वाग्मती
पुनः दरखास्त दिन आह्वान : लोकसेवा आयोग
काठमाडाैं, बैशाख २० उम्मेदवारहरुको डाटा मेटिएपछि लोकसेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ । आयोगले ३० दिनसम्ममा पुनः दरखास्त दिन आह्वान गरेको हो । लोकसेवा आयोगले २०७९ मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरुमा दरखास्त दिइसकेका उम्मेदवारलाई पुनः दरखास्तका लागि आह्वान गरिएको आयोगका प्रवक्ता एवं सहसचिव तोयनारायण सुवेदीले बताउनु भयो । उहाँले यस पटक पनि […]
पूरा पढ्नुहोस्
यही वैशाख २२ देखि भरतपुरमा हुने अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी अन्तिममा
चितवन, बैशाख २० यही वैशाख २२ देखि २४ गतेसम्म भरतपुरमा सुरु हुने सातौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ । चितवन उद्योग सङ्घको आयोजनामा सङ्घकै प्रदर्शनी केन्द्रमा अन्तर्राष्ट्रिय प्रदर्शनी गर्न लागिएको हो । उद्योग तथा व्यवसाय गर्न इच्छुक नवउद्यमीलाई लक्षित गरी आयोजना गरिएको यस प्रदर्शनीमा भारत, चीन, मलेसियालगायत १० विदेशी कम्पनीले सहभागिता जनाउने […]
पूरा पढ्नुहोस्
विश्व प्रेस स्वतन्त्रता दिवस आज
काठमाडौं, बैशाख २० आज (बुधबार) मे ३, विश्व प्रेस स्वतन्त्रता दिवस । अभिव्यक्ती स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा वकालत गर्दै विश्वभर विविध कार्यक्रम गरेर यो दिवस मनाँदैछ । यो वर्षका लागि युनेस्कोले ‘भविष्यको अधिकार सुनिश्चितता : मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता’ नारा तय गरेको छ । स्वतन्त्र एवम् बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र जारी गरेको […]
पूरा पढ्नुहोस्
प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलन गर्ने: अध्यक्ष घिमिरे
काठमाडौं, बैशाख २० प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशोसिएसनले तेस्रो दिन पनि बिरोध प्रदर्शन गरेको छ । बारले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश नियुक्तिका लागि दवाव दिंदै हिजो मंगलबार पनि बिरोध प्रदर्शनलाई निरन्तरता दिएको हो । बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अविलम्व प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिनुभयो […]
पूरा पढ्नुहोस्
स्वतन्त्र प्रेसको महत्त्व सरकारले बुझेको छ: प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ, बैशाख २० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चार क्षेत्रले आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न आग्रह गर्नुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवस, मे ३ (वैशाख २०) का अवसरमा शुभकामना दिँदै नेपालमा संवैधानिक दृष्टिले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गरिएको र त्यसलाई व्यवहारमा कार्यान्वयनमा ल्याउन सरकारले सञ्चार क्षेत्रको संरक्षण, सम्वद्र्धन एवं […]
पूरा पढ्नुहोस्
राष्ट्रपतिसमक्ष मिटरब्याजी समस्या समाधानका लागि अध्यादेश पठाउने सरकारको निर्णय
काठमाडाैं, बैशाख १९ सरकारले मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानूनी रुप दिन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ । मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले आज नै राष्ट्रपति समक्ष मिटरब्याजी पीडितको समस्या समाधान गर्न मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानूनी रुप दिन अध्यादेश पठाउने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा […]
पूरा पढ्नुहोस्
वर्षाले आजको खेलकुद र हवाई क्षेत्र प्रभावित हुन सक्छ : मौसम विभाग
काठमाडौँ, बैशाख १९ आज दिनभरी जसो पर्ने पानीले खेलकुद र हवाई क्षेत्रलगायत प्रभावमा पर्ने भएका छन् । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज पर्ने पानीले खेलकुद र हवाई क्षेत्रलगायतमा प्रभावित हुन सक्ने भन्दै आवश्यक सर्तकता अपनाउन अनुरोध गरेको छ । ‘देशै भरका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना […]
पूरा पढ्नुहोस्
आज उपेन्द्र यादवले शपथ लिने
काठमाडौं, बैशाख १९ उपनिर्वाचनबाट चुनिनु भएका प्रतिनिधि सभा सदस्य जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मंगलबार शपथ लिँदै हुनुहुन्छ । वैशाख १० गते भएको उपनिर्वाचनमा बारा–२ बाट निर्वाचित यादवले मंगलबार शपथ ग्रहण लिन लाग्नु भएको हो । सभामुख देवराज घिमिरेले दिउँसो १ बजे यादवलाई पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गर्ने कार्यक्रम रहेको संघीय […]
पूरा पढ्नुहोस्
आजदेखि दोस्रो लेगका खेल : ए डिभिजन लिग
काठमाडौं, बैशाख १९ शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मंगलबार दोस्रो लेगका खेल शुरु हुँदैछ। दोस्रो लेगअन्तर्गत पहिलो चरणका खेलमा मंगलबार दुई खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुँदैछ। यस्तै च्यासल मैदानमा दिउँसो ३ बजे नै हुने […]
पूरा पढ्नुहोस्
चीनसँगको तातोपानी नाका दुईतर्फी सञ्चालनमा
काठमाडौं, बैशाख १९ तातोपानी नाका हिजो सोमबारदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप हिजो सोमबारदेखि दुईतर्फी आयात निर्यात सुरु भएको हो । हिजो सोमबार बिहान नेपालबाट तीन ट्रक मुढा र म्याट्रेस चीनतर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिनुभयो । गत महिना नेपाली र चिनियाँ अधिकारीबीच ल्हासामा […]
पूरा पढ्नुहोस्




