Wednesday, October 14

प्रदेश

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौं, जेठ १९ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। देशको पहाडी भू-भागको एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भईरहेको छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी […]

पूरा पढ्नुहोस्

आश्रितसंँग चितवनका दुग्ध उत्पादक किसानले मनाए अन्तरराष्ट्रिय दूध दिवस

चितवन, जेठ १८  अन्तरराष्ट्रिय दूध दिवसको अवसरमा चितवन मानव सेवा आश्रमका आश्रितहरुलाई भोजन वितरण गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादन कृषक समाजले भरतपुर स्थित चितवन मानव सेवा आश्रमलाई भोजन वितरण गरेको हो । आज आश्रममा एक कार्यक्रमको आयोजना गरि त्यहांँका ५२ जना आश्रितहरुलाई दही च्यूरा र दुईदिन खानाको […]

पूरा पढ्नुहोस्

विपद् व्यवस्थापनको लागि तयारी अवस्थामा रहनु : गृहमन्त्री श्रेष्ठ

चितवन, जेठ १८ उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्षा याममा हुने विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । बिहीवार चितवनस्थित कुरिनटारमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा गोताखोर तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो । उहाँले वर्षायाममा बाढी, […]

पूरा पढ्नुहोस्

नेपाललाई विश्व बैङ्कद्वारा ऋण र अनुदान सहयोग

काठमाडौँ,  जेठ १८ नेपाल सरकार र विश्व बैंकबीच रू १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र रू दुई अर्ब ६० करोड (अमेरिकी डलर एक करोड ९७ लाख)बराबर अनुदान प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । हिजो अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थ सचिव अर्जुनप्रसाद पोखरेल र विश्व बैंकका लागि माल्दिभ्स, […]

पूरा पढ्नुहोस्

चुनौति बन्दै सुुर्तीजन्य पदार्थ : विश्व सुर्तीजन्य रहित दिवस

चितवन, जेठ १८ चितवनका चिकित्सकहरुले सूर्तीजन्य सेवनकर्ताहरु बढ्दै गएको बताउनु भएको छ । यसका प्रयोगकर्ताको अनुपात बर्षेनी बढ्दै गईरहेको उहांँहरुको भनाई छ । हिजो विश्व सूर्तीजन्य रहित दिवसको अवसरमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा सूर्तीजन्य प्रयोगकर्ता न्यूनिकरणमा चुनौति थपिएको बताउनु भएको हो । सो अवसरमा बोल्दै अस्पतालका अध्यक्ष डा विजयराज न्यौपानेले […]

पूरा पढ्नुहोस्

विभिन्न कार्यक्रम गरी आज विश्व दूध दिवस मनाइँदै

काठमाडौं, जेठ १८ आज २३औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग सङ्घ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी सङ्घलगायत सरोकारवाला निकायले विश्व दूध दिवसका अवसरमा आज विभिन्न कार्यक्रम गर्दैछन्। विश्वमा दुग्ध […]

पूरा पढ्नुहोस्

आज ए डिभिजन लिगमा तीन खेल

काठमाडौं, जेठ १८ शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत बिहीबार तीन खेल हुँदैछ। दिउँसो ३ बजे दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।   रंगशालामा साँझ ६ बजे हुने अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र एफसी खुमलटार आमनेसामने हुनेछन्।   यस्तै च्यासल खेल मैदानमा दिउँसो ३ बजेदेखि […]

पूरा पढ्नुहोस्

भ्रमण सद्‍भावना अभिवृद्धिमा केन्द्रित रहन्छ: प्रधानमन्त्री दाहाल

नयाँदिल्ली, जेठ १८ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सुरु गरेको भारत भ्रमण सद्भावना अभिवृद्धि गर्न केन्द्रित रहने बताउनुभएको छ । हिजो नयाँदिल्लीस्थित नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको रात्रिभोजसहितको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आपसी विश्वासको तथा सद्भावना अभिवृद्धि गर्दै नेपाल र नेपालीको हितमा आफ्नो भ्रमण केन्द्रित रहने बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा […]

पूरा पढ्नुहोस्

उच्चस्तरीय भेटवार्ता प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच आज हुँदै

नयाँदिल्ली, जेठ १८ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज उच्चस्तरीय भेटवार्ता हुँदैछ । भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा दुईपक्षीय भेटवार्ता हुनेछ । प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षीसँग भेटवार्ता गरेलगत्तै प्रतिनिधिमण्डल स्तरमा वार्ता हुनेछ । त्यसपछि सम्झौतापत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने छ भने दुवै प्रधानन्त्रीले पत्रकार सम्मेलनलाई सम्बोधन […]

पूरा पढ्नुहोस्

घर घरमा आज तुलसीको दल राखिँदै : निर्जला एकादशी

काठमाडौँ, जेठ १७ आज वैदिक सनातन धर्मावलम्बीले  आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका […]

पूरा पढ्नुहोस्