Tuesday, October 13

राजनीति

राहत र उद्धारमा जुट्न राष्ट्रपति पौडेलको अपिल

काठमाडौँ, कार्तिक १८ राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताउनुभएको छ । उहाँले विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । सो भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो मानवीय तथा […]

पूरा पढ्नुहोस्

भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सभापति देउवाद्वारा आग्रह

काठमाडौँ, कार्तिक १८ नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो मानवीय क्षति भएको खबरले दुखित भएको उल्लेख गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली खटाएर घाइतेको उपचार गर्न सरकारसँग माग गर्नुभएको छ । साथै प्रभावित क्षेत्रमा मानवीय […]

पूरा पढ्नुहोस्

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डद्वारा बधाई

काठमाडौं, कार्तिक १७ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोली टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा बधाई दिनुभएको छ । उहाँले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्नुभएको छ ।

पूरा पढ्नुहोस्

नेपालको अर्थतन्त्र सकारात्मक बाटोमा : अर्थमन्त्री महत

काठमाडौं, कार्तिक १७ अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताउनुभएको छ । हिजो बिहीवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अर्थमन्त्री महतले अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताउनुभएको हो। उहाँले अर्थतन्त्र धराशायी भयो भन्ने प्रचार सही नभएको बताउनुभयो । उहाँले अब ब्याजदर घट्ने बताउनुभयो । त्यस्तै जग्गाको कारोबार बढिरहेको, पर्यटक र रेमिट्यान्स पनि बढिरहेको बताउनुभयो […]

पूरा पढ्नुहोस्

आजबाट चालु संसदको अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं, कार्तिक १६ सरकारले बिहीवार राति १२ बजेबाट चालु संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मन्त्रीपरिषद्को बैठकले आज राति १२ बजेबाट चालु संसदको अधिवेशन अन्त्य गर्ने नर्णय गरेको बताउनु भयो ।

पूरा पढ्नुहोस्

सरकारी कार्यालय आजदेखि माघ १५ गते ४ बजेसम्म मात्रै खुल्ने

काठमाडौं, कार्तिक १६ देशभरका सबै सरकारी कार्यालय आजदेखि अपरान्ह ४ बजे नै बन्द हुने भएका छन्। सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ अर्थात् आजदेखि माघ १५ गतेसम्म नेपाल राज्यभरका सबै सरकारी कार्यालय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्नेछन्। यो अवधिमा शुक्रबारको दिन भने ३ बजे नै कार्यालय बन्द हुने गृह मन्त्रालयले […]

पूरा पढ्नुहोस्

भोलिदेखि सरकारी कार्यालय ४ बजेसम्म मात्र खुल्ने

काठमाडौं, कार्तिक १५ देशभरका सबै सरकारी कार्यालय भोलि (बिहीबार) देखि अपरान्ह ४ बजेसम्म मात्र खुल्ने भएको छ। सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म नेपाल राज्यभरका सबै सरकारी कार्यालय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्नेछन्। यो अवधिमा शुक्रबारको दिन भने ३ बजे नै कार्यालय बन्द हुने गृह मन्त्रालयले […]

पूरा पढ्नुहोस्

आज नेकपा एमालेले चियापान कार्यक्रम गर्दै

काठमाडौं, कार्तिक १५ नेकपा एमालेले आज दसैं, तिहार तथा छठ जस्ता चाडपर्वहरुको अवसरमा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । चियापान कार्यक्रम ललितपुरको च्यासलस्थित पार्टी मूख्यालमा दिउँसो १२ बजे हुँदैछ । हिजोका लागि तय गरिएको चियापान कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिवको भ्रमणका कारण आजका लागि सारिएको हो ।

पूरा पढ्नुहोस्

आज राष्ट्रसंघका महासचिव गुटेरेसले संघीय संसद्मा सम्बोधन गर्ने

काठमाडौं, कार्तिक १४  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्दै हुनुहुन्छ । दिउसो ४ बजे गुटेरेसले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सम्बोधन गर्ने संघीय संसद् सचिवालयले जनाएको छ । बैठक शुरुभएसँगै गुटेरेसले सम्बोधन गर्ने तालिका रहेको छ । संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै महासचिव गुटेरेसको सम्बोधनको पनि अभिलेख राख्ने जनाइएको […]

पूरा पढ्नुहोस्

माघ महिनाभित्र एमालेका सबै जिल्ला कमिटीको अधिवेशन गर्ने निर्णय

काठमाडौं, कार्तिक १३ नेकपा (एमाले)ले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले सङ्गठन विभागका सचिव माधवप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । एमालेले भर्खरै मात्रै सात प्रदेश कमिटीको अधिवेशन सम्पन गरेको छ ।

पूरा पढ्नुहोस्