Monday, October 12

वाग्मती

आज पहाडी भूभागमा  आंशिक बदली

काठमाडौं ,माघ २० आज शुक्रबार देशका पहाडी भूभागमा  आंशिक बदली छ। अन्य ठाउँमा मौसम सामान्यतया सफा छ। आज दिउँसो प्रदेश– १ र गण्डकी प्रदेशका भू–भागमा आंशिक बदलीको सम्भावना छ। मौसम प्रणाली नरहेकाले तत्काल वर्षा र हिमपातको सम्भावना छैन। यसका कारण देशभरकै तापक्रम क्रमशः बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

पूरा पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने

काठमाडौं ,माघ १९ तत्काल सरकार नछाड्ने राष्ट्रिय स्वतन्त्र पार्टीले  निर्णय गरेकाे छ । पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलको चार घण्टा बसेको संयुक्त बैठकले दुई दिन पर्खिने निर्णय गरेको हो । यस्तै सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय पनि राष्ट्रिय स्वतन्त्र पार्टीले हाे । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालका […]

पूरा पढ्नुहोस्

उद्योग वाणिज्य संघ–चितवनको ६३औं स्थापना दिवसमा निशुल्क स्वास्थ्य परिक्षण

चितवन , माघ १९ उद्योग वाणिज्य संघ–चितवनले आज विविध कार्यक्रमको आयोजना गरि ६३ औं स्थापना दिवस मनाएको छ । संघको सचिवालयमा औपचारिक कार्यक्रम सहित निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै संघका अध्यक्ष  चुननारायण श्रेष्ठले २०१६ सालमा स्थापित उद्योग वाणिज्य संघ चितवनलाई आजको अवस्थामा ल्याइपु¥याउनको लागि […]

पूरा पढ्नुहोस्

रास्वपाले समर्थन फिर्ता लिँदैन : प्रधानमन्त्री दाहाल

काठमाडौं ,माघ १९ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता समीकरणमा कुनै फेरबदल नआउने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले पार्टी स्थायी कमिटी बैठकपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सत्ता समीकरण बद्लिने संभावना नरहेको  बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘राजनीतिक समिकरण फेरबदल हुँदैन । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुहुँदैन मैले […]

पूरा पढ्नुहोस्

निलम्बन फुकुवादेखि ग्रेडिङ्गसम्म :नेपाल क्रिकेट संघ

काठमाडाैं , माघ १९ नेपाल क्रिकेट संघ (क्यान) को पोखरामा बसेको बोर्ड बैठकले १३ वटा निर्णय पारित गरेको छ । अध्यक्ष चतुर बहादुर चन्दको अध्यक्षतामा  हिजो (मंगलबार) बसेको क्यानको बोर्ड बैठकले १३ निर्णय गरेको हो । क्यानको बोर्ड बैठकले पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा देखि नेपाल टी-ट्वान्टी लिगको गभर्नीङ काउन्सिल विघटन, खेलाडीको सेन्ट्रल कन्ट्याक […]

पूरा पढ्नुहोस्

नेपाललाई भारतले साढे ५ अर्ब भारू अनुदान दिने

काठमाडौं, माघ १९ नेपाललाई दिने अनुदान भारतले घटाएको छ। भारत सरकारका अर्थमन्त्री निर्मला सीतारमणले  हिजो (बुधबार)  आर्थिक वर्ष २०२३/२४को बजेट सार्वजनिक गर्दै नेपाललाई दिने अनुदान घटाएको जानकारी दिनुभयो । प्रस्तुत बजेटमा नेपालले साढे ५ अर्ब भारतीय रुपैयाँमात्र अनुदान पाउने भएको छ। तर गत वर्ष भारतले नेपाललाई ७ अर्ब ५० करोड भारतीय रुपैयाँ अनुदान छुट्याएको थियो। […]

पूरा पढ्नुहोस्

धेरै ठाउँमा मौसम आज बिहानैदेखि सफा

काठमाडौं ,माघ १९ आज (बिहीबार) देशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहने अनुमान छ। काठमाडौं उपत्यकासहित धेरै ठाउँमा मौसम बिहानैदेखि सफा रहेको मौसमविद् प्रतिभा मानन्धर ले जानकारी दिनुभयो ।बिहान काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, सुदूरपश्चिम, गण्डकी र प्रदेश १ को पहाडी भू–भागका […]

पूरा पढ्नुहोस्

कांग्रेस कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं ,माघ १९ नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति बैठक आज (बिहीबार)  बस्दैछ। संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहान ९ बजे बैठक बस्ने भएको हो। प्रमुख सचेतक रमेश लेखकलेराष्ट्रियसभा उपाध्यक्षको निर्वाचन लगायत समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको जानकारी दिनुभयो । २०७८ फागुन २१ गतेदेखि रिक्त राष्ट्रियसभा उपाध्यक्ष पदका लागि […]

पूरा पढ्नुहोस्

कस्ने नीति नलिन बैंकहरुलाई गभर्नर अधिकारीको आग्रह

काठमाडाैं ,माघ १८ व्यवसायीहरुलाई नकस्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले  बैंकहरुसँग आग्रह गर्नुभएको छ । बुधवार आर्थिक मिडिया सञ्चालक संघ नेपालले काठमाडौंमा गरेको अर्थतन्त्रका चुनौति र समाधानका उपाय विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले व्यवसायीहरुलाई परिरहेको आफ्ठ्याराे बुझेर बैंकले व्यवसायीहरुलाई कस्ने नीति नलिन आग्रह गर्नुभएको हो । उहाँले व्यवसायिहरुका बैंकिङ समस्यालाई कन्जुमर प्रोटेक्शनका लागि […]

पूरा पढ्नुहोस्

नेपाल आयल निगमलाई पेट्राेलियम पदार्थकाे नयाँ मूल्यसूची

काठमाडौं ,माघ १८ अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्य सूची पठाएको छ । १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमतिअनुरुप आईओसीले निगमलाई नयाँ सूची पठाएको हो । जसअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई […]

पूरा पढ्नुहोस्