Monday, October 19

प्रदेश

यही असोज १४ गतेदेखि एकीकृत समाजवादीले समाजवादी जागरण अभियान गर्ने

काठमाडौं, असोज १२ नेकपा(एकीकृत समाजवादी)ले समाजवादी जागरण अभियान २०८० गर्ने भएको छ । एकीकृत समाजवादीले यही असोज १४ गतेदेखि असोज २९ गतेसम्म समाजवादी जागरण अभियान गर्ने भएको हो । बिहीबार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीले समाजवादी जागरण अभियानमार्फत पूर्व–पश्चिम यात्रा गर्न लागिएको जानकारी गराएको हो । असोज १४ गते काँकडभिट्टाको मेची नदी […]

पूरा पढ्नुहोस्

आज मतदान : एमाले बागमती प्रदेश अधिवेशन

काठमाडौं, असोज १२ नेकपा (एमाले) बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज शुक्रबार बिहानबाट मतदान हुँदैछ । मतदान पार्टी मुख्यालय च्यासलमा हुन लागेको हो । मतदानका लागि ४० वटा विद्युतीय मेसिन तयारी अवस्थामा राखिएको छ । गत असोज ८ गतेबाट सुरु भएको अधिवेशनमा नेतृत्व चयनका लागि सहमतिको प्रयास गरिएपनि सहमति हुन नसकेपछि आज मतदान […]

पूरा पढ्नुहोस्

दिउँसो एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा

काठमाडौं, असोज १२ आज शुक्रबार बिहान देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकि भू-भागहरुमा आँशिक बदली देखि सामान्यतया मौसम सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको […]

पूरा पढ्नुहोस्

कर्णालीको गरिबी हटाउनु अहिलेको ठुलो चुनौती : मुख्यमन्त्री शर्मा

काठमाडौं, असोज ११ कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको मुख्य दुस्मन गरिबी रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कर्णालीको गरिबी हटाउनु अहिलेको ठुलो चुनौती रहेको बताउनुभयो । “हामीले कर्णालीको गरिबीलाई हटाउने योजना बनाएका छौँ, प्रत्येक वर्ष विपन्न गरिब, गरिब घर परिवारका १० हजार युवालाई रोजगार बनाउने योजना बनाएका छौँ, […]

पूरा पढ्नुहोस्

सिसीटीको जब फेयरमा विद्यार्थीको उत्साहजनक सहभागिता (तस्विरहरु सहित)

चितवन, असोज ११  भरतपुर महानगरपालिका वडा नम्बर १२ आस्था चोकस्थित चितवन कलेज अफ टेक्नोलोजी(सिसिटी)मा पहिलो पटक जब फेयर सम्पन्न भएको छ। कलेज परिषरमा विद्यार्थीको उत्साहजनक सहभागिता सहित सो जब फेयर सम्पन्न भएको हो । कलेजमा जबको लागि करीब दुईसय जनाले आवेदन दिएको कलेजले जनाएको छ । कलेजका प्रिन्सिपल रवि तिवारीले कलेजमा सूचना प्रविधि अध्ययन गरेका […]

पूरा पढ्नुहोस्

विश्व रेबिजविरुद्धको दिवस आज मनाइँदै

काठमाडौं, असोज ११ विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ । यस वर्षको नारा ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ ले स्वास्थ्य केही चुनिएका व्यक्तिका लागि मात्र होइन, सबैका लागि […]

पूरा पढ्नुहोस्

आज यी ४ प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, असोज ११ मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहीबार बिहान कोशी प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । कोशी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ। यस्तै, बिहीबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य […]

पूरा पढ्नुहोस्

सिद्धि विनायक साकोसको अध्यक्षमा पुनः थिरप्रसाद धिताल

चितवन, असोज १० भरतपुरको क्षेत्रपुरमा रहेको सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. को नेतृत्वमा पुनः थिरप्रसाद धिताल सर्वसम्मत चयन हुनु भएको छ । संस्थाको सोह्रौ वार्षिक साधारण सभा तथा छैंठो अधिवेशनले बुधबार धिताललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा मुकुन्दप्रसाद गौतम, सचिवमा जयराम पाण्डे, कोषाध्यक्षमा रामप्रसाद घिमिरे र सहसचिवमा संगीता गौतम चयन […]

पूरा पढ्नुहोस्

दशैं पर्व लक्षित चितवनमा “पर्व विशेष मेला–२०८०” को शुभारम्भ

भरतपुर, असोज १० दशैं लगायतका पर्वलाई लक्षित गरी स्वदेशी उद्योग र उत्पादनलाई प्रबर्द्धन गर्ने हेतुले चितवन उद्योग संघले नेपाली जुत्ता घरसँगको सहकार्यमा आयोजना गरेको “पर्व विशेष मेला–२०८०” को आज असोज १० गते चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले एक कार्यक्रमका बीच समुद्घाटन गर्नु भएसँगै शुभारम्भ भएको छ । चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागत […]

पूरा पढ्नुहोस्

मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी सङ्घको नवौँ साधारणसभा सम्पन्न

गैँडाकोट, असोज १० नवलपुरको गैँडाकोटमा रहेको मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी सङ्घको नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । गैँडाकोटमा आज बुधबार सङ्घको नवौँ साधारणसभा सम्पन्न भएको हो । सङ्घका अध्यक्ष देवीप्रसाद पौडेलले विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत पर्यटन व्यवसाय भए पनि सडकका कारण आफूहरुले दुःख पाएको बताउनुभयो । भत्किएको सडक चाँडो समाधान गरिदिन सरोकारवालाहरुलाई आग्रह […]

पूरा पढ्नुहोस्