प्रदेश
राष्ट्रिय भूकम्प मापन : दार्चुलाको खाणेश्वरी केन्द्रविन्दु भएर भूकम्प
दार्चुला, असार ५ दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो।
पूरा पढ्नुहोस्
शेयर बजारमा सामान्य गिरावट
काठमाडौं, असार ५ विगत केही दिनदेखि लगातार बुलिस ट्रेण्डमा रहँदै आएको शेयर बजारमा हिजो सोमबार सामान्य करेक्सन आएको छ । करिब ३ अंकको गिरावट आएको बजारमा कारोबार रकम भने करिब ५ अर्ब हाराहारीमै भएको नेप्सेले जनाएको छ । हिजो सोमबार ५ उपसूचक हरियो रहँदा विकास बैक समूह सबैभन्दा बढी १ सय ३१ अंकले उकालो लाग्यो […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
काठमाडौं, असार ५ प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ। विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफल अन्तर्गत आज शहरी विकास, खानेपानी, अर्थ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची छ।
पूरा पढ्नुहोस्
विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने तयारी : नेपाल राष्ट्र बैङ्क
काठमाडौँ, असार ४ नेपाल राष्ट्र बैङ्कले विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र तयारी गरेको बताउनुभयो । वित्तीय तथा विद्युतीय साक्षरताबारे माछापुच्छ्रे बैङ्क र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन), नेपालबीचको सहमतिपत्रमा हस्ताक्षर […]
पूरा पढ्नुहोस्
सत्ता टिकाउने मोर्चा मात्रै नबनोस् समाजवादी मोर्चा : नेता झलनाथ खनाल
काठमाडौं, असार ४ पूर्वप्रधानमन्त्री नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चालाई सत्ता टिकाउने मोर्चा मात्र नबनाउन नेताहरुलाई आग्रह गर्नुभएको छ । सोमबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले समाजवादी मोर्चा केवल सत्ता टिकाउने मोर्चा मात्रै नबनाउन नेताहरुलाई आग्रह गर्नुभएको हो । नेता खनालले देशभरका वामपन्थी, समाजवादी र क्रान्तिकारीहरुलाई एकतावद्ध […]
पूरा पढ्नुहोस्
पोखरा महानगरपालिका : पोखरामा पनि आजबाट हिन्दी सिनेमा नचल्ने
पोखरा, असार ४ पोखरामा पनि आजबाट हिन्दी सिनेमा नचल्ने भएका छन् । बलिउड चलचित्र ‘आदिपुरुष’ को संवादलाई लिएर पोखरामा पनि हिन्दी सिनेमा प्रदर्शनमा प्रतिबन्ध लगाइएको हो । पोखरा महानगरपालिकाले एक परिपत्र जारी गर्दै सोमवारबाट हिन्दी सिनेमा प्रदर्शनमा प्रतिबन्ध लगाएको हो । ‘दक्षिण भारतीय चलचित्र (फिल्म) ‘आदिपुरुष’मा समावेश गरिएको जानकी भारतीय छोरी हुन भन्ने शब्द नसच्चिएसम्म […]
पूरा पढ्नुहोस्
नागरिकहरूको खोजी कार्य, उद्धार र राहतमा सम्पूर्ण संयन्त्र परिचालन गर्छौँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ, असार ४ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत केही दिनयता आएको बाढीपहिरोका कारण देशका विभिन्न भूभागमा ठूलो धनजनको क्षति भएकोमा दुख व्यक्त गर्दै बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूको खोजी, उद्धार कार्य र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचालन गरेको बताउनुभएको छ। सोमबार बिहान ताप्लेजुङ र पाँचथरका राजनीतिक दल र जनप्रतिनिधिहरूको टोलीसँग बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले प्राकृतिक […]
पूरा पढ्नुहोस्
अहिलेको बजेटले संघीयताको मर्मलाई बुझ्न सकेन : सन्तोष परियार
काठमाडौं, असार ४ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले अहिलेको बजेटले संघीयताको मर्मलाई बुझ्न नसकेको बताउनुभएको छ । हिजो आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । प्रमुख सचेतक परियारले संघीयताविरुद्ध खर्चालु भयो भन्ने जस्ता आवाज उठाएर संघीयतामाथि मिथ्या सूचना फैल्याइएको बताउनुभयो । प्रमुख सचेतक परियारले […]
पूरा पढ्नुहोस्
असार ४ गतेबाट नेपाल ट्रेड युनियन कांग्रेसको ७ औं महाधिवेशन सुरु
काठमाडौं, असार ३ नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन असार ४ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ । आइतबार युनियनले काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै युनियनका महासचिव योगेन्द्र कुँवरले सातौँ राष्ट्रिय महाधिवेशन असार ४ गतेदेखि ६ गतेसम्म काठमाडौंमा हुने बताउनुभयो । उहाँले नेपाली ट्रेड युनियन कांग्रेसको विधानतः […]
पूरा पढ्नुहोस्
लियो क्लब अफ नारायणगढ बालकुमारीको अध्यक्ष्मा अच्युत आचार्य चयन
चितवन, असार ३ लियो क्लब अफ नारायणगढ बालकुमारीको अध्यक्षमा अच्युत आचार्य चयन हुनुभएको छ । क्लबको शनिबार सम्पन्न १९ औँ वार्षिक साधारण सभाले अध्यक्षमा आचार्यलाई चयन गरेको हो । अध्यक्ष आचार्य लगायत नवनियुक्त कार्यसमितिको कार्यकाल एक वर्ष रहनेछ । क्लबको प्रथम उपाध्यक्षमा विकास गौतम,दास्रो उपाध्यक्ष अमित गिरि ,सचिवमा विजन श्रेण्ठ र कोषाध्यक्षमा सुजल महत्तो चयन […]
पूरा पढ्नुहोस्




