Wednesday, October 14

राजनीति

माघमा एकीकृत समाजवादीले राष्ट्रिय महाधिवेशन गर्ने

काठमाडौँ, भाद्र ८ नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले आगामी माघ १४ देखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । यही भदौ ५ गते सुरु भएर बिहिवार सम्पन्न बैठकले महाधिवेशनको अगावै युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले यही भदौभित्र सबै जनवर्गीय सङ्गठनका अधिवेशन सम्पन्न गर्ने र आगामी असोजमा मेची […]

पूरा पढ्नुहोस्

पोखरामा कांग्रेसका सातवटै प्रदेशका सभापतिको भेला हुने

काठमाडौं, भाद्र ८ नेपाली कांग्रेसका सातवटै प्रदेशका सभापतिसहित पदाधिकारीको भेला यही भदौ १६ र १७ गते पोखरामा हुने भएको छ । नेपाली कांग्रेसको आगामी मङ्सिर ११, १२ र १३ गते हुने महासमितिको बैठकमा पार्टी सङ्गठनलाई सुधार गर्नका लागि सामूहिक धारणा तय गर्ने गरी भेला आयोजना गरिएको नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले जानकारी दिनुभयो […]

पूरा पढ्नुहोस्

४७ करोड रुपैयाँ रकम लम्पी स्किन महामारी नियन्त्रणका लागि विनियोजन

काठमाडौं, भाद्र ८ कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले लम्पी स्किन रोगको महामारी नियन्त्रणका लागि ४७ करोड रुपैयाँ रकम विनियोजन गरेको बताउनुभएको छ । हिजो बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री भुसालले चालु आर्थिक वर्षमा महामारी नियन्त्रणका लागि प्रत्येक स्थानीय तहमा संघीय सशर्त अनुदान अन्तर्गत जानेगरी ४७ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी गराउनुभएको हो । […]

पूरा पढ्नुहोस्

दीर्घकालीन महत्वको निर्णय नगर्न कोशी प्रदेश सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, भाद्र ७  सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासले उद्धव थापा नेतृत्वको सरकारलाई दीर्घकालीन र दूरगामी प्रभाव पर्ने नीतिगत निर्णय नगर्न भनेको हो । प्रदेश सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले पदको दुरुपयोग गरी व्यक्त गरेको मतका आधारमा मुख्यमन्त्री उद्धव थापाले […]

पूरा पढ्नुहोस्

आज कोशी सरकारविरुद्धको रीटमा सुनुवाई हुने

काठमाडौं, भाद्र ७ कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको दाबीसहित नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा बिहीबार सुनवाइ हुने भएको छ । सभाध्यक्षको मतसहित विश्वासको मत लिएपछि एमाले उक्त निर्णय खारेजीसहित एमाले नेतृत्वमा सरकार गठनका लागि परमादेश माग्दै सर्वोच्च गएको हो । उक्त रीटमा बिहीबारदेखि सुनुवाई सुरु हुनेछ ।

पूरा पढ्नुहोस्

आज दिउँसो प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं, भाद्र ७ प्रतिनिधिसभा बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा एउटा मात्रै कार्यसूचि राखिएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगको १५ औं वार्षिक प्रतिवेदन २०७८÷०७९ पेश गर्ने कार्यसूचि रहेको संसद् सचिवालयले जनाएको छ।

पूरा पढ्नुहोस्

राष्ट्रिय एकतालाई पर्वहरूले थप सुदृढ तुल्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ, भाद्र ७ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गौरा पर्व, २०८० को अवसरमा शुभकामना सन्देश दिनुभएको छ । शुभकामना सन्देश दिँदै अध्यक्ष तिमिल्सिनाले गौरा पर्वको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा उहाँले लोक परम्परा तथा सांस्कृतिक पर्वहरूले बहुजातीय, […]

पूरा पढ्नुहोस्

आज दिउँसो प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं, भाद्र ६ संघीय संसद् भवन, नयाँ बानेश्वरमा प्रतिनिधिसभा बैठक बुधबार बस्दै छ । बैठक बुधबार दिउँसो ३ बजे बोलाइएको संसद सचिवालयले जनाएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।

पूरा पढ्नुहोस्

आज फेरि प्रमुख दलहरुको बैठक बस्दै

काठमाडौं, भाद्र ६ राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख दलहरुवीच अझै पनि अन्तिम सहमति हुन सकेको छैन । शीर्ष नेताहरुको बैठक बसी सुन तस्करी सम्बन्धमा छुट्टै उच्च स्तरीय समिति गठनका लागि प्रस्तावलाई अन्तिम रुप दिने भनिएपनि अस्वस्थता र व्यस्तताको कारण शीर्ष नेताको बैठक आज फेरि बस्ने भएको छ । सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन […]

पूरा पढ्नुहोस्

आज नेकपा एसको केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौँ, भाद्र ५ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । ललितपुरको बालकुमारीमा बस्ने बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गरिने छ । पार्टी स्थापना भएको करिब दुई वर्षमा पनि महाधिवेशन हुनसकेको छैन । पछिल्लो विकसित परिस्थितिमा पार्टीको भूमिका तथा सङ्गठन […]

पूरा पढ्नुहोस्