राजनीति
प्रत्येक घरधुरीलाई सेयर बाडँदैछौं: उर्जा मन्त्री
चैनपुर, साउन ३ `म सामान्य मान्छे हुँ, तपाईंहरूको बलमा मन्त्री भएको हुँ, अब शीर झुकाउने छैन, परिणाम देखाउनेछु।” ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले शुक्रबार संखुवासभाको चैनपुरमा ‘सिंचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय’ को उद्घाटन गर्दै यस्तो अभिव्यक्ति दिए। कार्यक्रममा बोल्दै मन्त्री खड्काले सरकारको कार्यकाल पूर्ण हुने दाबी गर्दै, जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता […]
पूरा पढ्नुहोस्
अब बेलायतमा १६ बर्षिया किशोर किशोरीले पनि मतदान गर्न पाउने
लन्डन, असार ३ बेलायत सरकारले १६ र १७ वर्षका युवालाई मतदानको अधिकार दिने घोषणा गरेको छ । यो निर्णयलाई बेलायतको लोकतन्त्रको इतिहासमा एउटा महत्वपूर्ण टर्निङ प्वाइन्ट मानिएको छ । यो परिवर्तनसँगै बेलायतका करिब १६ लाख किशोर किशोरीहरूलाई मतदाताको रूपमा समावेश गरिनेछ। ६ करोड ८० लाख जनसङ्ख्या भएको मुलुकमा यो अहिलेसम्मकै ठूलो मतदान विस्तार भएको बताइएको […]
पूरा पढ्नुहोस्
संसदको एक समितिको मात्रै बैठक बस्दैँ
काठमाडौं, साउन १ संघीय संसद अन्तर्गत आज एक समितिको मात्रै बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारस्थित कार्यालयमा उक्त बैठक बस्नेछ । जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यावसायी परिषद (दोस्रो संसोधन) बिधेयक, २०८१ को सबन्धमा दफावार छलफल हुनेछ । जुन बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ ।
पूरा पढ्नुहोस्
संघीय संसदका चार समितिको बैठक बस्दै
काठमाडौं, असार ३२ आज संघीय संसदका चार समितिको बैठक बस्दैछ ।आज प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समिति, राष्ट्रिय सभाका सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । त्यस्तै आज राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिको बैठक बस्दैछ । आज […]
पूरा पढ्नुहोस्
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ, असार ३१ आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको आजको बैठक दिउसो १ बजेदेखि बस्दैछ । आजको बैठकमा सार्बजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले समितिको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । त्यस्तै आजको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको छ […]
पूरा पढ्नुहोस्
मल र सिंचाई बिना धानको बीउ सुक्न थाले, अझै सरकार जिम्मेवार छैन: प्रचण्ड
काठमाडौं, असार ३० संसदमा आज भएको विशेष सम्बोधनका क्रममा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानको चुलोमा आगो बाल्न नसकिने अवस्था आएको भन्दै सरकार जनताको समस्यामा गम्भिर नभएको बताए । उनले रोपाईंको मध्य समयमा समेत किसानहरूलाई समयमै मलखाद उपलब्ध गराउन नसकेको सरकारले गम्भीर लापरवाही गरेको आरोप लगाए। ‘मेरो […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा बैठक बस्दैँ
काठमाडौं, असार ३० प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक दिनको १ः०० बजे बस्नेछ ।
पूरा पढ्नुहोस्
स्पेनमा मान्छे छाडेर आयो भनेर घटिया प्रचार गरियो: प्रधानमन्त्री
काठमाडौं, असार २९ प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गरेका छन् । विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेकोे सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो । ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ । प्रधानमन्त्री ओलीले […]
पूरा पढ्नुहोस्
संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने
काठमाडौं, असार २९ संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् । दुबै समितिको बैठक बिहानवाट सुरू हुनेछन् । जसअनुसार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा २०८२ असार २४ गते भोटेकोशी नदीमा आएको बाढी र विपद् व्यवस्थापन, तथा मन्त्रालयसँग सम्बन्धित आ.व. २०८१÷०८२ को नीति तथा कार्यक्रम तथा […]
पूरा पढ्नुहोस्
राष्ट्रिय सभा बैठकमा जलस्रोत र नागरिकता बिधेयक प्रस्तुत गरिने
काठमाडौं, असार २७ राष्ट्रियसभा बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक अपरान्ह १२ः१५ बजेवाट सुरू हुनेछ । आजको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खडकाले प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त ‘जलस्रोत बिधेयक, २०८१ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने गृुह मन्त्री रमेश लेखकले प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता […]
पूरा पढ्नुहोस्




