प्रदेश
प्रतिनिधिसभा बैठक आज पनि बस्ने
काठमाडौं, जेठ २८ प्रतिनिधिसभाको बैठक बस्दै छ। संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने छ। आजको बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आ.व २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको उत्तर दिनुहुने छ ।
पूरा पढ्नुहोस्
नेपाल राष्ट्र बैंक : विदेशी मुद्रा सञ्चिति १४ खर्ब ७० अर्ब
काठमाडौँ, जेठ २७ चालु आर्थिक वर्षको १० महिनामा रु १४ खर्ब ७० अर्ब ३३ करोड बराबरको विदेशी विनिमय सञ्चिति कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार २०७९ साल असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २० दशमलव नौ प्रतिशतले वृद्धि भई गत वैशाख मसान्तमा […]
पूरा पढ्नुहोस्
जथाभावी एन्टिबायोटिकको सेवनले मानिस, वातावरण र जनावरको स्वास्थ्यमा गम्भीर असर पर्ने
चितवन, जेठ २७ कुनैरोगको उपचार तथा निदानका लागि एन्टिबायोटिकको दुरूपयोगले मानिस, वातावरण र जनावरको स्वास्थ्यमा गम्भीर खतरा बढ्दै गएको छ । विज्ञहरुले गरेको अध्ययन अनुसन्धान अनुसार एन्टिबायोटिक अनुचित र नियमित प्रयोगले मानिसलाई मृत्युको मुखमा पुर्याउने गरेको छ । भरतपुरमा हिजो शुक्रबार स्वास्थ्य मन्त्रालयको आयोजना तथा युएसएआईडीको आर्थिक सहयोगमा एन्टि माईक्रोवियल रेसिस्टेण्ट बिषयक कार्यशालामा विज्ञ तथा […]
पूरा पढ्नुहोस्
समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा
भक्तपुर, जेठ २७ नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संसोधन आवश्यक भएको बताउनुभएको छ । प्रत्यक्ष्य निर्वाचितलाई प्रतिनिधिसभामा र समानुपातिकलाई राष्ट्रियसभामा लैजाने गरी व्यवस्था गर्न त्यसका लागि संविधान संशोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आज यहाँ आयोजना गरेको कांग्रेस भक्तपुर जिल्ला सम्मेलनको उद्घाटन गर्दै […]
पूरा पढ्नुहोस्
मौसम पूर्वानुमान : तत्काल तापक्रम घट्ने संकेत छैन
काठमाडौं, जेठ २७ मध्य तथा पश्चिमी तराईका भूभागमा तापक्रम अझै केही दिन नघट्ने र तातो हावा चल्ने क्रम जारी रहने अनुमान गरिएको छ। शुक्रबार तराईका धेरैजसो भूभागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी मापन भएको थियो। चितवन, पर्सा, बाँके, बारा र सर्लाही लगायतका जिल्लामा तापक्रम ४२ डिग्री सेल्सियसभन्दा बढी मापन भएको महाशाखाले जनाएको छ। […]
पूरा पढ्नुहोस्
काठमाडौं विश्वविद्यालय : एक हजार २४० विद्यार्थी दीक्षित हुँदै
काभ्रे, जेठ २६ काठमाडौं विश्वविद्यालयमा अध्ययनरत विभिन्न संकायका एक हजार २४० विद्यार्थी दीक्षित हुने भएका छन्। विश्वविद्यालयले बिहीबार पत्रकार सम्मेलन गरी जेठ २८ गते आइतबार २८औँ दीक्षान्त समारोह गर्न लागेको जानकारी दिएको हो। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मुम्बइका अटलास स्किलटेक विश्वविद्यालयका उपकुलपति प्रोफेसर राजन विलुकरको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह हुने विश्वविद्यालयका […]
पूरा पढ्नुहोस्
आज निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक
काठमाडौं, जेठ २६ निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयबारे सर्वदलीय छलफल गर्ने भएको छ। संविधानविपरीत जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारी निर्णयका सम्बन्धमा आयोगले संसद्भित्र र बाहिरका सबै दलसँग आज छलफल गर्न लागेको हो। बैठक बिहान साढे ११ बजे आयोगको केन्द्रीय कार्याय कान्तिपथमा बस्दैछ। आयोगका आयुक्त रामप्रसाद भण्डारीले संविधानमा भएको व्यवस्थाविपरीत गएर […]
पूरा पढ्नुहोस्
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
सुर्खेत, जेठ २५ कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको नवौँ बैठकबाट प्रदेश सरकारको आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सभामुख नन्दा गुरुङले मुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेशसभामा नीति तथा कार्यक्रम पारितका लागि प्रस्ताव गर्न […]
पूरा पढ्नुहोस्
ग्रेस इन्टरनेशनलको शैक्षिक यात्रा भोलि चितवनमा हुने
चितवन, जेठ २५ ग्रेस इन्टरनेशनलको शैक्षिक यात्रा भोलि चितवनमा हुने भएको छ । बिहान ११ बजेदेखि भरतपुरको गार्डेन रिसोर्टमा ग्रेसले आफ्नो शैक्षिक यात्रा गर्ने भएको हो । शैक्षिक यात्राका क्रममा ग्रेसले देशभरिका ९ ठाउँमा शैक्षिक यात्रा गर्ने भएकोमा अहिलेसम्म दमक, विराटनगर, बिर्तामोड, हेटौडामा सम्पन्न गरिसकेको छ । बुटवल, पोखरा, बाग्लुङ, काठमान्डौमा बाँकी रहेको छ । […]
पूरा पढ्नुहोस्
तापक्रम अझैं वृद्धि हुने पूर्वानुमान
काठमाडौं, जेठ २५ देशभर अझैं गर्मी बढ्ने संकेत देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले तराईका भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु लाग्ने सम्भावना रहेको भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझाव दिएको छ । महाशाखाका अनुसार अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने हुँदा तराई मधेसका जिल्लाहरुमा तातो हावा तथा लूको सम्भावना रहेको […]
पूरा पढ्नुहोस्




