प्रदेश
समाजवादी प्रेस संगठन चितवनको अध्यक्षमा पुनः टीकादत्त तिमिल्सिना चयन
चितवन, जेठ २५ समाजवादी प्रेस संगठन नेपाल चितवनको अध्यक्षमा पुनः टिकादत्त तिमिल्सिना चयन हुनुभएको छ । हिजो सम्पन्न पहिलो साधारण सभा तथा अधिवेशनबाट तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । तीन वर्षे कार्यकालको लागि गठित ११ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा रामु आचार्य र सरस्वती लामा चयन हुनुभएको छ । सचिवमा पूर्णबहादुर आलेमगर (विशाल), कोषाध्यक्ष […]
पूरा पढ्नुहोस्
बजेटमाथि प्रतिनिधिसभा बैठकमा आज पनि छलफल
काठमाडौँ, जेठ २५ प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि जारी रहनेछ। संघीय संसद् भवन, बानेश्वरमा सो बैठक बस्नेछ । बैठक बिहीबार बिहान ११ बजे शुरु हुनेछ । बैठकमा गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको सामान्य छलफल जारी रहनेछ।
पूरा पढ्नुहोस्
भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री दाहाल
काठमाडौं, जेठ २४ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग भूमि सट्टापट्टाबारे निर्णय भइसकेको जानकारी दिनुभएको छ । बुधबार बसेको राष्ट्रिय सभा बैठकमा आफ्नो भारत भ्रमण, नागरिकता विधेयक प्रमाणीकरणबारे उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भारतसँग भूमि सट्टापट्टाबारे अरुले नै निर्णय गरिसकेका र यसको प्रमाण समय आएपछि देखाउने बताउनुभएको छ । यसबारे बैठकमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, […]
पूरा पढ्नुहोस्
आज पनि प्रतिनिधिसभा बैठक बस्ने
काठमाडौं, जेठ २४ प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुने कार्यसूचि रहेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबारबाट सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले बुधबार पनि निरन्तरता पाउने भएको हो ।
पूरा पढ्नुहोस्
तराई हुँदै हिमाली जिल्लामा फैलियो लम्पी स्किन रोग : पशु सेवा विभाग
ललितपुर, जेठ २४ देशभरि लम्पी स्किन रोगको प्रकोप गर्मीयाम सुरु भएलगत्तै फैलिएको छ । लामखुट्टे, भुसुना, किर्ना र टोक्ने झिङ्गाको टोकाइबाट सर्ने यो रोग पछिल्लो समय गर्मी बढेसँगै न्यूनीकरण हुनुको साटो देशभर तीव्ररूपमा फैलिँदै गएको छ । पशु सेवा विभागका सूचना अधिकारी डा चन्द्र ढकालले पछिल्लो समय हिमाली जिल्लाबाट लम्पी स्किन रोगका कारण पशु सङ्क्रमित […]
पूरा पढ्नुहोस्
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा हुने, तराईमा लू : मौसम पूर्वानुमान महाशाखा
काठमाडौँ, जेठ २४ जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका […]
पूरा पढ्नुहोस्
नेपाल प्रेस युनियन : राससले निःशुल्क समाचार सेवा दिनुपर्ने
काठमाडौँ, जेठ २४ नेपाल प्रेस युनियनले राज्यको एकमात्र सरकारी न्यूज एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)ले साना लगानीका स्वरोजगारमूलक सञ्चार माध्यमलाई निःशुल्क समाचार उपलब्ध गराउनुपर्ने माग गरेको छ । भक्तपुरमा हिजो मंगलबार सम्पन्न युनियनको केन्द्रीय कार्यसमिति बैठकले मुलुकमा देखिएको आर्थिकमन्दीका कारण साना लगानीका स्वरोजगारमूलक सञ्चारमाध्यम सञ्चालन गर्न कठिनाइ भइरहेकाले सरकारी लगानीको राससले निःशुल्क समाचार उपलब्ध गराउन […]
पूरा पढ्नुहोस्
दक्ष चिकित्सक सहितको सेवामा चितवन हिमाल डेन्टलमा निःशुल्क ओपिडी र २० प्रतिशत उपचारमा छुट
चितवन, जेठ २४ दुई दशक देखि नारायणगढको शहिद चोकबाट आफ्नो सेवा शुरु गरेको चितवन हिमाल डेन्टल प्रालिले सेवाग्राही लाई निशुल्क ओपिडी र उपचारमा २० प्रतिशत छुट दिंँदै आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन मेडिकल कलेज अगाडी हालैमात्र सञ्चालनमा आएको हिमाल डेन्टल तथा लाइफलाइन हेयर ट्रान्सप्लाण्ट एण्ड स्क्रिन केयर प्रा.लिमा उक्त अफर […]
पूरा पढ्नुहोस्
मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
जनकपुरधाम, जेठ २३ मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले पहिलो पटक आफ्नो नीति […]
पूरा पढ्नुहोस्
ग्रीनल्याण्ड पब्लिक स्कूलका इको क्लब र कम्युनिटी क्लबको संयुक्त आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न
चितवन, जेठ २३ विश्व वातावरण दिवसको अवसरमा भरतपुर–१२ मा रहेको ग्रीनल्याण्ड पब्लिक स्कूलका इको क्लब र कम्युनिटी क्लबको संयुक्त आयोजनामा हिजो सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यार्थीहरुले डस्विन वितरण, बीस हजार ताल सरसफाइ, चराचुरुङ्गीहरुलाई पानी भाडामा राख्दिएको र गोन्द्राङमा सरसफाइ गर्नुभएको थियो । कार्यक्रममा स्कुलकी प्राचार्य एवम् उक्त क्लबकी संरक्षक इन्दिरा कार्कीले चितवन […]
पूरा पढ्नुहोस्




