Tuesday, October 13

राजनीति

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल मंसिर १३ गते दुबई जाँदै

काठमाडौं, मंसिर १२ प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार (मङ्सिर १३) गते संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्दै हुनुहुन्छ । कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदैछ । प्रधानमन्त्री दाहालले डिसेम्बर १ […]

पूरा पढ्नुहोस्

राष्ट्रपतिद्वारा गुरुनानक जयन्तीको शुभकामना सन्देश

काठमाडौं, मंसिर ११ राष्ट्रपति रामचन्द्र पौडेलले समाज सुधारक धार्मिक गुरु ‘गुरुनानक’ ले समाजमा विद्यमान जातीय एवं लैङ्गिक विभेदका साथै अन्धविश्वास र कुरीतिका विरुद्ध मानिसलाई सचेत गराउन खेल्नुभएको भूमिका सदैव स्मरणीय रहेको बताउनुभएको छ । सिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीको अवसरमा आज उहाँले जारी गर्नुभएको सन्देशमा विश्वभर छरिएर रहेका सम्पूर्ण सिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा […]

पूरा पढ्नुहोस्

मुलुकको समृद्धिका निम्ति एकजुट हुनुपर्ने : अध्यक्ष नेपाल

काठमाडौं, मंसिर ९ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको समृद्धिका निम्ति राजनीतिक दललगायत समाजका सबै वर्ग एकजुट हुनुपर्ने बताउनुभएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले सुशासन प्रवर्द्धन गर्दै सामाजिक न्यायमा आधारित आर्थिक रुपान्तरण देशको अहिलेको आवश्यकता भएको बताउनुभयो । जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति गराउन सुशासन […]

पूरा पढ्नुहोस्

आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने आयोगको प्रस्ताव

काठमाडौँ, मंसिर ८ निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने गरी मिति प्रस्ताव गरेको छ । बिहीबार आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका थिए । त्यसक्रममा आयोगले माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने प्रस्ताव गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी माघ ११ गते निर्वाचन गर्ने गरी मिति […]

पूरा पढ्नुहोस्

नेकपा एमाले केन्द्रीय कमिटी बैठक बुधबार

काठमाडौं, मंसिर ५ नेकपा (एमाले) ले केन्द्रीय कमिटी बैठक बुधवारका लागि बोलाएको छ । बैठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो ।

पूरा पढ्नुहोस्

भूकम्पप्रभावित क्षेत्रमा इञ्जिनियरसहितको स्वयंसेवक टोली पठाउने : कांग्रेस पदाधिकारी बैठक

काठमाडौं, मंसिर ५ नेपाली कांग्रेसले भूकम्पपीडितलाई बस्ने अस्थायी टहरा तत्काल बनाउन इञ्जिनियरसहितको स्वयंसेवक टोली पठाउने भएको छ । कांग्रेस पदाधिकारीको सोमबार बसेको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पीडितलाई जाडोबाट थप प्रभावित हुन नदिन तत्काल अस्थायी टहरा बनाउनका लागि स्वयंसेवक टोली पठाउने निर्णय गरेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले वृद्धवृद्धा र सुत्केरी […]

पूरा पढ्नुहोस्

राष्ट्रपतिद्वारा छठ पर्वको शुभकामना

काठमाडौँ, मंसिर ३ राष्ट्रपति रामचन्द्र पौडेलले छठपर्वका अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका कामना गर्नुभएको छ । छठका अवसरमा आज दिनुभएको शुभकमना सन्देशमा नेपाली समाजमा राष्ट्रपतिले विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन […]

पूरा पढ्नुहोस्

सामाजिक सञ्जाल ‘टिकटक’ प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौँ, मंसिर २ टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन बढी रिट निवेदन दायर भएका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतका अधिवक्ताहरुले टिकटक बन्द गर्ने सरकारको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेश गरेका हुन् । सर्वोच्चमा पेश भएका ७ वटा रिट निवेदनहरु अध्ययनका क्रममा रहेको जनाइएको छ । ती […]

पूरा पढ्नुहोस्

सत्तापक्ष र प्रमुख प्रतिपक्ष एक ठाउँमा उभिएर टिकटकमा प्रतिबन्ध लगाएका हाैँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, कार्तिक २९ प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नबाट बचाउन टिकटक प्रतिवन्ध लगाउनु परेको बताउनुभएको छ । हिजो मंगलवार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताउनुभएको हो । उहाँले समाजमा विसंगति, विकृति, अराजकता फैल्याउने र राज्यलाई […]

पूरा पढ्नुहोस्

सामाजिक सञ्जाल ‘टिकटक’ नेपालमा बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, कार्तिक २७ सरकारले नेपालमा चिनियाँ एप टिकटक बन्द गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो। टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जाने […]

पूरा पढ्नुहोस्