वाग्मती
कोरोना संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
काठमाडौं, चैत्र १५ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना भाइरस सङ्क्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो। मन्त्रालयले ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध […]
पूरा पढ्नुहोस्
शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो : चैते दशैं
काठमाडौं, चैत्र १५ आज चैत शुक्ल अष्टमी, अर्थात चैते दशैं देवीको पूजा उपासना गर्दै चैते दशैं मनाईंदैछ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दुधर्मावलम्बीहरुले वर्षमा दुइपटक मनाउने गर्दछन् । असोज-कार्तिकमा मनाईंने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई चैते दशैं भनिन्छ । आज घरघरमा तथा देवीका […]
पूरा पढ्नुहोस्
दिउँसो प्रतिनिधि सभाको बैठक बस्दै
काठमाडौं, चैत्र १५ संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८(०७९)’ पेस गर्नुहुने तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ माथि बिचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। […]
पूरा पढ्नुहोस्
संघीय निजामती सेवा ऐन अगाडि बढिसक्यो : मन्त्री मोदी
काठमाडौँ, चैत्र १५ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनको प्रक्रिया अगाडि बढिसकेको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विभागीय समितिको अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले उक्त प्रक्रिया अघि बढेको बताउनुभएको हो । “धेरै वर्षदेखि संघीय निजामती ऐन आउन सकेको थिएन, मैले पदभार ग्रहणको दिन […]
पूरा पढ्नुहोस्
सत्ता गठबन्धनको बैठक आज पनि बस्दै
काठमाडौं, चैत्र १५ मन्त्रालयको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ। मंगलबार साँझ साढे २ घण्टा बसेको बैठक विनानिष्कर्ष टुंगिएपछि आज पुनः बस्न लागेको हो। बैठक बिहान ९ बजे बोलाइएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । बैठकमा कांग्रेसले ९, जसपा र एकीकृत समाजवादीले तीन-तीन मन्त्रालयमा दाबी पेस गरेका छन्। त्यस्तै […]
पूरा पढ्नुहोस्
पार्टीको हैसियत अनुसार तीन वटा मन्त्रालयमा दाबी गरेका छौं : झलनाथ खनाल
काठमाडौं, चैत्र १४ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको हैसियत अनुसार तीन वटा मन्त्रालयमा दाबी गरेको बताउनुभएको छ । मंगलबार काठमाडौंको बानेश्वरमा मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका खनालले सञ्चारकर्मीसँग कुरा गर्दै अहिले संघीय संसद्मा नेकपा एकीकृत समाजवादीसँग १८ सिट रहेकाले पार्टीको हैसियत अनुसार नै मन्त्रालयको सिट माग गरिएको बताउनुभयो । उहाँले १० […]
पूरा पढ्नुहोस्
नेप्सेमा १२ अंकको वृद्धि
काठमाडौं, चैत्र १४ निरन्तरजसो वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजारमा मंगलबार पनि सामान्य सुधार जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १२ अंकले उकालो लागेर १९ सय ३८ पुग्यो । मध्यान्ह नेप्से बढेर १९ सय ३६ सम्म पुगे पनि अन्तिमसम्म उचाइ कायम गर्न सकेन । कारोबार पछिल्ला दिनका तुलनामा सामान्य सुधारिएर डेढ अर्ब नजिक […]
पूरा पढ्नुहोस्
देशभर थप २४ जनामा कोरोना संक्रमण
काठमाडौं, चैत्र १४ देशभर थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३२० जनाको पीसीआर र ११०९ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको […]
पूरा पढ्नुहोस्
उपनिर्वाचनमा राप्रपाले तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने
काठमाडौँ, चैत्र १४ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । हिजो पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा पदाधिकारी बैठकले तनहुँ–१, बारा–२ र चितवन–२ मा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बैठकले ती निर्वाचन क्षेत्रमा पार्टीको कमाण्डर पनि तोकेको […]
पूरा पढ्नुहोस्
कांग्रेस कार्यसम्पादन समिति बैठक बिहीबार बस्ने
काठमाडौँ, चैत्र १४ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सरेको हो । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ चैत्र १४ गते मंगलबार बिहान ९:०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगरमा बस्ने भनिएकोमा उक्त बैठक २०७९ […]
पूरा पढ्नुहोस्




