Wednesday, October 14

राजनीति

कात्तिकसम्म सबै कमिटीलाई लेखा परीक्षण गराउन एमालेद्वारा निर्देशन

काठमाडौँ, साउन २७ नेकपा (एमाले) ले पार्टीका सबै कमिटीलाई अनिवार्य लेखा परीक्षण गराउन निर्देशन दिएको छ । पार्टीको केन्द्रीय लेखा आयोगले पार्टी मातहतका सबै कमिटीलाई आर्थिक वर्ष २०७९/८० सम्मको लेखा परीक्षण आयोगमार्फत आगामी कात्तिक मसान्तसम्ममा अनिवार्यरूपमा गराउन निर्देशन दिएको आयोगका अध्यक्ष डा पुष्प कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी कमिटीले आर्थिक हिसाबको लेखा व्यवस्थित […]

पूरा पढ्नुहोस्

कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या आयो : मन्त्री भुसाल

काठमाडौँ, साउन २६ कृषि तथा पशुपन्क्षी  डा. बेदुराम भुसालले कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या देखिएको बताउनुभएको छ । शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कृषिमन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले अहिलेसम्म कृषि नीति नभएकाले सरकारले कृषि क्षेत्रका नीतिगत रूपमा देखिएको समस्याहरूलाई समाधान गर्न कृषि नीति बनाउने तयारी गरेको जिकिर गनुभयो ।

पूरा पढ्नुहोस्

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेट

काठमाडौँ, साउन २६ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ । भेटमा उहाँहरूबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । प्रधानमन्त्री दाहाल हिजो साँझ नियमित भेटघाटका क्रममा राष्ट्रपति कार्यालय पुग्नुभएको थियो ।

पूरा पढ्नुहोस्

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं, साउन २६ नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने भएको छ । बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने ? नयाँ विधेयक कसरी प्रस्तुत गर्ने भन्नेबारे छलफल हुने संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । बैठकमा आगामी दिनमा संसद्मा कांग्रेस कसरी […]

पूरा पढ्नुहोस्

स्थानीय निकायको समन्वय र अनुमतिमा मात्र उद्धारमा खटिनु : राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं, साउन २५ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय निकाय र सरोकारवाला निकायसँग आवश्यक समन्वय र अनुमतिमा मात्र नागरिकका समस्या सहजीकरणका लागि खटिन पार्टी पङ्क्तिलाई सुसूचित गराएको छ । रास्वपाका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले बुधबार एक विज्ञप्ति जारी गर्दै र्‍यापिड एक्सन टिम (आरएटी) र पार्टी पङ्क्तिलाई बाढी पहिरो प्रकोपमा जनताको उद्धार गर्नका लागि […]

पूरा पढ्नुहोस्

राष्ट्रिय सभा बैठकमा एमालेद्वारा अवरोधपछि स्थगित

काठमाडौं, साउन २४ राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेले अवरोध गरेपछि बैठक स्थगित भएको छ । सुन प्रकरणमा छानविनको माग गर्दै एमालले राष्ट्रिय सभा बैठक अवरोध गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा साउन ३ गते झण्डै एकसय किलो सुन राजश्व अनुसन्धान बिभागको टोलीले समातेको थियो । एमालेले उक्त प्रकरण छानविनका लागि उच्च […]

पूरा पढ्नुहोस्

केहि कमीकमजोरीलाई लिएर संघियता बारे नकारात्मक टिप्पणी नगरौं : मन्त्री मोदी

काठमाडौं, साउन २३ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले स्थानीय सरकरले गरेका केहि कमीकमजोरीलाई लिएर संघियता बारे नकारात्मक टिप्पणी नगर्न आग्रह गर्नु भएको छ । मंगलबार काठमाडौंमा आयोजित अन्तरक्रियामा बोल्दै सङ्घीय मामिला मन्त्री मोदीले प्रदेश सरकार वा स्थानीय सरकारले काम गर्ने शिलशिलामा भएका कमजोरीले संघियता कमजोर नहुने बताउनुभयो । व्यवस्था र परिस्थिति सबै […]

पूरा पढ्नुहोस्

सभामुखसहित तीन दलको बैठक सुरू

काठमाडौं, साउन २३ संसदको अवरोध खुलाउने विषयमा तीन दलका शीर्ष नेतारुको बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा सभामुख घिमिरेसहित प्रधान मन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीका साथै तीन दलका प्रमुख सचेतक र सचेतकहरूको समेत सहभागिता रहेको […]

पूरा पढ्नुहोस्

सभामुखसहित तीन दलका शीर्ष नेताको बैठक आज पनि बस्दै

काठमाडौँ, साउन २३ सदनको अवरोध खुलाउने विषयमा आज बिहान शीर्ष नेताहरुबीच पुन: छलफल हुने भएको छ । सोमबार दुई चरणमा भएको छलफलबाट सहमति ननिस्किएपछि आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे १० बजे पुन: बैठक बस्ने तय भएको हो । बैठकमा सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका […]

पूरा पढ्नुहोस्

बेदुराम भुसाल एकीकृत समाजवादीको कार्यवाहक अध्यक्ष

काठमाडौँ, साउन २३ नेकपा (एकीकृत समाजवादी)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष डा.वेदुराम भुसालले पाउनुभएको छ । नेपाली एकता मञ्चले स्वीजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन अध्यक्ष माधवकुमार नेपाल  आगामी भदौ १ गतेसम्म ती देशको भ्रमण गर्ने कार्यक्रम तय भएकाले उहाँलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको सो पार्टीले जनाएको छ ।

पूरा पढ्नुहोस्