Sunday, October 18

वाग्मती

रत्ननगर उवा संघद्धारा प्रमुख जिल्ला अधिकारी थापालाई स्वागत

रत्ननगर, भाद्र ९ रत्ननगर उद्योग वाणिज्य संघले चितवनमा भर्खरै सरुवा भएर आउर्नुभएका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई स्वागत गरेको छ । हिजो शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रजिअ थापालाई स्वागत गर्दै जिल्लामा व्यवसायिक सुरक्षामा देखिएका समस्या दर्साउदै सामधानको लागि आग्रह गरिएको छ । संघले पूर्वी चितवनबाट भरतपुर जाने मिनीबसलाई केन्द्रीय बस टर्मिनल भरतपुरमा रोक्ने […]

पूरा पढ्नुहोस्

आज मध्यराति १२ बजेसम्म धरानमा निषेधाज्ञा

काठमाडौं, भाद्र ९ गोरु काटेर मासु खाएको विषयलाई लिएर हिन्दु र गैरहिन्दु समुदायबीच द्वन्द्व हुनसक्ने भन्दै धरानमा जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ। धरान उपमाहनगरपालिका क्षेत्रमा धार्मिक, साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशिलतालाई समेत ध्यानमा राखी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ। गएराति १२ बजेदेखि आजराति १२ बजेसम्म लागु […]

पूरा पढ्नुहोस्

उपाधिका लागि आज नेपाल र हङकङ भिड्दै : महिला टी-२० सिरिज

काठमाडौं, भाद्र ९ मलेसियामा जारी चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधिका लागि शनिबार नेपाल र हङकङबीच खेल हुँदैछ । नेपाल र हङकङबीचको फाइनल खेल मलेसियाको बायोमास मैदानमा नेपाली समय अनुसार बिहान पौने १२ बाट सुरु हुनेछ । चार देश सम्मिलित सिरिजमा नेपाल पहिलो र हङकङ दोस्रो भएर फाइनल प्रवेश गरेका हुन् ।

पूरा पढ्नुहोस्

आजको मौसम : कोशी र मधेश प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, भाद्र ९ नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू-भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। शनिबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका केहि स्थानहरुमा साथै बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। […]

पूरा पढ्नुहोस्

नेपाल मलेसियासँग ६ विकेटले पराजित : महिला टी-२० अन्तरराष्ट्रिय शृंखला

काठमाडौं, भाद्र ८ ४ देश सम्मिलित महिला टी-२० अन्तरराष्ट्रिय शृंखलाको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियासँग ६ विकेटले पराजित भएको छ। हारका बाबजुद नेपालले फाइनलमा स्थान बनाउँदा आजको खेलमा विजयी भएको मलेशिया भने फाइनल पुग्न असफल भयो। नेपाल, हङकङ र मलेसिया तीनै टोलीको अंक ४/४ रहे पनि नेट रनरेटका आधारमा अघि रहेको नेपाल शीर्ष र […]

पूरा पढ्नुहोस्

आज नेपाल र मलेसिया भिड्दै: महिला टि–ट्वेन्टी क्रिकेट

काठमाडौं, भाद्र ८ मलेसियामा जारी महिला टी–ट्वेन्टी क्रिकेट श्रृंखलामा शुक्रबार नेपालले आयोजक टोली मलेसियासँग खेल्दैछ । चार देश सम्मिलित श्रृंखलामा नेपालको यो समुह चरणको तेस्रो तथा अन्तिम खेल हो । मलेसियाको वायुमास ओभल मैदानमा यो खेल नेपाली समय अनुसार विहान पौने १२ बजे सुरु हुनेछ।

पूरा पढ्नुहोस्

माघमा एकीकृत समाजवादीले राष्ट्रिय महाधिवेशन गर्ने

काठमाडौँ, भाद्र ८ नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले आगामी माघ १४ देखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । यही भदौ ५ गते सुरु भएर बिहिवार सम्पन्न बैठकले महाधिवेशनको अगावै युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले यही भदौभित्र सबै जनवर्गीय सङ्गठनका अधिवेशन सम्पन्न गर्ने र आगामी असोजमा मेची […]

पूरा पढ्नुहोस्

पोखरामा कांग्रेसका सातवटै प्रदेशका सभापतिको भेला हुने

काठमाडौं, भाद्र ८ नेपाली कांग्रेसका सातवटै प्रदेशका सभापतिसहित पदाधिकारीको भेला यही भदौ १६ र १७ गते पोखरामा हुने भएको छ । नेपाली कांग्रेसको आगामी मङ्सिर ११, १२ र १३ गते हुने महासमितिको बैठकमा पार्टी सङ्गठनलाई सुधार गर्नका लागि सामूहिक धारणा तय गर्ने गरी भेला आयोजना गरिएको नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले जानकारी दिनुभयो […]

पूरा पढ्नुहोस्

४७ करोड रुपैयाँ रकम लम्पी स्किन महामारी नियन्त्रणका लागि विनियोजन

काठमाडौं, भाद्र ८ कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले लम्पी स्किन रोगको महामारी नियन्त्रणका लागि ४७ करोड रुपैयाँ रकम विनियोजन गरेको बताउनुभएको छ । हिजो बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री भुसालले चालु आर्थिक वर्षमा महामारी नियन्त्रणका लागि प्रत्येक स्थानीय तहमा संघीय सशर्त अनुदान अन्तर्गत जानेगरी ४७ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी गराउनुभएको हो । […]

पूरा पढ्नुहोस्

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, भाद्र ८ हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरी भू-भागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। बिहान हाल देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा […]

पूरा पढ्नुहोस्