Tuesday, October 13

राजनीति

मुलुकका लागि माओवादी रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, मंसिर १९ प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले पार्टीका कार्यकर्ताको रुपान्तरणको सवाल मुलुकसँग गाँसिएको बताउनुभएको छ । महोत्तरीको गौशालामा आज आयोजित पार्टीको तीन महिने रूपान्तरण अभियानको मधेस प्रदेश स्तरीय समीक्षा बैठक र प्रशिक्षणमा प्रधानमन्त्रीले पार्टीका नेता कार्यकर्ता रूपान्तरित भए मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबल हुने बताउनुभयो । “मुलुकमा सङ्घीय […]

पूरा पढ्नुहोस्

जलवायु सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं, मंसिर १८ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी भई  स्वदेश फर्कनुभएको छ । यही मङ्सिर १४ गतेदेखि कोप–२८ दुबइमा सुरु भएको हो । प्रधानमन्त्री दाहाल मङ्सिर १५ र १६ गते ‘विश्व जलवायु शिखर सम्मेलन’को उच्च स्तरीय सत्रमा सहभागी हुनुभएको थियो । साथै उहाँले मङ्सिर १६ गते शनिबार […]

पूरा पढ्नुहोस्

भाषणभन्दा पनि काम गर्ने समय आयो : सभापति देउवा

काठमाडौं, मंसिर १७ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताउनुभएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम प्रदेश सम्मेलनको बुटवलमा उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले कम बोल्ने तर काम गर्ने आफ्नो स्वभाव रहेको पनि उल्लेख गर्नुभयो । उहाँले नेपाली कांग्रेस अझै बलियो र एकताबद्ध बन्ने विश्वास व्यक्त गर्दै गौतम […]

पूरा पढ्नुहोस्

अध्यादेश ल्याएरै भए पनि भूमिहीनलाई जग्गा दिन्छौँ : गृहमन्त्री श्रेष्ठ

चितवन, मंसिर १६  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यादेश जारी गरेर भए पनि राष्ट्रिय भूमि आयोगको काम सफल बनाउने प्रतिबद्धता  व्यक्त गर्नुभएको छ । चितवनको नारायणगढमा भएको राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको छैटौँ राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय भूमि आयोगको कामलाई हरहालतमा सफल पारेर भूमिहीन किसानलाई जग्गा प्रदान गर्ने बताउनुभयो । उहाँले […]

पूरा पढ्नुहोस्

राष्ट्रिय सभा निर्वाचन: दल दर्ता मंसिर २४ देखि २९ गतेसम्म

काठमाडौं, मंसिर १६ निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले माघ ११ गते सो निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोगले मंसिर २२ गते दल दर्तासम्बन्धि सूचना प्रकाशित गर्नेगरी सो निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंसिर २२ गते सो निर्वाचन प्रयोजनका लागि दल दर्ताका […]

पूरा पढ्नुहोस्

आज एमालेको संकल्प यात्रा सिलगढीबाट अछाम पुग्दै

काठमाडौं, मंसिर १६ नेकपा एमालेको समृद्धि संकल्प यात्राको तेस्रो दिन आज यात्रा टोली अछामका लागि प्रस्थान गर्दैछ। प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजो डडेलधुराको अमरगढीमा आमसभा सकेर अघि बढेको टोली साँझ डोटीको सिलगढीमा बास बसेको थियो। आज सिलगढीबाट टोली अछामतर्फ लाग्ने छ। गौतमका अनुसार स्थानीबासिन्दाहरुसँग अन्तरक्रिया गर्दै टोली अघि बढ्ने छ।

पूरा पढ्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलसँग दुबई उड्नु अघि प्रधानमन्त्री पुष्पकमल दाहालकाे भेटवार्ता

काठमाडौं, मंसिर १४ राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्नुभएको छ । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री संयुक्त अरब इमिरेट्स जानुअघि बुधबार राष्ट्रपति भवन शीतल निवासमा उक्त भेट भएको हो । राष्ट्रपति पौडेलले सम्मेलनमा जलवायु परिवर्तन, हिमाल बचाउ र चुरे संरक्षणका बारेमा प्राथमिकताका साथ विश्व समुदायको ध्यानाकर्षण गराउन र त्यसबाट […]

पूरा पढ्नुहोस्

आगामी माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं, मंसिर १३ सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शकै आधारमा उक्त दिन निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । सङ्घीय संसद्को माथिल्लो सदनका रुपमा […]

पूरा पढ्नुहोस्

आज प्रधानमन्त्री दाहाल युएई जाँदै

काठमाडौं, मंसिर १३ प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप– २८ मा भाग लिन आज यूएई जाँदै हुनुहुन्छ । सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार राति नेपाल एयरलाइन्सको विमानमार्फत प्रधानमन्त्री दाहाल त्यसतर्फ जान लाग्नुभएको हो । संयुक्त अरब इमिरेट्स (यूएई)मा मंसिर १४ गतेदेखि २६ गतेसम्म सम्मेलनको आयोजना हुँदैछ । प्रधानमन्त्री दाहालले मंसीर […]

पूरा पढ्नुहोस्

आज कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्ने

काठमाडौं, मंसिर १३ नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले आसन्न महासमिति बैठकको तयारीका सन्दर्भमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारी बैठक दिउँसो १ बजेका लागि आह्वान गर्नुभएको हो । कांग्रेस केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भन्नुभयो, “महासमितिको बैठक आयो, तयारी के […]

पूरा पढ्नुहोस्