान केन्द्र बन्द नभएसम्म आजदेखि प्रचारप्रसारमा निषेध : राष्ट्रपति निर्वाचन

काठमाडौं ,फागुन २३ निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनका लागि प्रचार प्रसार गर्न निषेध गरेको छ । सोमबार रातिदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचार प्रसार निषेध गरिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार यो अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी गर्न पाइने छैन […]

पूरा पढ्नुहोस्

४२ रनले युएईलाई हराउँदै नेपाल विजयी : आईसीसी लिग–२

काठमाडौं ,फागुन २२ युएईमा भइरहेको विश्वकप छनोटको लिग-२ अन्तर्गतको त्रिकोणिय शृंखलाको अन्तिम खेलमा नेपालले घरेलु युएईलाई ४२ रनले पराजित गरेको छ। सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा नेपालले घरेलु टोली युएईमाथि ४२ रनको सानदार जित हात पारेको हो । जितसँगै नेपाल युएईलाई पछि पार्दै ३२ अंकका साथ लिग २ मा पाँचौं स्थानमा उक्लिएको छ […]

पूरा पढ्नुहोस्

एमालेले सांसदलाई दियो राष्ट्रपति निर्वाचनका विषयमा प्रशिक्षण

काठमाडौं ,फागुन २२ नेकपा एमालेले राष्ट्रपति पदको निर्वाचनका विषयमा आफ्ना सांसदलाई प्रशिक्षण दिएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा एमालेले सोमबार तीन दिनपछिको राष्ट्रपतिको निर्वाचनको लागि आफ्नो पार्टीका प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभा सांसदहरूलाई प्रशिक्षण दिएको हो । राष्ट्रपति निर्वाचनको लागि मौन अवधि सुरु हुनु केही घण्टा अघि एमालेले आफ्ना संघीय र प्रदेश सांसदलाई राष्ट्रपति निर्वाचनबारे […]

पूरा पढ्नुहोस्

लघुवित्तका समस्या समाधानका लागि अध्ययन समिति गठन

काठमाडौं ,फागुन २२ नेपाल राष्ट्र बैंकले लघुवित्त क्षेत्रका समस्याहरुको पहिचान गरी समाधान खोज्न अध्ययन समिति गठन गरेको छ । राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले आर्थिक अनुसन्धान विभागका प्रमुख प्रकाश श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति बनाएको हो । समितिमा दुई जना स्वतन्त्र विज्ञ, राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक, लघुवित्त संस्था सुपरभिजन विभागका निर्देशक […]

पूरा पढ्नुहोस्