राजनीति
मन्त्रालय भागबण्डाको टुंगो लागेको छैन : उपसभापति खड्का
काठमाडौं, चैत्र १२ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तारुढ दलहरुका बिचमा मन्त्रालयको भागबण्डा नटुंगिएको बताउनुभएको छ । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति खड्काले मन्त्रालय भागबन्डाको विषय नटुंगिएको बताउनुभएको हो । उहाँले गठबन्धन दलका नेताहरुका बीचमा छलफल भइरहेको भएपनि कुन पार्टीले कुन मन्त्रालय भन्नेमा टुंगो नलागेको बताउनुभयो । उहाँले नेपाली कांग्रेसले […]
पूरा पढ्नुहोस्
सर्वसम्मतिले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ स्वीकृत
काठमाडौं, चैत्र १२ आज आइतबार बसेको राष्ट्रिय सभाको बैठकबाट राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको हो । डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सभा समक्ष पेस गर्नुभएको थियो । विधेयकमाथि सांसदहरुले आफ्ना आफ्ना धारणा राख्नुभएको थियो । विधेयकमा छलफल सकिएपछि राष्ट्रिय सभा अध्यक्षले विधेयकको विपक्षमा कोही पनि नरहेकाले विधेयक संसदबाट सर्वसम्मतिले […]
पूरा पढ्नुहोस्
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै
काठमाडौं, चैत्र १२ संघीय संसद अन्तर्गत आइतबार दुवै सदनको बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ […]
पूरा पढ्नुहोस्
दुई दिनभित्रै मन्त्रीपरिषदले पूर्णता पाउँछ: उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडाैं, चैत्र ११ दुई दिनभित्रै मन्त्रीपरिषदले पूर्णता पाउने उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दावी गर्नुभएको छ । शनिबार ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । मन्त्रालय बाँडफाँटको विषयमा सत्तारुढ दलहरुबीच किचलो बढिरहेका बेला नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठले यस्ताे दावी गर्नुभएको […]
पूरा पढ्नुहोस्
आगामी आमनिर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्छ: महामन्त्री गगन थापा
काठमाडौं, चैत्र ११ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टी एक्लै आगामी आमनिर्वाचनमा लड्ने बताउनुभएकाे छ । शनिबार कांग्रेस क्षेत्रीय समितिले बुटवलकाे भैरहवामा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । महामन्त्री थापाले २०८४ सालको निर्वाचनमा १ सय ६५ वटै निर्वाचन क्षेत्रमा एक्लै लड्ने गरी अगाडि बढ्नुपर्ने बताउनुभयाे । अहिले नेपाली कांग्रेसलाई जराबाटै […]
पूरा पढ्नुहोस्
दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पुयाउनुपर्ने : मुख्यमन्त्री राजकुमार शर्मा
कर्णाली, चैत्र ११ कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम बस्तीसम्म सञ्चारको सहज पहुँच पु¥याउनुपर्ने बताउनुभएको छ । नेपाल दूरसञ्चार प्राधिकरणद्वारा शुक्रबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, सेवाको विस्तार, भावी योजना र दूरसञ्चार सेवाको गुणस्तर सुधारलगायतका विषयमा दूरसञ्चार सेवा प्रदायक र सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम’मा मुख्यमन्त्री शर्माले माथिल्लो कर्णालीका जिल्लाका जनता सञ्चारको […]
पूरा पढ्नुहोस्
तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने : रास्वपा
काठमाडौँ, चैत्र ११ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० मा हुन लागेको उपनिर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टीको हिजो बसेको केन्द्रीय समितिको बैठकले तनहुँ १, चितवन २ र बारा २ मा उम्मेदवारी दिने निर्णय गरेको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तीन वटै निर्वाचन क्षेत्रमा गठबन्धन […]
पूरा पढ्नुहोस्
पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता थिएनः अध्यक्ष नेपाल
काठमाडाैं, चैत्र ११ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताउनुभएको छ । पार्टीको अर्थ–योजना विभागले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्था र समाधानका उपाय विषयक विचार गोष्ठीमा बोल्दै उहाँले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताउनुभयो । यी दुई विमानस्थलमा अर्बौं रुपैयाँ लगानी भएपनि […]
पूरा पढ्नुहोस्
आज मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिँदै
काठमाडौं, चैत्र १० बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । शुक्रबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकबाट उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । गत बुधवार विश्वासको मत लिने तयारी गरिएपनि नेपाली कांग्रेस सांसदहरु अनुपस्थित हुने भएपछि बैठक सारिएको थियो ।पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा नेकपा (एमाले), […]
पूरा पढ्नुहोस्
स्ववियु निर्वाचन : ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक
काठमाडौँ, चैत्र १० त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा यही चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ । देशभर ६२ आङ्गिक क्याम्पसमध्ये ४४ वटाको नतिजा सार्वजनिक भएको हो । अझै १३ आङ्गिक क्याम्पसमा निर्वाचन हुन बाँकी रहेको छ । त्रिविबाट प्राप्त विवरण अनुसार अनेरास्ववियु १९, नेपाल विद्यार्थी सङ्घ […]
पूरा पढ्नुहोस्




