Tuesday, October 13

राजनीति

आज पनि आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच वार्ता हुने

काठमाडौं, असोज २६ १२ दिनदेखि आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार पुनः वार्ता गर्ने भएको छ।   बिहीबार भएको वार्तामा आन्दोलनरत कर्मचारीले उठाएका सबै मुद्दामा छलफल गर्न समय नपुगेका कारण वार्ता सारिएको हो।

पूरा पढ्नुहोस्

गए रातिदेखि बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

​​​​​​​काठमाडौं, असोज २४  बागमती प्रदेश सभा बैठकको अधिवेशन गए रातिदेखि अन्त्य भएको छ। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको १२औं वर्षे अधिवेशन बैठक मंगलबार मध्यराति १२ बजेदेखि अन्त्य गनुभएको हो । मन्त्रिपरिषदबाट पारित भई आएअनुसार, प्रदेश प्रमुख शर्माले संविधानको प्रक्रिया पूरा गरी प्रदेशसभाको बैठक अन्त्य गरेको […]

पूरा पढ्नुहोस्

एमाले मधेस प्रदेश अधिवेशन आजदेखि सुरु

​​​​​​​काठमाडौं, असोज २४ नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन आजदेखि यहाँ सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिनुभयो । उहाँले एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको जानकारी दिनुभयो ।

पूरा पढ्नुहोस्

आजबाट नेपालगञ्जमा एक सातादेखि जारी कर्फ्यू र निषेधाज्ञा हटाइयो

​​​​​​​काठमाडौं, असोज २३ नेपालगञ्जमा एक सातादेखि जारी कर्फ्यू र निषेधाज्ञा आजबाट हटाईएको छ । सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले सूचना मार्फत कर्फ्यू र निषेधाज्ञा पूर्ण रूपमा हटाइएको जानकारी दिनुभयो । असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा कर्फ्यू लगाइएको थियो । नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यू र निषेधाज्ञा लगाउदै […]

पूरा पढ्नुहोस्

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

​​​​​​​काठमाडौं, असोज २३ नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ।  संसदमा दर्ता भएका विद्यालय शिक्षा विधेयक र विद्युत विधेयकबारे धारण बनाउन बैठक बलाइएको हो। बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुनेछ।  मध्यान्ह १२ बजे संसद् भवन नयाँबानेश्वरमा बैठक बोलाइएको हो।

पूरा पढ्नुहोस्

राष्ट्रिय सभा बैठक आज बस्दै

​​​​​​​काठमाडौं, असोज २३ राष्ट्रिय सभाको बैठक मंगलबार बस्दै छ। बैठकमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।   यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले विधायनसम्बन्धी विधेयक, २०८० दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची पनि छ । बैठक बिहान ११ बजे […]

पूरा पढ्नुहोस्

१० जना नेपालीको मृत्युमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

​​​​​​​काठमाडौं, असोज २३ इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको सम्मानमा सरकारले आज मंगलबारका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रिय शोकको घोषणा गरेको हो । आज देशका सरकारी कार्यालय र विदेशस्थित नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

पूरा पढ्नुहोस्

नेपालीहरुलाई स्वदेश ल्याउन सरकारलाई आग्रह

काठमाडौँ, असोज २२ नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउन सरकारलाई आग्रह गरेको छ । सभापति शेरबहादुर देउवाले आइतबार एक विज्ञप्ति निकालेर इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्काउन कुटनीतिक पहल गर्न सरकारलाई आग्रह गर्नुभएको हो । इजरायलमा विभिन्न कारणले बसोबास गर्दै आएका नेपालीहरूको यकिन तथ्याङ्क पत्ता लगाई उनीहरूको जीवन रक्षा र तत्काल सुरक्षित स्थानमा पुर्‍याउनका साथै […]

पूरा पढ्नुहोस्

प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दै

काठमाडौँ, असोज २१ संघीय संसदअन्तगर्त आइतबार प्रतिनिधि सभाको बैठक बस्दैछ । आइतबारको यो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठकमा सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्तावलाई निर्णयार्थ […]

पूरा पढ्नुहोस्

देशको अर्थतन्त्र सही बाटोमा रहेकाले विद्यमान समस्याहरू समाधान हुने : अर्थमन्त्री महत

चितवन, असोज २० अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सही बाटोमा रहेकाले विद्यमान समस्याहरू समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस चितवन क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनको  उद्घाटन गर्दै उहाँले अर्थतन्त्र सुधारको बाटो रहेकाले नआत्तिन आग्रह गर्नुभयो । अर्थमन्त्री डा महतले भन्नुभयो, “अब आर्थिक सङ्कटको अन्त्य हुने आशाका किरण देखा पर्दैछन्। मुलुकमा […]

पूरा पढ्नुहोस्