प्रदेश
प्रतिनिधि सभा बैठक आज पनि बस्दै
काठमाडौं, असार ८ संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक आज (शुक्रबार) ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधमामन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले बजेटको बिषयमा उठाएका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ । त्यसैगरी आजको बैठकमा बिनियोजन बिधेयक २०८० अन्तर्गत बिभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि छलफल हुनेछ । […]
पूरा पढ्नुहोस्
शेयर बजार सामान्य वृद्धि
काठमाडौं, असार ७ तीन दिनको करेक्सनपछि शेयर बजार सामान्य अंकले सकारात्मक रह्यो । बिहीबार उतार चढावबीच बजार परिसूचक नेप्से ५ अंक बराबरले सकारात्मक रहेर २ हजार ५५ कायम भएर थामियो । अपरान्ह उकालो लागेर २ हजार ७५ सम्म पुगेपनि अन्तिमसम्म वृद्धि टिक्न नसकेको हो । कारोबार भने यसदिन पनि साढें ३ अर्ब हाराहारी रह्यो । […]
पूरा पढ्नुहोस्
नागरिकता ऐन कार्यान्वयनका लागि बाटो खुल्यो
काठमाडौँ, असार ७ सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेसँगै नागरिकता ऐन कार्यान्वयनका लागि बाटो खुलेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशको निरन्तरता नहुने आज आदेश दिएपछि नागरिकता ऐन कार्यान्वयनका लागि बाटो खुलेको हो । राष्ट्रपति […]
पूरा पढ्नुहोस्
काठमाडौंमा साउन १ देखि प्लास्टिकको प्रयोग निषेध
काठमाडौं, असार ७ काठमाडौँमा आगामी साउन १ गतेदेखि प्लास्टिकको प्रयोग गर्न नपाइने भएको छ । महानगरपालिकाले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा साउन १ गतेदेखि प्लास्टिक प्रयोगमा निषेध गर्ने घोषणा गरिएको हो । मेयर बालेन्द्र साहले बुधबार प्रस्तुन गर्नुभएको कार्यक्रममा एक पटक मात्रै प्रयोग हुने प्लास्टिकलाई निषेध गर्ने उल्लेख छ । प्लास्टिकका फूललगायतका एक […]
पूरा पढ्नुहोस्
नेपाललाई योगले समृद्ध र सुखी बनाउँछ : अध्यक्ष ओली
काठमाडौं, असार ७ नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले योगले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने बताउनुभएको छ । हिजो बुधवार ललितपुरमा आयोजित अन्तर्राष्ट्रिय योग दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजको सन्दर्भमा योगले समृद्ध नेपाल र सुखी नेपालीको कुरा गरिरहेको बताउनु भयो । अध्यक्ष ओलीले मान्छे सम्मानित जीवन […]
पूरा पढ्नुहोस्
नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै
काठमाडौं, असार ७ सत्ता साझेदार दल नेपाल एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दैछ। बैठक दिउँसो २ बजे सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक विषय तथा बजेटमाथि छलफल हुने नेकपा एस संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले जानकारी दिनुभएको छ ।
पूरा पढ्नुहोस्
आज जसपा नेपालको बैठक बस्दै
काठमाडौँ, असार ७ आज जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । आगामी असार ९ गतेबाट सुरु हुन गईरहेको केन्द्रीय समिति र त्यसको भोलिपल्टदेखि अर्थात १० गतेदेखि सुरु हुने विधान अधिवेशनको बारेमा छलफलका लागि कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । जसपाका प्रवक्ता मनिष सुमनका अनुसार आजको बैठकमा विधान अधिवेशनको तयारी तथा प्रस्तावित […]
पूरा पढ्नुहोस्
आइसिसी विश्वकप छनोट: आज नेपाल र बेष्ट इन्डिज भिडदै
काठमाडौं, असार ७ नेपालले आज विश्वकप बिजेता वेस्ट इन्डिजसँग खेल्न प्रतिस्पर्धा गर्ने भएको छ । आइसिसी विश्वकप छनोट २०२३ को तेस्रो खेल अन्तर्गत नेपालले आज पहिलो पटक विश्वकप क्रिकेट बिजेता वेस्ट इन्डिजसँग खेल्न लनगेको हो । सो खेल नेपाली समय अनुसार अपरान्ह १२ः४५ बजेबाट हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ । ओडिआई वरियतामा नेपाल १४ औं […]
पूरा पढ्नुहोस्
कोशी,बागमती तथा गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : मौसम पूर्वानुमान महाशाखा
काठमाडौं, असार ७ हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू- भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । बिहीबार बिहान हाल मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित कोशी र बागमती प्रदेशका […]
पूरा पढ्नुहोस्
कुवेतसँग नेपाल ३–१ गोल अन्तरले पराजित
काठमाडौं, असार ६ भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । कमजोर डिफेन्सका कारण नेपाल बुधबार भएको साफ च्याम्पियनसिप २०२३ को उद्घाटन खेलमा नेपाल कुवेतसँग ३–१ ले पराजित भएको छ ।बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको खेलमा नेपालले कुवेतसँग ३–१ गोल अन्तरको हार व्यहोरेको हो ।
पूरा पढ्नुहोस्




