Tuesday, October 13

राजनीति

आजदेखि एकीकृत समाजवादीको राष्ट्रिय परिषद् बैठक सुरू हुने

काठमाडौं, माघ १४ नेकपा एकीकृत समाजवादीको दोस्रो राष्ट्रिय परिषद्को बैठक आजदेखि सुरू हुँदैछ । बैठक काठमाण्डौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने जनाइएको छ । बैठकमा देशभरबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने बताइएको छ । सोमबारसम्म चल्ने बैठकमा विधान मस्यौदामाथि छलफल हुने पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ ।

पूरा पढ्नुहोस्

नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान आजदेखि सुरु

काठमाडौं, माघ १३ नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसले आजदेखि माघ २६ गतेसम्म सो अभियान सञ्चालन गर्ने छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले समुदायस्तरमा प्रत्यक्ष साक्षात्कार भई स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन तथा आमनागरिकका गुनासा र सुझावलाई वडास्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने गरी अभियान सञ्चालन गरिने […]

पूरा पढ्नुहोस्

कांग्रेसले आज स्थापना दिवस मनाउँदै

काठमाडौं, माघ १२ नेपाली कांग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदैछ । २००३ साल माघ १२ गते नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको थियो । यस दिनलाई आधार मान्दै नेपाली कांग्रेसले हरेक वर्ष यो मितिमा स्थापना दिवस मनाउँदै आएको हो । स्थापना दिवसको अवसरमा केन्द्रिय कार्यालयसहित सातै प्रदेश तथा जिल्लाहरूमा समेत विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ […]

पूरा पढ्नुहोस्

राष्ट्रियसभा निर्वाचनको ‘मौन अवधि’ सुरु

काठमाडौं, माघ ९  राष्ट्रियसभा सदस्य निर्वाचनको स्थिर समय  मौन अवधि लागू भएको भएको छ। सोमबार राति १२ बजेदेखि आसन्न निर्वाचनको प्रचारप्रसार गर्न पाइने छैन्। यो अवधिमा उमेदवारका पक्ष–विपक्षमा प्रचार गर्न पाइँदैन। कुनै पनि माध्यमबाट मत माग्न, निर्वाचनसम्बन्धी भेला–गोष्ठीलगायत कार्य गर्न नपाइने निर्वाचन आयोगले आयोगले जनाएको छ। राष्ट्रियसभाको रिक्त १९ पदका लागि यही माघ ११ गते […]

पूरा पढ्नुहोस्

प्रदीप परियार काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा

चितवन, माघ ६  सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई सरुवा गरेको छ। सरकारले गरेको २९ जना सहसचिव सरुवा अनुसार काठमाडौंमा योजना आयोगमा रहेका परियार सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले जानकारी दिनुभयो । यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई भने मधेसी आयोगमा सरुवा गरेको छ […]

पूरा पढ्नुहोस्

राष्ट्रियसभा सदस्य निर्वाचन : सातै प्रदेशमा पुग्यो मतपत्र

काठमाडौं, माघ ६ निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्रहरू सातै प्रदेशका निर्वाचन अधिकृतहरूको कार्यालयमा पठाएको छ । आयोगले स्वीकृत गरेको मतपत्रको डिजाइन तथा मापदण्डबमोजिमका मतपत्र छपाई सकेर सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा पठाएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष […]

पूरा पढ्नुहोस्

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं, माघ ३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बुधबार बस्दैछ। बैठक दिउँसो ३ बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने तय भएको छ। बैठकमा समसामयिक विषयमा छलफल हुनेछ। यस्तै संगठनको अद्यावधिक, आर्थिक विभागको प्रतिवेदन, आचारसंहिता, घरदैलो कार्यक्रमको प्रतिवेदन र आगामी अभियानबारे छलफल हुने रास्वपाले जनाएको छ।

पूरा पढ्नुहोस्

खेल क्षेत्रको पछिल्लो प्रगति ऐतिहासिक छः प्रधानमन्त्री दाहाल

काठमाडौं, पुस २८ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गरेका कारण खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति हुँदै गएको बताउनुभएको छ। शुक्रवार काठमाडौँमा आयोजित नेपाल वादोरियो कराते डो सङ्घद्वारा आयोजित ‘‘चौथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिता २०८०’’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो। कार्यक्रममा […]

पूरा पढ्नुहोस्

राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारको नामावली आज प्रकाशन हुने

काठमाडौं, पुस २६ राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। उम्मेदवारीविरुद्ध परेका दाबीविरोध र उजुरीको छानबिन गरी आयोगले अपराह्न नामावली प्रकाशन गर्ने कार्यसूची छ। आयोगको कार्यतालिकाअनुसार सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार परेका दाबीविरोध र उजुरीमाथि दुई दिन छानबिन गरी बिहीबार नामावली प्रकाशन गर्न लागिएको हो।

पूरा पढ्नुहोस्

राप्रपाले पुस २७ गते चियापान कार्यक्रम गर्ने

काठमाडौं, पुस २५ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही पुस २७ गते ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि, धार्मिक सङ्घ सङ्गठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मी, बुद्धिजीवी लगायतलाई निमन्त्रणा गरिएको […]

पूरा पढ्नुहोस्