Tuesday, October 27

प्रदेश

विश्व पानी दिवस आज नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, चैत ९ प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस आज नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो । विश्वमा देखा परेको स्वच्छ खानेपानीको संकट र यसको समाधानमा व्यक्ति, […]

पूरा पढ्नुहोस्

आजको मौसम : यी स्थानमा आज पनि वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, चैत ९ पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशको पहाडी भूभागमा अहिले आंशिकदेखि साधरणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। दिउँसो पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको […]

पूरा पढ्नुहोस्

बुधबार नेप्से परिसूचक सामान्य अंकले घट्यो

काठमाडौँ, चैत ८ नेप्से परिसूचक सामान्य अंकले घटेको छ । बुधबार ३.३४ अंकले घटेको सेयर बजार २०६३.९५ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँको कारोबार भएको छ । यसदिन ९४ कम्पनीको सेयर मूल्य बढ्दा […]

पूरा पढ्नुहोस्

आजको मौसम : पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव

काठमाडौँ, चैत ८ हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र […]

पूरा पढ्नुहोस्

साझा सङ्कल्प: क्रिकेट लगायतका खेलमा पूर्वाधार निर्माण गरिने

काठमाडौँ, चैत ७ सरकारले खेलकुद विकासका गुरुयोजनासहित क्रिकेट लगायत खेलका लागि आधुनिक पूर्वाधार निर्माण गर्ने भएको छ । सरकारमा सहभागी पाँच राजनीतिक दलले प्रधानमन्त्री कार्यालयमा सार्वजनिक गरेको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ मा खेलाडीको सम्मान र वृत्तिविकासका लागि विभिन्न कार्यक्रम ल्याउने उल्लेख छ । त्यसैगरी युवालाई सामाजिक जीवनका सबै क्षेत्रमा महत्वपूर्ण साझेदार र संवाहकका […]

पूरा पढ्नुहोस्

पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव : मौसम पूर्वानुमान

काठमाडौँ, चैत ७ पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका केही भूभागमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली छ। कोशी र मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित छिटफुटदेखि हल्का वर्षा भइरहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा छिटफुटदेखि हल्का हिमपात भइरहेको […]

पूरा पढ्नुहोस्

राष्ट्रिय महाधिवेशन तयारीमा जुट्न अध्यक्ष नेपालको निर्देशन

काठमाडौँ, चैत ६  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन दिनुभएको छ । अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै गत फागुन २१ गते गठबन्धन फेरिएर विकसित नयाँ राजनीतिक घटनाक्रमबाट अन्योलमा नपरी महाधिवेशनमा जुट्न कार्यकर्तापङ्क्तिलाई निर्देशन दिनुभएको हो । जनतामा रहेको निराशालाई सम्बोधन गर्न हामीले प्रयास गर्नुपर्ने […]

पूरा पढ्नुहोस्

आजको मौसम : पहाडी भागमा आज सामान्य वर्षाको सम्भावना

काठमाडौँ, चैत ६ मौसम पुर्वानुमान महाशाखाका अनुसार बिहान कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा छ। दिउँसो मधेश र कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। देशको […]

पूरा पढ्नुहोस्

ढुवानी व्यवसायी महासंघको अध्यक्षमा नेपाल सर्वसम्मत, बागमती प्रदेश संयोजकमा तिमिल्सिना

चितवन, चैत ५   देशभरका ढुवानी व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको छैटौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभाले व्यवसायी माधवप्रसाद नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार काठमाडौंमा सम्पन्न महाधिवेशनले अध्यक्षमा नेपाललाई सर्वसम्मत चयन गरेको हो । उपाध्यक्ष,कोषाध्यक्ष र सचिवको चयन भने निर्वाचन प्रक्रियाबाट भएको थियो । दुई उपाध्यक्ष पदका लागि अरुणकुमार […]

पूरा पढ्नुहोस्

यी तीन प्रदेशमा हिमपातको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौँ, चैत ५ पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण बिहान कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागमा मौसम मुख्यतया सफा छ। महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। देशको उच्च पहाडी […]

पूरा पढ्नुहोस्