प्रदेश
गृहका कर्मचारीलाई हरेक बिहान योगाभ्यास गर्न निर्देशन : गृह मन्त्रालय
काठमाडौं, असोज १० गृह मन्त्रालयले मन्त्रालय र उपत्यकास्थित विभाग, कार्यालयका अधिकृतदेखि उच्च तहसम्मका कर्मचारीलाई हरेक दिन विहान योगाभ्यास गर्न निर्देश गरेको छ। मन्त्रालयले आज एक सूचना जारी गरी भनेको छ, ‘ महाशाखाअन्तर्गतका अधिकृतस्तरका सबै कर्मचारीहरूले हरेक दिन विहान १०ः१५ भित्र अनिवार्यरूपमा कम्तिमा १५ मिनेट योगाभ्यास/ध्यान गरेर मात्र आ–आफ्नो कार्यजिम्मेवारी प्रारम्भ गर्ने व्यवस्था मिलाउन सादर अनुरोध […]
पूरा पढ्नुहोस्
यहि असोज २१ गतेदेखि चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गरिदैँ
काठमाडौं, असोज १० चाडवाड लक्षित सहुलियत मूल्य पसल असोज २१ गतेदेखि मङ्सिर ३ गतेसम्म सञ्चालन गरिने भएको छ । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर उक्त पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले जानकारी दिनुभयो । यस्ता पसलबाट बजार […]
पूरा पढ्नुहोस्
आज यी प्रदेशमा सामान्य वर्षा : मौसम पूर्वानुमान
काठमाडौं, असोज १० मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार बिहान देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेशको एक/दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ। यस्तै, बुधबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र […]
पूरा पढ्नुहोस्
आज नेपालले भारतसँग खेल्दै : साफ यू–१९ च्याम्पियनशिप
काठमाडौं, असोज १० साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भारतसँग खेल्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५ बजेर ३० मिनेटमो सुरु हुनेछ। भुटानमाथि २–१ को रोमाञ्चक जित निकाल्दै भारत समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो। नेपालले माल्दिभ्सलाई ४–१ ले पराजित गर्दै समूह ‘ए’ को उपविजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो। आजै हुने […]
पूरा पढ्नुहोस्
भोलि असोज १० गते चितवन कलेज अफ टेक्नोलोजी (सिसिटि) मा `जब फेयर ´ हुने
चितवन, असोज ९ चितवनको भरतपुर-१२ आस्था चोकस्थित चितवन कलेज अफ टेक्नोलोजी(सिसिटी) मा पहिलो पटक `जब फेयर ´ हुने भएको छ। भोलि असोज १० गते बुधबार कलेज परिसरमा हुन लागेको सो `जब फेयर´मा १५ वटा आईटी कम्पनिको स्टल रहनेछ। सो मेलामा टेकमाईन्ड नेटवर्क प्रा.लि , भायानेट, डायनामिक टेक्नोसफ्ट ,एस्ट्रानिक्स, हर्टसन , बिहानिटेक,आस्ट्रीक,देवसाईन,ड्रीमटेक नेपाल प्रा.लि लगायतका कम्पनिको […]
पूरा पढ्नुहोस्
उवासंघ चितवनमा जारी महिला उद्यमी मेला सकियो, ९ हजार दर्शकद्धारा अवलोकन
भरतपुर, असोज ९ उद्योग वाणिज्य संघ चितवनको परिसरमा जारी महिला उद्यमी मेला सकिएको छ । मेलाको एक औपचारिक कार्यक्रमका विच समापन गरिएको हो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं मेला मुल आयोजक समितिका संयोजक चुननारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा जिल्ला समन्वय समिति चितवनकी उपप्रमुख कल्पना काफ्ले सापकोटा प्रमुख अतिथी रहनु भएको थियो । […]
पूरा पढ्नुहोस्
प्रहरी प्रधान कार्यालय : चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्नु
काठमाडौं, असोज ९ चाडपर्व लक्षित विशेष सुरक्षा योाजना बनाएर लागू गर्न प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटहरूमा सर्कुलर जारी गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले नजिकिँदो चाडपर्वलाई लक्षित गरी आवश्यक सुरक्षा प्रबन्धसहित सुरक्षा योजना तयार पारी लागू गर्न सर्कुलर जारी गरेको जानकारी दिनुभयो । उहाँका अनुसार चाडपर्वमा घटना, दुर्घटना […]
पूरा पढ्नुहोस्
आज यी ५ प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना
काठमाडौं, असोज ९ आज मंगलबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहि गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा […]
पूरा पढ्नुहोस्
फार्मेसी क्षेत्रको सुधारका लागि अनुगमन र कारबाहीलाई निरन्तरता दिएका छौँ : स्वास्थ्यमन्त्री बस्नेत
काठमाडौँ, असोज ८ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नतले फार्मेसी क्षेत्रको सुधारका लागि अनुगमन र कारबाहीलाई निरन्तरता दिएको बताउनुभएको छ । विश्व फार्सेसी दिवसका अवसरमा नेपाल फार्मेसी सङ्घद्वारा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले यस क्षेत्रको संवेदनशीलताप्रति गम्भीर हुन आग्रह गर्दै सुधारको प्रयासका लागि निर्देशनसमेत दिर्नुभयो । “अनुगमनका क्रममा धेरै ठाउँमा फार्मेसीले दिएको सेवामा औषधि होइन, विषादी दिइरहेको […]
पूरा पढ्नुहोस्
१२ औं अधिवेशनबाट चितवन अटोमोबाइल्स एशोसिएसनको अध्यक्षमा कुलबहादुर क्षेत्री निर्वाचित
चितवन, असोज ८ चितवन अटोमोबाइल्स एशोसिएसनको अध्यक्षमा कुलबहादुर क्षेत्री निर्वाचित हुनु भएको छ । एशोसिएसनको शनिबार सम्पन्न १२ औं अधिवेशन तथा २२ औं साधारण सभाले क्षेत्रीलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्षमा निर्वाचित क्षेत्रीले १५७ मत ल्याएर विजयी हुदा उहाँको प्रतिद्वन्द्वी दिपकमणि पाठकले ११९ मत ल्याउनुभएको थियो । एशोसिएसनको प्रथम उपाध्यक्षमा राजेन्द्र भट्टराई, द्वितीय उपाध्यक्षमा प्रशान्त पौडेल, […]
पूरा पढ्नुहोस्




