प्रदेश
वाफ महिला च्याम्पियनसिप : नेपाललाई हराउँदै जोर्डन च्याम्पियन
काठमाडौँ, फागुन १८ नेपाललाई हराउँदै जोर्डनले वाफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । साउदी अरबियाको जेद्दाहमा बिहीबार राति भएको फाइनल खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा हराउँदै जोर्डनले छैटौं पटक उपाधि जितेको हो । पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) महिला च्याम्पियनसिपको उपाधि भिडन्तको निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा टुंगिएको थियो । खेलमा नेपालका लागि […]
पूरा पढ्नुहोस्
आज यी प्रदेशमा हल्का हिमपातको सम्भावना
काठमाडौँ, फागुन १८ कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति गण्डकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी […]
पूरा पढ्नुहोस्
राष्ट्रिय सभा बैठक आज बस्दै
काठमाडौँ, फागुन १७ आज बिहीबार राष्ट्रिय सभा बैठक बस्दैछ । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ः०१ बजेका लागि बोलाइएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवं अभ्यास सबन्धमा स्थलगत अध्ययन, अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० […]
पूरा पढ्नुहोस्
आजको मौसम : यी प्रदेशमा हिमपातको सम्भावना
काठमाडौँ, फागुन १७ पश्चिमी वायुको आंशिक प्रभावका अहिले पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति […]
पूरा पढ्नुहोस्
भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा, उद्घाटन समारोहमा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने
चितवन, फागुन १६ भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी मार्च १ तारिख अर्थात् फागुन १८ गते नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । भरतपुर भ्रमण बर्षको उद्घाटन नारायणी नदी किनारमा भव्य समारोहका बीच दिउँसो १ […]
पूरा पढ्नुहोस्
चितवनमा भरतपुर भ्रमण बर्ष २०२४ लाई लक्षित साइकल र्याली हुँदै
चितवन, फागुन १६ भरतपुर भ्रमण बर्ष २०२४ लाई लक्षित गर्दै चितवनमा साइकल व्यवयासीहरुको संस्था एमटिबी बगको आयोजनामा साइकल र्याली गर्न लागिएको छ । भ्रमण वर्ष २०२४ को प्रचारप्रसार स्वरुप साइकल र्याली निकालिने भएको हो । ‘साइकल वातावरणको अभिन्न अंग हो र स्वास्थ्यका लागि साइकल’ भन्दै ‘चितवन हेरिटेज राइड–२०८०’ नामको साइकल र्याली निकालिन लागिएको हो । […]
पूरा पढ्नुहोस्
आजको मौसम : यी स्थानमा हिमपातको सम्भावना
काठमाडौँ, फागुन १६ देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भागमा मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति देशका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी […]
पूरा पढ्नुहोस्
आज संघीय संसद्का ८ समितिका बैठक एकैपटक बस्दै
काठमाडौँ, फागुन १५ संघीय समितिका ८ वटा समितिका बैठक आज बस्दैछन् । संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा ८ वटा समितिका बैठक बस्न लागेको हो । जसअनुसार अर्थ समिति, कानून, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समितिसहित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । आजै सार्वजनिक लेखा समिति दिगो विकास […]
पूरा पढ्नुहोस्
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव
काठमाडौँ, फागुन १५ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, […]
पूरा पढ्नुहोस्
नेपाली कांग्रेसद्वारा राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको स्वागत
काठमाडौँ, फागुन १४ नेपाली कांग्रेस संसदीय दलले पार्टीका बहालवाला राष्ट्रियसभा सदस्य र नवनिर्वाचित सदस्यबीच परिचयात्मक भेटघाट कार्यक्रम आयोजना गरेको छ । कांग्रेस संसदीय दलको कार्यालयमा भएको कार्यक्रममा नवनिर्वाचित राष्ट्रियसभाका सदस्यहरुलाई कांग्रेस राष्ट्रियसभामा संसदीय दलका नेता रमेशजङ्ग रायमाझीले स्वागत गर्नुभएको थियो । त्यस अवसरमा उहाँले राष्ट्रियसभामा हालसम्म कांग्रेसको भूमिका, राष्ट्रियसभा र विषयगत समितिहरुमा कांग्रेसको कार्यसम्पादनबारे नवनिर्वाचित […]
पूरा पढ्नुहोस्




