राजनीति
प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइको निर्णय आज
काठमाडौं, पुस ४ सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइको निर्णय बुधबार आउँदैछ। प्रस्तावित न्यायाधीशका विषयमा निर्णय गर्न संसदीय समितिको बैठक बोलाइएको छ। बैठक बिहान ११ बजे शुरु हुने संसद् सचिवालयले जनाएको छ। गत मंसिर ५ गते न्यायपरिषद्ले गरेको नियुक्ति सिफारिसमा २९ देखि संसदीय सुनुवाइ समितिले सुनुवाइ थालेको थियो। सुनुवाइ सोमबार सकिएको थियो।
पूरा पढ्नुहोस्
कृषि क्षेत्रमा गर्दै आएको लगानी समुदाय केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री शालिकराम जम्मरकट्टेल
चितवन, पुस ३ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले सरकारले कृषि क्षेत्रमा गर्दै आएको लगानी व्यक्ति केन्द्रित नभई समुदाय केन्द्रित हुनुपर्ने बताउनुभएको छ । केन्द्रीय दुग्ध सहकारी सङ्घको २९औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले अहिले सरकारले कृषि क्षेत्रमा गरेको लगानी व्यक्ति केन्द्रित हुँदा लगानी अनुसारको उत्पादन हुन नसकेको छैन भन्नुभयो । दुग्ध उत्पादक सहकारीहरूले स्थानीय […]
पूरा पढ्नुहोस्
आज पनि राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक
काठमाडौं, पुस ३ राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । ११ बजे बस्ने बैठकमा यसअघि पेश भएका प्रतिवेदनहरुमाथि भएको समूहगत छलफलको निष्कर्ष समेटेर प्रतिवेदन पारित गरिने छ । यस्तै अन्य विभिन्न विषयमा पनि निर्णय गर्ने बुझिएको छ ।
पूरा पढ्नुहोस्
आज र भोलि एकीकृत समाजवादीको सचिवालय बैठक
काठमाडौं, पुस २ नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सोमबार शुरु हुँदै छ। बैठकपार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दुई दिनसम्म चल्नेछ। राष्ट्रिय सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने मापदण्ड तय गर्नेलगायत विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिर्नुभयो । बैठकमा आगामी माघमा हुने विधान सम्मेलनका लागि एजेण्डा प्रस्ताव गर्ने र विभिन्न राजनीतिक […]
पूरा पढ्नुहोस्
आज नेकपा एमालेको संकल्प यात्रा सम्पन्न
काठमाडौं, पुस १ नेकपा एमालेले सुदूरपश्चिमको बैतडीबाट शुरु गरेको संकल्प यात्रा आज पाँचथर पुगेर समापन भएको छ । मंसिर १४ गते बैतडीस्थित झुलाघाटमा झण्डोत्तलन गरी शुरु गरिएको यात्रा मध्यपहाडी लोकमार्गमा पर्ने जिल्लाहरु हुँदै पाँचथरको चिवाभञ्ज्याङ पुगेको थियो । यात्राको अन्तिम दिन आज पाँचथरको सदरमुकाम फिदिमदेखि चिवाभन्ज्याङसम्म यात्रा आयोजना गरिएको थियो । चिवाभञ्ज्याङमा एमाले अध्यक्ष केपी […]
पूरा पढ्नुहोस्
आयोगमा १२ वटा राजनीतिक दल दर्ता : राष्ट्रिय सभा निर्वाचन
काठमाडौं, मंसिर ३० आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा भाग लिन १२ वटा राजनीतिक दलहरुले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । निर्वाचन आयोगमा दर्ता भएका १ सय १९ दलमध्ये १२ वटा दलले मात्रै यस निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका हुन । राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनमा प्रदेश सभाका सदस्य र […]
पूरा पढ्नुहोस्
आज दल दर्ता गर्ने अन्तिम दिन : राष्ट्रियसभा सदस्य निर्वाचन
काठमाडौं, मंसिर २९ निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि दिएको समय आज सकिँदै छ। संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले आज कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्ने आयोगले जनाएको छ। मंसिर २४ देखि २९ गते सम्म दर्ता भएका दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग […]
पूरा पढ्नुहोस्
रास्वपाको वडा अधिवेशन आजदेखि सुरु
काठमाडौं, मंसिर २८ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा अधिवेशन आजदेखि सुरु भएको छ । रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन गर्न थालेको हो । सातै प्रदेशका एक एक वडाबाट आजदेखि वडा अधिवेशन आरम्भ भएको पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो । “निर्वानपछि एक वर्षमा पार्टीको अधिवेशन सुरु गर्ने निर्णय गरेका थियौँ । […]
पूरा पढ्नुहोस्
राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान
काठमाडौं, मंसिर २२ निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि दल दर्ता गर्न आह्वान गरेको छ। सरकारले राष्ट्रिय सभाका रिक्त हुने १९ सदस्य पदका लागि चुनावको मिति घोषणा गरेपछि आयोगले शुक्रबार दल दर्ताको सूचना प्रकाशित गरेको हो। आयोगले राष्ट्रिय सभा सदस्य चुनावका लागि मंसिर २४ गतेदेखि २९ गतेसम्म दल दर्ता […]
पूरा पढ्नुहोस्
आगामी २०८१ साल जेठमा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
काठमाडौं, मंसिर २० नेकपा (एकीकृत समाजवादी)ले आफ्नो राष्ट्रिय महाधिवेशन आगामी २०८१ साल जेठमा मात्रै गर्ने भएको छ । मंगलबार काठमाडौंमा बसेको पार्टी केन्द्रिय सचिवालय बैठकले माघको १४ र १५ गतेका लागि तय गरेको पार्टीको राष्ट्रिय महाधिवेशन २०८१ साल जेठ ३ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको हो । पार्टीको महाधिवेशन जेठको पहिलो साता काठमाडौंमा हुने […]
पूरा पढ्नुहोस्




