राजनीति
संसद पुनर्स्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन काँग्रेसका पूर्व संसदहरुले प्रधानन्यायाधीशको ध्यानाकर्षण गराउदै
काठमाडौँ, माघ १५ नेपाली कांग्रेसका पूर्व सांसदहरूले सर्वोच्च अदालतमा परेको प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको ध्यानाकर्षण गराउने भएका छन् । विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे नेतृत्वको पूर्व सांसदहरूको टोलीले आज प्रधानन्यायाधीश राउतसँग समय लिएको बताइएको छ । उनीहरूले रिट छिटो सुनुवाइका लागि ध्यानाकर्षण गराउने जानकारी दिएका छन्। घिमिरेको नेतृत्वमा […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने
काठमाडौँ, माघ ७ मंगलबार उत्साहजनक र शान्तिपूर्ण रुपमा प्रतिनिधिसभाका लागि उमेदवारी दर्ता सम्पन्न भएपछि आज उमेदवारको विरोधमा आज उजुरी दिन सकिने कार्यतालिका रहेको छ । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता गरेका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने बताएको छ । माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनपत्र दर्ता भएका […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा निर्वाचनको उमेदवारको मनोनयन दर्ता आज हुदै
काठमाडौँ, माघ ६ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उमेदवारको मनोनयन दर्ताको तालिका रहेको छ । निर्वाचन आयोगले उमेदवारी मनोनयनका लागि बिहान १० देखि बेलुका ५ बजेसम्मको समय तोकेको छ । आयोगले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी […]
पूरा पढ्नुहोस्
राष्ट्रिय सभाको १९औँ अधिवेशन आजदेखि हुदै
काठमाडौँ, माघ ४ राष्ट्रिय सभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ । नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा आगलागी भएपछि सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा अधिवेशन सञ्चालन हुने गरी तयारी गरिएको छ । संसद सचिवालयका अनुसार बिहान ११ बजेदेखि शुरु हुने बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र राष्ट्रिय सभा सदस्य बलदेव […]
पूरा पढ्नुहोस्
काँग्रेसको आजको केन्द्रीय समिति बैठक स्थगित
काठमाडौँ, पुष २९ नेपाली काँग्रेसले आजका लागि बोलाएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । विशेष महाधिवेशन पक्षधरसँगको वार्तामा सहमति हुन नसकेपछि छलफल लम्बिदा केन्द्रीय समितिको १ बजेका लागि बोलाइएको बैठक आज बस्दै नबसी स्थगित भएको हो । अब बैठक भोली बिहान ८ बजे बस्ने बताइएको छ । संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीचको आज […]
पूरा पढ्नुहोस्
काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै
काठमाडौँ, पुष २९ नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र ७ वटै प्रदेशका सभापतिहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
पूरा पढ्नुहोस्
समानुपातिकको बन्दसूचीबाट नाम आज फिर्ता लिन सकिने
काठमाडौँ, पुष २८ निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उमेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा लिन सकिने जनाएको छ । आयोगले बन्दसूचीमा रहेको नाम फिर्ता लिन चाहने व्यक्तिले प्रक्रिया पुर्याएर आज विहान १० बजेदेखि ४ बजेसम्म आवेदन दिन सकिने जानकारी दिएको हो । नाम फिर्ता गर्न चाहने उमेदवारले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची […]
पूरा पढ्नुहोस्
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग
काठमाडौँ, पुष २७ निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लाग खटिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि प्रशिक्षक प्रशिक्षणका लागि यही पुस २८ र २९ गते विभिन्न स्थानमा अभिमुखीकरण तालिम सञ्चालन गर्दैछ। सात प्रदेशअन्तर्गतका निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि कूल चार स्थान काठमाडौं, चितवन, विराटनगर र नेपालगञ्जमा अभिमुखीकरण तालिम दिन लागिएको आयोगका प्रवक्ता […]
पूरा पढ्नुहोस्
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
काठमाडौँ, पुष २२ नेपाली काँग्रेसको सोमबारदेखि शुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने प्रवक्ता डा. प्रकाशशरण महत्तले जानकारी दिएका छन् । बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनको विषयमा छलफल हुने बताइएको छ । बुधबार राष्ट्रिय सभा सदस्यको उम्मेदवार दर्ताको कार्यतालिका रहेकाले दलहरु चुनावी तालमेल र उम्मेदवार छनौटमा केन्द्रित […]
पूरा पढ्नुहोस्
काँग्रेसको महाधिवेशन बैशाखमा गर्ने नयाँ कार्यतालिका पारित
काठमाडौँ, पुष १८ नेपाली कांग्रेसको महाधिवेशन बैशाखमा गर्ने नयाँ कार्यतालिका पारित भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा चुनावपछि महाधिवेशन गर्नेगरि पेश गरेको कार्यतालिका पारित भएको प्रवक्ता प्रकाश शरण महत्तले जानकारी दिएका हुन् । नयाँ कार्यतालिकामा २०८३ साल वैशाख २८-३१ मा काठमाडौंमा महाधिवेशन गर्ने उल्लेख छ । जस […]
पूरा पढ्नुहोस्




