Tuesday, October 13

राजनीति

नेता झलनाथ खनाल स्वदेश फिर्ता

काठमाडौं, कार्तिक ७ पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल स्वदेश फर्कनुभएको छ । चीनले बेइजिङमा आयोजना गरेको अन्तर्राष्ट्रिय सहकार्यका लागि तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी भएर उहाँ आज स्वदेश फर्कनुभएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय विदेश विभाग सचिव डा शङ्कर खतिवडाले जानकारी दिनुभयो । गत हप्ता चीन जानुभएका पूर्व प्रधानमन्त्री […]

पूरा पढ्नुहोस्

आज राष्ट्रपति पौडेलले विशिष्टदेखि सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं, कार्तिक ७ राष्ट्रपति रामचन्द्र पौडेलले आज सर्वसाधारणलाई दशैंको टीका लगाइदिनु हुने भएको छ । आज कात्तिक ७ गते मंगलवार विजया दशमीका दिन राष्ट्रपति पौडेलले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयले विशिष्ट र सर्वसाधारणका लागि छुट्टाछुट्टै समयको व्यवस्थापन गरेर टीका प्रसाद ग्रहणको व्यवस्था मिलाएको छ। राष्ट्रपति कार्यालयका अनुसार […]

पूरा पढ्नुहोस्

काठमाडौं उपत्यकाका महत्वपूर्ण शक्तिपीठहरुको राष्ट्रपतिद्वारा दर्शन

काठमाडौं, कार्तिक ५ राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकाका महत्वपूर्ण शक्तिपीठहरुको दर्शन गर्नुभएको छ । आइतबार राष्ट्रपति पौडेलले काठमाडौंको नक्शाल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी पुगेर पूजा आराधना र दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गर्नुभएको हो । दशैंका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रही […]

पूरा पढ्नुहोस्

महासचिव गुटेरेसले यही कात्तिक १४ गते संसदमा सम्बोधन गर्नुहुने

काठमाडौं, कार्तिक ४  संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण हुने भएको छ । गत कात्तिक २ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले यही कात्तिक १२ गतेदेखि १५ गतेसम्म गर्ने नेपाल भ्रमणको औपचारिक कार्यक्रम स्वीकृत गरेको हो । नेपाल बसाईको क्रममा उहाँले नेपालको सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम […]

पूरा पढ्नुहोस्

यही कार्तिक १४ गते एमालेले चियापान कार्यक्रम गर्ने

काठमाडौं, कार्तिक ३ नेकपा एमालेले बडादशैं, तिहार र छठपर्वका अवसरमा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ। चियापान कार्यक्रम यही कार्तिक १४ गते पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजना गरिने छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अनुसार चियापानको आयोजना गर्न लागिएको एमालेले जनाएको छ।

पूरा पढ्नुहोस्

काँग्रेसले कात्तिक ११ गते कोजाग्रत पूर्णिमामा चियापान गर्ने

काठमाडौं, कार्तिक ३ नेपाली काँग्रेसले कात्तिक ११ गते कोजाग्रत पूर्णिमाका दिन चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । विसं २०३३ मा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष पार्टीले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहँदै आएको छ । यही परम्परालाई […]

पूरा पढ्नुहोस्

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

काठमाडौं, कार्तिक १ कोशी प्रदेश सभाको बैठक आज बस्दैछ ।  गत असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक आज कात्तिक १ गते बिहान ११ बजे बस्नेगरी बोलाइएको हो । आजको बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिदै हनुहुन्छ । नेपाली कांग्रेसका कोशी प्रदेश सांसद कार्कीले गठबन्धनको निर्णय विपरीत बिद्रोह गरेर एमालेका ३९ जना र कांग्रेसका ८ […]

पूरा पढ्नुहोस्

कार्तिक १ गते कोशी प्रदेश सभाको बैठक बस्नेगरी बोलाइयो

काठमाडौं, असोज ३० कोशी प्रदेश सभाको बैठक कार्तिक १ गते बुधबार बस्नेगरी बोलाइएको छ । असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको हो । प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै कात्तिक १ गते बुधवार दिनको ११ बजेका लागि बैठक बस्ने गरी सूचना जारी गरेको हो । प्रदेश सभाका सचिव गोपाल […]

पूरा पढ्नुहोस्

बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ दशैं बिदामा पनि हुने

काठमाडौं, असोज २९ सर्वोच्च अदालतले बडादशैंमा पनि बन्दी प्रत्यक्षी करणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतले आइतबार जारी गरेको सूचनाअनुसार आइतबारदेखि लागू हुनेगरी कोजाग्रत पूर्णिमासम्म बिहान ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत प्रशासन बन्द रहने भए पनि बन्दीको रिट निवेदन सुनुवाइका लागि अदालत खुला रहने छ । अदालतले ती दिनमा न्याय सम्पादनका […]

पूरा पढ्नुहोस्

नेपाली पत्रकारिता लोकतन्त्रको आधार स्तम्भ हो : राष्ट्रपति पौडेल

काठमाडौं, असोज २७ राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता जगत लोकतन्त्रको आधार स्तम्भ बताउनु भएको छ । दशै, तिहार लगायत चाडपर्वका अवसरमा शुक्रबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित संचारकर्मीहरुसँगको शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो बताउनु भएको हो । उहाँले विगतमा नेपाली पत्रकारिता जगतले लोकतन्त्रको स्थापना र पुनस्र्थापनमा मात्र हैन मुलुक अफ्ठ्यारो अवस्थाबाट गुज्रदाँ […]

पूरा पढ्नुहोस्