Wednesday, October 14

राजनीति

आज प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने

काठमाडौं, भाद्र १२ प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ । संघीय संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर कार्यक्रमको कार्यसूची रहेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशाेधन गर्न बनेको विधेयक २०८० माथि विचार […]

पूरा पढ्नुहोस्

आफूले सदैव समन्वयकारी भुमिका निभाउनेछुः आरजु राणा देउवा

काठमाडौं, भाद्र १२ प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आरजु राणा देउवा निर्वाचित हुनुभएको छ । हिजो सोमबार भएको समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य नवलकिसोर साह सुडीले देउवा सर्वसम्मतरुपमा निर्वाचित भएको घोषणा गर्नुभएको हो । निर्वाचित भएपछि सभापति राणाले सबैसँग समन्वय गरेर समितिको बैठकलाई प्रभावकारी तवरले सञ्चालन गर्ने बताउनुभयो । उहाँले […]

पूरा पढ्नुहोस्
फाइल तस्बिर

तीन देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त

काठमाडौँ, भाद्र ११ राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूतमा सुधिर भट्टराई नियुक्त हुनुभएको छ । उहाँका अनुसार राष्ट्रपति पौडेलले भट्टराई सहित तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि र घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभा अन्तर्गतका समितिले आज पूर्णता पाउँदै, नौ वटा समितिका सभापति निर्विरोध

काठमाडौँ, भाद्र ११ प्रतिनिधिसभा अन्तर्गत गठित १० वटा विषयगत समितिले आज पूर्णता पाउने भएका छन् । समितिका सभापतिको उम्मेदवारी प्रस्ताव दर्तापछि ती प्रस्तावको सूची प्रकाशित भइसकेको छ । आज सम्बन्धित समितिमा ती प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछन् । सङ्घीय संसद् सचिवालयका अनुसार नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिमा दुई जनाको उम्मेदवारी प्रस्ताव दर्ता […]

पूरा पढ्नुहोस्

नेपाली काँग्रेस अनुशासन समितिको कार्यविधि पारित

काठमाडौँ, भाद्र १० नेपाली काँग्रेसले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यविधि, २०८० लाई संशोधनसहित पारित गरेको छ । काँग्रेस केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले सो कार्यविधि पारित गरेको हो । यसैगरी समिति संयोजक आनन्दप्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको बैठकले समितिको सचिवमा काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ ।

पूरा पढ्नुहोस्

देशको विकासका लागि आईटी क्षेत्रमा उल्लेख्य सुधार हुनुपर्छ : मन्त्री बस्नेत

काठमाडौं, भाद्र १० स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आईटी क्षेत्रमा उल्लेख्य सुधार नगरीकन देशको विकास निर्माण र उन्नति हुन नसक्ने बताउनुभएको छ । आइतवार ललितपुरमा आयोजित मेरो पोषण साथी मोबाइल एपको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसारभर आईटी क्षेत्रमा विकास गरेका देशहरु धेरै अघि बढीरहेको उल्लेख गर्नुभयो । उहाँले एउटा […]

पूरा पढ्नुहोस्

आज दिउँसो राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं, भाद्र १० आज राष्ट्रियसभा बैठक बस्दैछ। बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने छ। यस्तै विधायन ब्यबस्थापन समितिकी सभापति जयन्ती राईले संविधान अनुसार बन्न बाँकी रहेको कानुनहरुको अध्ययन प्रतिवेदन २०८० पेश गर्ने संघीय संसद सचिवालयले सार्वजनिक […]

पूरा पढ्नुहोस्

भदौ १३ गतेका लागि सर्‍यो एमाले सचिवालय बैठक

सिराहा, भाद्र ९ नेकपा (एमाले) को आजदेखि सिराहामा तय गरिएको सचिवालय बैठक यही भदौ १३ गतेलाई सरेको छ । धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तरको वर्षाका कारण सार्नुपरेको नेकपा (एमाले) का जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले जानकारी दिनुभयो ।

पूरा पढ्नुहोस्

कांग्रेस कसैको इशारामा चल्ने पार्टी होइन: केन्द्रीय सदस्य भट्टराई

चितवन, भाद्र ९ नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गोबिन्द भट्टराईले नेपाली काङ्ग्रेस कसैको इसारामा नचल्ने बताउनु भएको छ । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र न २ ‘ख’ चितवनले शनिबार भरतपुरमा गरेको प्रदेश सभा सम्मेलनमा बोल्दै नेता भट्टराईले नेपाली कांग्रेस गहिरो इतिहास बोकेको पुरानो पार्टी भएकोले हाम्रो पार्टी कसैको इशारा र ललिपपमा नचल्ने बताउनु भएको हो । […]

पूरा पढ्नुहोस्

आज मध्यराति १२ बजेसम्म धरानमा निषेधाज्ञा

काठमाडौं, भाद्र ९ गोरु काटेर मासु खाएको विषयलाई लिएर हिन्दु र गैरहिन्दु समुदायबीच द्वन्द्व हुनसक्ने भन्दै धरानमा जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ। धरान उपमाहनगरपालिका क्षेत्रमा धार्मिक, साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशिलतालाई समेत ध्यानमा राखी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ। गएराति १२ बजेदेखि आजराति १२ बजेसम्म लागु […]

पूरा पढ्नुहोस्