Tuesday, October 13

राजनीति

जाजरकोटका भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिइने

काठमाडौं, कार्तिक २७ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितहरुको अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। आइतबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले जाजरकोट केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट प्रभावितहरुको लागि अस्थायी आवास बनाउन […]

पूरा पढ्नुहोस्

चितवनका राजनीतिक दलका प्रमुखहरुसंग समसामयिक विषयमा छलफल कार्यक्रम सम्पन्न

चितवन, कार्तिक २३  उद्योग वाणिज्य संघ–चितवनको बैठक कक्षमा आज समसामयिक विषयमा चितवनका राजनैतिक दलका प्रमुखहरु संग उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संघका अध्यक्ष चुननारायण श्रेष्ठले बर्तमान आर्थिक मन्दी, पूर्वाधार निर्माणमा भएको ढिला सुस्ती, यातायातका साधनहरुको पहुंच र व्यवस्थापन, व्यवसायीक अवस्थाको वारेमा सबै राजनितिक दलरुहको ध्यानाकर्षण गराउनु भएको हो । […]

पूरा पढ्नुहोस्

राजनीतिक व्यवस्था जोगाउन एकता आवश्यक : अध्यक्ष नेपाल

काठमाडौं, कार्तिक २२ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान राजनीतिक व्यवस्था जोगाउनका लागि पार्टीहरुका बिचमा एकता र आपसी सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ । मंगलबार सर्वदलीय बैठकमा सहभागी भएर निस्किने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले वर्तमान राजनीतिक व्यवस्थालाई जोगाउनका लागि पार्टीहरुका बीचमा आपसी सहकार्य र एकता आवश्यक रहेको बताउनुभएको हो ।

पूरा पढ्नुहोस्

आज दिउँसो एमाले सचिवालय बैठक बस्दै

काठमाडौं, कार्तिक २२ नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। पार्टी मुख्यालय च्यासल ललितपुरमा दिउँसो पौन १ बजे बैठक बस्ने पार्टीका प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। आज बस्ने सचिवालय बैठकमा जाजरकोटमा भूकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुनेछ।

पूरा पढ्नुहोस्

भूकम्प प्रभावितलाई एकीकृत समाजवादीले २५ लाख सहयोग गर्ने

काठमाडौं, कार्तिक २१  नेकपा(एकीकृत समाजवादी)ले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावितहरुलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सोमबार बसेको नेकपा(एकीकृत समाजवादी)को सचिवालयको बैठकले केही दिन अघि जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट प्रभावितहरुलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले सो रकम पार्टी […]

पूरा पढ्नुहोस्

आज राष्ट्रपति पौडेल भूकम्पप्रभावित क्षेत्र जाने

काठमाडौं, कार्तिक २१ राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार भूकम्पप्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै हुनुहन्छ । राष्ट्रपति पौडेल भूकम्पबाट प्रभावित नागरिकको अवस्था बुझ्न आज बिहान सवा १० बजे त्यस क्षेत्रमा जान लाग्नुभएको उहाँका प्रेस संयोजक खिला कार्कीले जानकारी दिनुभयो । उहाँले आफ्नो युरोप भ्रमण स्थगित गरेर त्यसतर्फ जान लाग्नुभएको हो । राष्ट्रपति पौडेलले मुलकुमा विपत्ति परेका […]

पूरा पढ्नुहोस्

गृहमन्त्री श्रेष्ठ – भूकम्प प्रभावितलाई सहयोगमा कुनै कमी हुँदैन

काठमाडौँ, कार्तिक २० गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावित नागरिकलाई सहयोग गर्ने सन्दर्भमा कुनै कमी नहुने बताउनुभएको छ । आइतबार विभिन्न राहत सामाग्रीसहित मन्त्री र सांसद टोलीको नेतृत्व गर्दै जाजरकोट पुग्नु भएका मन्त्री श्रेष्ठले उद्धार, राहत तथा उपचारको अवस्थाबारे जानकारी लिनु भएको थियो । उहाँले सुरक्षा संयन्त्र र जनप्रतिनिधिलाई सदरमुकाम र गाउँ दुबैतिर प्रभावकारी रुपमा परिचालित […]

पूरा पढ्नुहोस्

भूकम्प प्रभावितका लागि कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक दिने

काठमाडौँ, कार्तिक २० नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भूकम्प पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि १५ दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् । कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले भूकम्पपीडितका लागि सङ्घीय संसद्मा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्नुहुने सदस्यको १५ दिन बराबरको पारिश्रमिक सहयोगस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको हो । कांग्रेसका सभापति शेरबहादुर […]

पूरा पढ्नुहोस्

आज कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौँ, कार्तिक १९ नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिर्नुभयो । बैठकमा कर्णालीमा गएको भूकम्प र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कांग्रेसले जनाएको छ। केन्द्रीय समिति बैठक तत्काल बस्न सम्भव नभएको बेला कार्यसम्पादन समितिले आवश्यक […]

पूरा पढ्नुहोस्

भूकम्प प्रभावितलाई नेपाली कांग्रेसद्वारा रु ५० लाख सहयोग

काठमाडौँ, कार्तिक १८ नेपाली कांग्रेसले भूकम्प पीडितको उद्धार, राहत र पुनस्र्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई रु ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ । साथै कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल समेत गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । शुक्रबार राति ११ः४७ […]

पूरा पढ्नुहोस्