Wednesday, October 28

प्रदेश

साफ यू –१७: श्रीलंकामाथि नेपालको फराकिलो जित

काठमाडौं, असोज ८ साफ यू –१७ च्याम्पियनसिप अन्तर्गत  नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित हासिल गर्न सफल भएको छ । भुटानको चाङ्लिमिथाङ रङ्गशालामा सोमबार सम्पन्न खेलमा  नेपालले  श्रीलंकालाई ४- ० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा सुजन डंगोलले ह्याट्रिक गरेका थिए भने विज्ञान खड्काले एक गोल गरेका थिए । प्रतियोगितामा नेपालले यसअघि शनिबार सम्पन्न खेलमा […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ असोज ०८ गते मंगलबार

आजको राशिफल बि.सं.२०८१ असोज ०८ गते मंगलबार ई.सं.२०२४ सेप्टेम्बर २४ नेपाल सम्बत ११४४ ञंलागा सप्तमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण सप्तमी, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, व्यतिपात योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५: ५३ बजे, सूर्यास्त साँझ ०५: ५७ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको […]

पूरा पढ्नुहोस्

सामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु- नेप्से

काठमाडौं, असोज ८ नेपाल स्टक एकसचेन्ज (नेप्से) ले जथाभावी विश्लेषकको पछि लागेर लगानीको निर्णय नगर्न सर्बसाधारणलाई आग्रह गरेको छ । सोमबार नेप्सेले सूचना जारी गर्दै कुनै पनि व्यक्तिलाई विश्लेषकको रुपमा दर्ता वा मान्यता प्रदान नगरेको स्पष्ट गर्दै सामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी गर्नु जोखिम हुने बताएको हो । नेप्सेले सूचनामा भनेको छ, ‘फेसबुक, […]

पूरा पढ्नुहोस्

सर्वोच्चले पत्रकार महासंघलाई सोध्यो- निर्वाचन समयमा किन हुन सकेन ?

काठमाडौं, असोज ७ सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएको समयमा हुन नसक्नुको कारणबारे लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । धुव्रप्रसाद चौलागाईले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले तोकिएको समयमा निर्वाचन गर्न नसक्नुको कारण पत्रकार महासंघलगायत मातहतलाई सोधेको हो । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले रिटलाई अन्तरिम आदेश दिन अस्वीकार गर्दै सबै […]

पूरा पढ्नुहोस्

फिल्म ‘एक्टर: टेक वन’ का तीन पोस्टर एकसाथ सार्वजनिक

काठमाडौं, असोज ७ आगामी कार्तिक १५ (लक्ष्मी पूजा) मा रिलिज हुन लागेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का तीन नयाँ पोस्टरहरू एकसाथ सार्वजनिक गरिएको छ। निर्माता थमन कुमार भण्डारीका अनुसार यि पोस्टरहरू आगामी प्रचार-प्रसारका लागि प्रयोग गरिनेछन् । पोस्टरहरू रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले डिजाइन गरेका हुन्। पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू सुपरस्टार प्रदिप […]

पूरा पढ्नुहोस्

नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक

काठमाडौं, असोज ७ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्तगुप्ताबीच शिष्टाचार भेट भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताएकी छन् । उनले नेपालमा लागानी सहजीकरण सम्बन्धी कानुनहरु परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्र […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिमको बजेट बहुमतले पारित

धनगढी, असोज ७ सुदूरपश्चिम प्रदेशसभाबाट आर्थिक वर्ष ०८१/०८२ को बजेट बहुमतले पारित भएको छ। आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले गत भदौ ३१ गते प्रदेशसभामा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेश गरेका थिए । छलफलका क्रममा बजेटमा सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि जनाएपनि आइतबार भने बजेट बहुमतले पारित भएको हो । बजेट पारित भएसँगै […]

पूरा पढ्नुहोस्

कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन

विराटनगर, असोज ७ नेकपा एमाले-कांग्रेस गठबन्धनको कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन भएको छ । आइतबार सत्तापक्षीय संसदीय दलको संयुक्त बैठकले न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल गठन गरेको हो । ६ सदस्यीय कार्यदलमा दुई जना मन्त्री छन् । कार्यदलमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना, एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी […]

पूरा पढ्नुहोस्

संविधान संशोधनबाट महिला र दलितको प्रतिनिधित्व बढ्छः महामन्त्री थापा

काठमाडौं, असोज ६ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले समावेशिता, समानुपातिक प्रतिनिधत्व बढ्नेगरी संविधान संशोधन हुने बताउनुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित मिश्रित निर्वाचन प्रणाली विषयक विश्लेषणात्मक छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आन्दोलनबाट स्थापित महिला, दलितको प्रतिनिधित्व नघटाउने गरी संविधान संशोधन हुने दाबी गर्नुभयो । उहाँले १० वर्षको संविधानको अनुभवका […]

पूरा पढ्नुहोस्

बंगलादेशविरुद्ध भारत २८० रनले विजयी

काठमाडौं, असोज ६ भारतले बंगलादेशविरुद्धको पहिलो टेस्ट २८० रनले जितेको छ । भारतले दिएको ५१५ रनको लक्ष्य पछाएको बंगलादेशले खेलको चौथो दिन आइतबार २३४ रन बनाएर अल आउट भएपछि भारत २८० रनले विजयी भएको हो । भारतको जितमा आर आश्विनले ६ विकेट लिदै बंगलादेशलाई अल आउट गर्न महत्वपूर्ण योगदान गरेका थिए । त्यस्तै रविन्द्र जडेजाले ३ […]

पूरा पढ्नुहोस्