राजनीति
आज दिउँसो राष्ट्रिय सभाको बैठक बस्ने
काठमाडौं, भाद्र ५ राष्ट्रियसभाको बैठक मंगलबार बस्दै छ। दिउँसो १ बजेका लागि बैठक बोलाएको संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची छ। बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले ‘संविधानअनुसार बन्न बाँकी कानुनको अध्ययन प्रतिवेदन, २०८०’ पेस गर्नेलगायत सम्भावित कार्यसूची छ।
पूरा पढ्नुहोस्
संसद् अवरोध हटाउने सहमति : राष्ट्रिय दलहरुको बैठक
काठमाडौँ, भाद्र ५ सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुले सुन तस्करी प्रकरणमाथि छानबिनका लागि गठन गरिने समितिको कार्यादेश (टिओआर) तय गर्ने सहमति गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका अनुसार आजसम्म कार्यादेशको मस्यौदा तयार पार्ने गरी दलहरुबीच सहमति जुटेको छ । आजसम्म छानबिन समितिको टिओआर तयार गर्नका लागि नेकपा(एमाले)का नेता सुवासचन्द्र नेम्वाङ, नेपाली […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्रीको आह्वानमा आज पनि सर्वदलीय बैठक बस्दै
काठमाडौं, भाद्र ४ प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा बोलाइएको सर्वदलीय बैठक आज पनि बस्दैछ। सदनको अवरोध खुलाउनेलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले आह्वान गरेको सर्वदलीय बैठक आज पनि बस्न लागेको हो। आइतबार भएको छलफलमा विभिन्न विकल्पका बारेमा कुराकानी भएपनि सहमति हुन नसकेपछि बैठक आजका लागि बोलाइएको हो। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अपरान्ह चार बजेका लागि […]
पूरा पढ्नुहोस्
५ सदस्यीय टोलीसहित अर्थमन्त्री महत क्यानडा प्रस्थान
काठमाडौं, भाद्र ४ अर्थमन्त्री डा. प्रकाशशरण महत नेपालको ५ सदस्यीय टोलीसहित क्यानडा प्रस्थान गर्नुभएको छ । क्यानडामा आयोजना हुने ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)को ७औँ सभामा भाग अर्थमन्त्री महत आइबार साँझ ९:३० मा क्यानडा प्रस्थान गर्नुभएको हो । अर्थमन्त्रीसँगै अर्थमन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि […]
पूरा पढ्नुहोस्
राष्ट्रपति पौडेलद्वारा सर्वदलीय बैठक आह्वान
काठमाडौं, भाद्र ४ राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । समसामयिक विषयमा छलफलका लागि राष्ट्रपति पौडेलले मंगलबार बिहान साढे ८ बजे सर्वदलीय बैठक बोलाउनुभएको हो । राष्ट्रपति पौडेलले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई छलफलका लागि शितल निवासमा बोलाउनुभएको हो ।
पूरा पढ्नुहोस्
सरकारले सबै स्थानमा बजेट विनियोजन गर्न सकेन : अर्थमन्त्री महत
काठमाडौं, भाद्र २ अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसको लक्ष्य आर्थिक समृद्धि र नागरिकलाई सम्पन्न बनाउनु भएको बताउनुभएको छ । शनिबार कांग्रेस काठमाडौं क्षेत्र नम्बर–३ (२) को प्रदेश सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । संगठित रूपमा लागेर भ्रमपूर्ण र झुटा कुराको प्रचार गरेर सत्यलाई असत्य साबित गराउने खतरा विद्यमान रहेको उहाँले औंल्याउनुभयो […]
पूरा पढ्नुहोस्
सबै प्रदेशको अधिवेशन मिति एमालेले तोक्यो
काठमाडौं, साउन ३० एमालेले प्रदेश अधिवेशनको मिति सार्वजनिक गरेको छ । एमाले सचिवालयको बैठकले लुम्बिनी प्रदेशमा आगामी भदौ १६, १७, मधेश प्रदेश असोज ५, ६, बाग्मती प्रदेश असोज ८, ९ , कर्णाली प्रदेश असोज १०, ११ कोशी प्रदेशमा असोज १२, १३, गण्डकी प्रदेश असोज १५, १६, उपत्यका विशेष प्रदेश असोज १९, २० र सुदूरपश्चिम असोज […]
पूरा पढ्नुहोस्
आज उपराष्ट्रपति यादव चीन जाँदै
काठमाडौ, साउन २९ उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणमा जानुहुने भएको छ । चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ र ‘२७ औँ चीन कुनमिङ्ग आयात–निर्यात मेला’मा सहभागी हुन उहाँ सोमबार(आज ) चीन प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा […]
पूरा पढ्नुहोस्
बैंकर्स संघसँग अर्थमन्त्रीको छलफल
काठमाडौं, साउन २९ अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल बैंकर्स संघसँग बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई लयमा ल्याउने विषयमा छलफल गर्नुभएको छ । हिजो आइतबार मन्त्रालयमा बैंकर्स संघका पदाधिकारीसहित वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग बैंकको ब्याजदर कम गर्ने विषयमा छलफल गर्नुभएको हो । मन्त्री महतले बैंकका सिइओहरुसँग अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रले पुर्याउनुपर्ने योदानको विषयमा जानकारी गराउनुभएको […]
पूरा पढ्नुहोस्
नेपालको अर्थतन्त्रमा देखिएका समस्या अस्थायी हुन् : अर्थमन्त्री महत
काठमाडौं, साउन २८ अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या अस्थायी भएकाले डराउनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । हिजो शनिबार ललतिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अर्थमन्त्री महतले नेपाल अहिले बिस्तारै विकासको बाटोमा अघि बढीरहेको बताउनुभयो । उहाँले नेपालमा व्यापार व्यवसाय गर्नको लागि ठूलो अवसर रहेको भन्दै नेपाल विदेश भन्दा […]
पूरा पढ्नुहोस्




