राजनीति
प्रधानमन्त्री ओलीले बिमस्टेक सम्मेलनलाई आज सम्बोधन गर्ने
काठमाडौं, चैत्र २२ प्रधानमन्त्री केपी शर्मा ओलीले आज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सम्बोधन गर्दैछन् । गत चैत १९ गते सो सम्मेलनमा सहभागी हुन गएका प्रधानमन्त्री ओलीले बिमेस्टक सम्मेलनलाई सम्बोधन गर्न लागेका हुन् । थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्सँगको निमन्त्रणामा गत चैत १९ गते बैंकक […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री ओली र भूटानी प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता
काठमाडौं, चैत्र २२ प्रधानमन्त्री केपी शर्मा ओली र भूटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच हिजो बैँककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री ओलीसँग भूटानका प्रधानमन्त्री तोब्गेसँग साइडलाइट भेटवार्ता भएको हो । उनीहरुबिच गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभाका […]
पूरा पढ्नुहोस्
सर्वोच्चले रोकिदियो कुलमानको पुनर्बहाली, हितेन्द्रको नियुक्तिले पायाे मान्यता
काठमाडौं, चैत्र २१ सर्वोच्च अदालतले कुलमान घिसिङको पुनर्बहाली हुन नसक्ने आदेश दिएको छ । न्यायाधीश कुमार चुँडाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले कुलमानको पदमुक्त गर्ने सरकारको निर्णयलाइ सदर गर्दै पदबहालीमा रोकि लगाएको हो । तर, विगतमा हितेन्द्रेव शाक्यले पनि यस्तैगरी पदमुक्त भएको र अदालतले उनलाई पुनर्वहाली नगरेको नजिर टेकेर कुलमानलाई अन्तरिम नदिएको जनाइएको छ । तर, […]
पूरा पढ्नुहोस्
संघीय संसदका ६ वटा समितिको बैठक बस्दैँ
काठमाडौं, चैत्र २१ संघीय संसद अन्तर्गतका ६ वटा समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार यी सबै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ । यी सबै समितिका बैठक बिहान ११ः०० बजे देखी ११ः३० बजेका लागि बोलाइएको छ । जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री आज थाइल्याण्डको औपचारिक भ्रमणमा जाँदै
काठमाडौँ, चैत्र १९ प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दैछन् । उनी दिउँसो १ बजे थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गर्नेछन् । प्रतिनिधिसभाको हिजोको बैठकमा सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो […]
पूरा पढ्नुहोस्
प्रतिनिधि सभाको बैठक आजपनि बस्दै, यस्तो छ कार्यसूची ?
काठमाडौँ, चैत्र १९ प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजेदेखि शुरु हुदै छ । बैठकमा वार्षिक प्रतिवेदन पेश हुने र व्यवस्थापन सम्बन्धि कार्य हुने संसद सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेल, पर्यटनमन्त्री बद्री पाण्डे र शिक्षामन्त्री विद्या भट्टराई र उर्जामन्त्री दिपक खड्काले […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै
काठमाडौं, चैत्र १७ संघीय संसदका दुबै सदनका बैठक बस्दैछ । चार दिन देखि स्थगित हुँदै आएको प्रतिनिधि सभा र राष्ट्रियसभाको बैठक बस्न लागेको हो। जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक ११:१५ बजे बस्नेछ।
पूरा पढ्नुहोस्
गृहमन्त्री लेखकले तिनकुने क्षेत्रको अनुगमन गर्दै
काठमाडौं, चैत्र १६ गृहमन्त्री रमेश लेखकले शुक्रबार पुर्वराजा सर्मथकहरुले तोडफोड र आगजनी गरी क्षति पुर्याएको क्षेत्रको अनुगमन गर्ने भएका छन् । गृहमन्त्री लेखकले अहिले बिहान ९ बजे अनुगमनका लागो सो क्षेत्रमा जाने उनको सचिवालयले जानकारी दिएको छ । तिनकुने क्षेत्रमा राजावादीहरु अराजक भएपछि निजी घर जलाउनुका साथै तोडफोड र आगजनीमा उत्रिएका थिए ।
पूरा पढ्नुहोस्
राजधानीका केही स्थानमा कर्फ्यु घोषणा
काठमाडौँ, चैत्र १५ राजधानीका केही स्थानमा कर्फ्यु घोषणा गरिएको छ । राजावादीहरूको आन्दोलन हिंस्रक भए पछि नियन्त्रण गर्नका लागि तीनकुने, कोटेश्वर क्षेत्रमा कर्फ्यु लगाइएको हो । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ऋषिराम अधिकारीका अनुसार सो कर्फ्यु शुक्रवार अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्म लागू गरिएको सो अवधिमा तोकिएको स्थानमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, […]
पूरा पढ्नुहोस्
राष्ट्रियसभा बैठक बस्दै, ४ मन्त्रीले सांसदका प्रश्नमा जवाफ दिने
काठमाडौ, चैत्र १३ राष्ट्रियसभा बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार सो बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ । बैठक दिउँसो १ः१५ बजे बोलाइएको छ। आजको बैठकमा भौतिक, पुर्वाधार तथा यातायात मन्त्रालय, पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरूको सबन्धित मन्त्रालयका मन्त्रीले […]
पूरा पढ्नुहोस्




