Saturday, October 10

राजनीति

राप्रपाले ज्ञानेन्द्रलाई फर्काउन चैत १ बाट फेरि आन्दोलन थाल्ने

काठमाडौँ, फागुन २६  पूर्वराजा ज्ञानेन्द्र शाहलाई फर्काउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फेरि आन्दोलन थाल्ने भएको छ । राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक धवलशम्शेर राणाले चैत १ बाट राप्रपाले आन्दोलन गर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै राणाले सनातन धर्म र राजसंस्थाको पक्षमा ऐक्यबद्धता जनाउन सबै राष्ट्रप्रेमी नेपालीलाई आह्वान गर्दै आन्दोलन थाल्ने जानकारी […]

पूरा पढ्नुहोस्

पूर्वराजालाई स्वागत गर्दा फोहोरमैला गरेको भन्दै काठमाडौँ महानगरको राप्रपालाई एक लाख जरिवाना

काठमाडौँ, फागुन २६  काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एक लाख रूपैयाँ जरिवाना गरेको छ । आइतबार राप्रपाको अगुवाइमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा महानगर क्षेत्रभित्रका एयरपोर्ट, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्याण्ड र त्यसमा रहेका विरुवाका साथै रेलिङमा भौतिक क्षति र जथाभावी फोहोरमैला गरेको भन्दै महानगरले जरिवाना गरेको हो । वातावरण […]

पूरा पढ्नुहोस्

पूर्वराजाको स्वागतमा आज राजावादीहरुले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै

काठमाडौँ, फागुन २५ पूर्वराजा आज पोखराबाट काठमाडौँ आउने अवसर पारेर राजावादीहरुले काठमाडौँमा शक्तिप्रदर्शनको तयारी गरेका छन् । पछिल्लो केहि समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र आज अपराहन्न काठमाडौँ आउन लागेका छन् । यसैअवसरमा राजावादी दलहरु राप्रपा, राप्रपा नेपालसहित राजा फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईले काठमाडौँमा संयुक्त रुपमा शक्ति प्रदर्शन गर्न […]

पूरा पढ्नुहोस्

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन- गृहमन्त्री लेखक

काठमाडौ, फागुन २४ गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । भूकम्पीय पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको उद्घाटन गर्न अछाम जाने क्रममा नेपाल प्रेस युनियन डोटीले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, लोकतन्त्रको विकल्प कुनै निरङ्कुशता हुन […]

पूरा पढ्नुहोस्

चीनले बढायो रक्षा बजेट

काठमाडौ, फागुन २४ चीनले आफ्नो वार्षिक रक्षा बजेट ७.२ प्रतिशतले वृद्धि गरेको छ । योसँगै चीनको रक्षा बजेट यस वर्ष २४९ अर्ब डलर पुगेको छ । मिडिया रिपोर्टका अनुसार, विज्ञहरूले चीनको वास्तविक रक्षा खर्च उसले खुलासा गरेको भन्दा ४०-५० प्रतिशत बढी भएको अनुमान गरेका छन् । चीनले कम सैन्य खर्च देखाउन विभिन्न क्षेत्रहरू अन्तर्गत रकम […]

पूरा पढ्नुहोस्

राजा फर्किनेमा मलाई विश्वास छैन- डा. शेखर कोइराला

काठमाडौ, फागुन २४ नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले राजा फर्किने विषयमा आफुलाई विश्वास नभएको बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियनले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डा. कोइरालाले अब फेरी देशमा राजा आउने कुरा आफुलाई विश्वास नलागेको प्रतिक्रिया दिएका हुन् । उनले गणतन्त्रले जनतालाई खुसी पार्न सक्यौं या सकेनौं […]

पूरा पढ्नुहोस्

राष्ट्रियसभाको बैठक बस्दै, अध्यादेश पेश गरिदै

काठमाडौँ, फागुन २२ आज राष्ट्रिय सभाको बैठक आज बस्दै छ । आज अपराहन्न १: १५ बजे बस्ने बैठकमा प्रतिनिधिसभामा स्वीकृत भएका पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ । बुधबार  प्रतिनिधि सभाबाट सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका थिए । प्रतिपक्षको विरोधका बाबजुत बुधबार सरकारले पेश गरेका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएका थिए । प्रतिनिधिसभामा […]

पूरा पढ्नुहोस्

कुलमानको विषयमा संसदमा माओवादी आक्रामक

काठमाडौँ, फागुन २१ प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसदको बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरणको विषय उठाएको छ । प्रतिनिधि सभाको आजको बैठक शुरुहुना साथ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कुलमानलाई सरकारले पटक पटक स्पष्टीकरण सोधेर दुख दिइरहेको भन्दै सभामुखबाट सरकारलाई रुलिङ हुनुपर्ने माग गरेका छन् । पाण्डेले सभामुखको रुलिङ […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभाको बैठक आज बस्दै, अध्यादेश पेश गरिदै

काठमाडौँ, फागुन २१ प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अपराहन्न १ बजेदेखि शुरु हुने बैठकमा सरकारले यस अघि संसदमा पेश गरेका विभिन्न पाँच अध्यादेशमाथि छलफल र स्वीकृतीका लागि पेश हुने संघीय संसदले सार्बजनिक गरेको आजको सम्भावित कार्यसूचीमा उल्लेख छ । सरकारले आज यस अघि जारी गरिएको भुमिसम्बन्धि अध्यादेश बाहेक अन्य पाँच अध्यादेश स्वीकृतिका लागि पेश गर्ने […]

पूरा पढ्नुहोस्

आज अर्थ र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ, फागुन २० आज संघीय संसद अन्तर्गतको अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बिहान ११ बजे बस्ने बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफलको कार्यसूची रहेको छ । त्यस्तै राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको अपराहन्न १ बजे बस्ने बैठकमा पानीजहाज (सञ्चालन […]

पूरा पढ्नुहोस्