Thursday, October 15

प्रदेश

विनियोजन विधेयकमाथि मन्त्रालयगत रुपमा राष्ट्रियसभा बैठकमा आज छलफल हुने

काठमाडौँ, असार १८ संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा आज राष्ट्रियसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्‌ सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ । यसैगरी बैठकमा बिनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ । जसअनुसार आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, […]

पूरा पढ्नुहोस्

नयाँ सरकार गठनको लागि कोशी प्रदेशमा आह्वान

काठमाडौं, असार १७ कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख खापुङले ५ दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो । उहाँले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार गठनका लागि आह्वान गर्नुभएको हो । अब […]

पूरा पढ्नुहोस्

आज प्रतिनिधिसभाबाट ‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’ पारित

काठमाडौंं, असार १७ प्रतिनिधिसभाबाट ‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’ पारित भएको छ । आईतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनि राख्नु भएको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा सो प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्नु भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार २० गते बुधबार […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० असार १७ गतेदेखी असार २३ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्य कमजोर हुने, खर्च बढ्ने एवं अनावश्यक विवाद आईलाग्न सक्नेछ । आफ्ना बिरोधीहरुले समस्या उत्त्पन्न गर्न सक्छन् । व्यापार व्यवसायमा विभिन्न उतारचढावहरु देखिन सक्नेछ । तर मंगलबार देखि भने दिनहरु शुभ रहनेछन् । प्रेम तथा पारिवारिक जीवन सकारात्मक रहनेछ । […]

पूरा पढ्नुहोस्

हुनेखाने वर्गलाई हेरेर केही वस्तु तथा सेवामा कर वृद्धि : अर्थमन्त्री महत

काठमाडौं, असार १७ अर्थमन्त्री प्रकाशशरण महतले सरकारले हुनेखाने वर्गलाई हेरेर केही वस्तु तथा सेवामा कर वृद्धि गरिएको बताउनुभएको छ । आइतवार प्रतिनिधि सभामा छलफलको लागि पेस भएको आर्थिक विधेयक, २०८०’मा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा.महतले यस्तो बताउनुभएको हो । मन्त्री महतले सांसदहरुले सरकारले ल्याएको बजेट र कर वृद्धि गरिबमैत्री नभएको बताएपनि सरकारले गरिबीको […]

पूरा पढ्नुहोस्

२८ औं स्थापना दिवसमा किसान बचतद्धारा एटीएम सेवाको शुभारम्भ

गैँडाकोट, असार १६ २८ औं स्थापना दिवस अवसर पारेर  नवलपुरको गैँडाकोटमा केन्द्रीय कार्यालय रहेको किसान बचत तथा ऋणसहकारी संस्थाले हिजो शुक्रबारदेखि एटीएम सेवा संचालनमा ल्याएको छ ।संस्थाको प्रधान कार्यालय गैँडाकोट ८ नगरपालिका कार्यालय आगाडी आएको एटीएम सेवाको हिजो शुक्रबार एक कार्यक्रमका बीच किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरि चालिसे र गैँडाकोट नगरपालिकाका प्रमुख […]

पूरा पढ्नुहोस्

आम जनताको पहुच पुग्ने गरी बजेट ल्याइएको छ : अर्थमन्त्री महत

काठमाडौं, असार १६ अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट मुलुकको आर्थिक वृद्धि गर्ने र त्यसमा आम नागरिकको पहुँच पुर्‍याउने गरी ल्याइएको दावी गर्नु भएको छ । शुक्रबार राष्ट्रियसभाको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । […]

पूरा पढ्नुहोस्

हल्का देखि मध्यम वर्षाको सम्भावना : मौसम पूर्वानुमान महाशाखा

काठमाडौं, असार १६ हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। शनिबार बिहान देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका […]

पूरा पढ्नुहोस्

रोजगारीको अवसरका लागि विदेशिनुभन्दा नेपालमा नै अवसर : अध्यक्ष ओली

काठमाडौं, असार १६ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शिक्षा हासिल गरिसकेपछि रोजगारीको अवसरका लागि विदेशिनुभन्दा नेपालमा नै अवसर भएको बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा हिजो शुक्रबार आयोजना गरिएको ‘कृषि उद्यमबाट समृद्धि’ विषयक कार्यक्रममा उहाँले नेपालमा केही हुँदैन भनेर विदेश जानुभन्दा कृषि कर्मबाट अवसर खोज्न सकिने बताउनुभयो । विद्यार्थी र ओलीबीच प्रश्नोत्तर […]

पूरा पढ्नुहोस्

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन : नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

चितवन, असार १६ नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेको हो । सोही स्थानमा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको […]

पूरा पढ्नुहोस्