प्रदेश
आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौँ, चैत १२ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भु-भागमा आंशिकदेखि मुख्यतया सफा रहेको छ। दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, मधेश, बागमती […]
पूरा पढ्नुहोस्
होली पर्वका अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश
काठमाडौँ, चैत ११ राष्ट्रपति रामचन्द्र पौडेलले होली पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । होली पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले रङहरूको पर्वले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने बताउनु भएको छ । यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास […]
पूरा पढ्नुहोस्
एमालेको सचिवालय बैठक आज बस्दै
काठमाडौँ, चैत ११ नेकपा (एमाले)को सचिवालयको बैठक आज आइतबार बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ः३० बजे बस्ने बताइएको छ । बैठकमा उपनिर्वाचनको उम्मेदवारको टुंगो लगाउने लगायत समसामियक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा सदस्यका लागि वैशाख १५ गते उपचुनाव हुँदैछ।
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० चैत ११ गतेदेखी चैत १७ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अध्ययनमा भनेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा […]
पूरा पढ्नुहोस्
देशका विभिन्न भागमा वर्षको सम्भावन : मौसम पूर्वानुमान
काठमाडौँ, चैत ११ आइतबार देशका विभिन्न भागमा वर्षको सम्भावन छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिकदेखि मुख्यतया सफा छ। दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र […]
पूरा पढ्नुहोस्
लायन्स क्लब अफ नारायणगढ बालकुमारीको अध्यक्षमा शेर बहादुर पौडेल निर्वाचित
चितवन, चैत १० लायन्स क्लब अफ नारायणगढ बालकुमारीको शुक्रबार सम्पन्न २३ औं अधिवेशनबाट वर्ष २०२४/२५ का लागि शेर बहादुर पौडेल निर्वाचित हुर्नुभएको छ । अध्यक्ष शंकर प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न सो अधिवेशनबाट प्रथम उपाध्यक्षमा गणेश बहादुर भट्टराई, द्वितीय उपाध्यक्षमा चन्द्रमणि भट्टराई, सचिवमा गोविन्द पराजुली, कोषाध्यक्षमा सन्तोष पराजुली, सहसचिवमा सविन पौडेल, निर्देशकमा शिव श्रेष्ठ, ध्रुव […]
पूरा पढ्नुहोस्
इन्डियन प्रिमियर लिगको उद्घाटन खेलमा चेन्नईको विजयी सुरुवात
काठमाडौँ, चैत १० सत्रौँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) शुक्रबारदेखि भारतमा सुरु भएको छ । उद्घाटन समारोहमा भारतीय सेलिब्रेटीहरु अक्षय कुमार, एआर रहमान, सोनू निगम, मोहित चौहान, नीति मोहनलगायतले प्रस्तुति दिए । उद्घाटन समारोहपछि सुरु संस्करणको पहिलो खेलमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ । चेन्नईले रोयल च्यालेञ्जर बैंग्लोरलाई छ विकेटले पराजित गरेको हो । […]
पूरा पढ्नुहोस्
आजको मौसम : यी चार प्रदेशमा आज पानी पर्ने
काठमाडौँ, चैत १० जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइहेको छ। दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने छ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेश, […]
पूरा पढ्नुहोस्
आदर्श नारी विकास केन्द्रद्वारा महिलाहरुका लागि निःशुल्क क्यान्सर परिक्षण, एक सय बढी महिलाहरु लाभान्वित
चितवन, चैत ९ समयमै स्वास्थ्य परिक्षण गरे क्यान्सर रोग निको पार्न सकिने विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा विजयराज न्यौपानेले बताउनुभएको छ । आदर्श नारी विकास केन्द्रले आयोजना गरेको महिलाहरुका लागि निशुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका डाः न्यौपानेले धेरै विरामीमा चेतनाको कमी संगै स्वास्थ्यलाई उच्च […]
पूरा पढ्नुहोस्
इण्डियन प्रिमियर लिग (आईपीएल) को १७औं संकरण आजदेखि शुरु
काठमाडौँ, चैत ९ इण्डियन प्रिमियर लिग (आईपीएल) को १७औं संकरण आजदेखि शुरु हुदै छ। उद्घाटन खेलमा आज डिफेन्डिङ च्याम्पियन चेन्नई सुपरकिङ्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दैछन्। चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरू हुनेछ। चेन्नई आईपीएलकै सबैभन्दा सफल टिम मध्ये एक टिम हो। अहिलेसम्म चेन्नईले ५ आईपीएल उपाधि जितेको छ […]
पूरा पढ्नुहोस्




