राजनीति
आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौं, चैत्र १६ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको हो । ‘पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगरमा बिहीबार बिहान ११ बजे बस्ने छ,’ केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भन्नुभयो, उहाँका अनुसार बैठकमा केन्द्रीय […]
पूरा पढ्नुहोस्
रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव कांग्रेस र माओवादीमा छ : सांसद परियार
काठमाडौं, चैत्र १५ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियारले सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)ले आफ्नो दललाई सरकारमा लान चाहेको बताउनुभएको छ । बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले सत्तारुढ दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रको रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव रहेको बताउनुभएको हो । उहाँले सरकारमा […]
पूरा पढ्नुहोस्
दिउँसो प्रतिनिधि सभाको बैठक बस्दै
काठमाडौं, चैत्र १५ संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८(०७९)’ पेस गर्नुहुने तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ माथि बिचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। […]
पूरा पढ्नुहोस्
संघीय निजामती सेवा ऐन अगाडि बढिसक्यो : मन्त्री मोदी
काठमाडौँ, चैत्र १५ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनको प्रक्रिया अगाडि बढिसकेको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विभागीय समितिको अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले उक्त प्रक्रिया अघि बढेको बताउनुभएको हो । “धेरै वर्षदेखि संघीय निजामती ऐन आउन सकेको थिएन, मैले पदभार ग्रहणको दिन […]
पूरा पढ्नुहोस्
सत्ता गठबन्धनको बैठक आज पनि बस्दै
काठमाडौं, चैत्र १५ मन्त्रालयको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ। मंगलबार साँझ साढे २ घण्टा बसेको बैठक विनानिष्कर्ष टुंगिएपछि आज पुनः बस्न लागेको हो। बैठक बिहान ९ बजे बोलाइएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । बैठकमा कांग्रेसले ९, जसपा र एकीकृत समाजवादीले तीन-तीन मन्त्रालयमा दाबी पेस गरेका छन्। त्यस्तै […]
पूरा पढ्नुहोस्
पार्टीको हैसियत अनुसार तीन वटा मन्त्रालयमा दाबी गरेका छौं : झलनाथ खनाल
काठमाडौं, चैत्र १४ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको हैसियत अनुसार तीन वटा मन्त्रालयमा दाबी गरेको बताउनुभएको छ । मंगलबार काठमाडौंको बानेश्वरमा मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका खनालले सञ्चारकर्मीसँग कुरा गर्दै अहिले संघीय संसद्मा नेकपा एकीकृत समाजवादीसँग १८ सिट रहेकाले पार्टीको हैसियत अनुसार नै मन्त्रालयको सिट माग गरिएको बताउनुभयो । उहाँले १० […]
पूरा पढ्नुहोस्
उपनिर्वाचनमा राप्रपाले तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने
काठमाडौँ, चैत्र १४ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । हिजो पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा पदाधिकारी बैठकले तनहुँ–१, बारा–२ र चितवन–२ मा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बैठकले ती निर्वाचन क्षेत्रमा पार्टीको कमाण्डर पनि तोकेको […]
पूरा पढ्नुहोस्
कांग्रेस कार्यसम्पादन समिति बैठक बिहीबार बस्ने
काठमाडौँ, चैत्र १४ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सरेको हो । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ चैत्र १४ गते मंगलबार बिहान ९:०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगरमा बस्ने भनिएकोमा उक्त बैठक २०७९ […]
पूरा पढ्नुहोस्
सत्तारूढ गठबन्धनको बैठक आज अपराह्न बस्दै
काठमाडौँ, चैत्र १४ आज सत्तारूढ गठबन्धनको बैठक बस्दैछ । मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धनको बैठक बसन लागेको हो । बैठक अपराह्न ४ बजे बस्नेछ । प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको भेटवार्तामा मंगलबार गठबन्धनको बैठक राखेर मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिने सहमति भएको हो […]
पूरा पढ्नुहोस्
डीआईजीलाई एआइजीमा बढुवा गर्न सिफारिस : गृह मन्त्रालय
काठमाडौं, चैत्र १३ चार जना डीआईजीलाई एआइजीमा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको छ । मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले डीआईजीहरु क्रमशः सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो । प्रहरी महानिरीक्षक सदस्य सचिव हुने बढुवा समितिमा अध्यक्ष गृह सचिव र सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका […]
पूरा पढ्नुहोस्




