प्रदेश
कुनै प्रकारको आर्थिक अनियमितता नगरेको : अध्यक्ष पराजुली
काठमाडौं, जेठ २० राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले शंखरापुरमा ज्येष्ठ नागरिक ग्राम बनाउने क्रममा आफूले आर्थिक अनियमितता नगरेको बताउनुभएको छ । हिजो शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै अध्यक्ष पराजुलीले संखरापुरमा ‘संकल्प ज्येष्ठ नागरिक ग्राम’ निर्माण गर्दा कुनै प्रकारको आर्थिक अनियमितता नगरेको स्पष्ट पार्नुभयो । बैठकमा सांसदहरुले अध्यक्ष पराजुलीको नेतृत्वमा […]
पूरा पढ्नुहोस्
चार दिने भारत भ्रमण पूरा गरेर प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै
काठमाडौं, जेठ २० प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारत भ्रमण पूरा गरेर शनिबार स्वदेश फर्किँदै हुनुहुन्छ । नयाँदिल्लीमा राजनीतिक भेटघाट सकेर विशेष विमानमार्फत शुक्रबार इन्दौर प्रस्थान गर्नुभएका प्रधानमन्त्री दाहालले त्यहाँको महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकनका साथै पूजापाठ गर्नुभएको थियो । प्रधानमन्त्री दाहाल दिउँसो इन्दौरबाट दिल्ली फर्किने र अपराह्न दिल्लीबाट नेपाल वायुसेवा निगमको नियमित उडानबाट काठमाडौं […]
पूरा पढ्नुहोस्
निःशुल्क विपन्नलाई उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गर्ने : स्वास्थ्य मन्त्री बस्नेत
काठमाडौ, जेठ २० स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई दश प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गरिने बताउनुभएको छ । हिजो शुक्रवार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मेडिकेयर हस्पिटलको अनुगमन गर्दै मन्त्री बस्नेतले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका दश प्रतिशत नागरिकहरुको निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गर्ने बताउनुभएको हो । उहाँले अस्पताल […]
पूरा पढ्नुहोस्
कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्कको प्रयोगलाई स्वेच्छिक : स्वास्थ्य मन्त्रालय
काठमाडौं, जेठ २० स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा समिरकुमार अधिकरीले एक सूचना जारी गर्दै सङ्क्रमण दर घट्दै गएपछि कोभिड–१९को मापदण्ड परिमार्जन गर्दै मास्कको प्रयोगलाई स्वेच्छिक बनाएको बताउनुभयो । यसअघिसम्म मास्क प्रयोग अनिवार्य थियो । मन्त्रालयले सङक्रमण […]
पूरा पढ्नुहोस्
सर्वोच्चमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट दर्ता
काठमाडौं, जेठ २० नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ । नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको हो । शुक्रबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले रिट दायर गर्नुभएको हो । बुधबार नागरिकता विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको थियो । प्रारम्भिक सुनुवाइका लागि आइतबार […]
पूरा पढ्नुहोस्
भरतपुरमा एनिमल नेपालद्वारा पशुपन्छी कल्याणसम्बन्धी अन्तरक्रिया कार्यक्रम
भरतपुर, जेठ १९ आज (शुक्रबार) भरतपुरमा एनिमल नेपालले पशुपन्छी कल्याणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पशु कल्याणको लागि एनिमल नेपालको सार्थ अभियान अन्त्रगत कुखुरापालन व्यवसायमा देखिएका समस्या, कुखुरा, भैंसी तथा अन्य पशुपन्छी ढुवानीमा देखिएका समस्याको बारे उक्त अन्तरक्रियामा छलफल भएको हो । चितवनमा विगत चार वर्षदेखि यो संस्थाले काम गर्दै आइरहेको छ। कार्यक्रममा एनिमल […]
पूरा पढ्नुहोस्
एनिमल नेपालद्वारा भरतपुरमा पशुपन्छी कल्याणसम्बन्धी अन्तरक्रिया
भरतपुर, जेठ १९ एनिमल नेपालले हिजो बिहीबार भरतपुरमा पशुपन्छी कल्याणसम्बन्धी अन्तरक्रिया गरेको छ। कुखुरापालन व्यवसायमा कल्याणको दृष्टिकोणले देखिएका समस्या, कुखुरा, राँगा, भैंसी तथा अन्य पशुपन्छी ढुवानीमा देखिएका समस्या तथा पशु आरामगृहको आवश्यकताबारे उक्त अन्तक्र्रियामा छलफल भएको थियो। माछा, मासु व्यवसायमा व्यवसायीले कल्याणका दृष्टिकोणबाट पालना गर्नुपर्ने विषयले पनि कार्यक्रममा प्राथमिकता पाएको थियो। एनिमल नेपालकी चितवन संयोजक […]
पूरा पढ्नुहोस्
चितवन दूग्ध उत्पादक सहकारीले मनायो विश्व दूध दिवस ( फोटो फिचर )
चितवन, जेठ १९ भरतपुर १० मा रहेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.ले हिजो दुध दिवस मनाएको छ । सहकारीले “ दुग्ध क्षेत्रको दिगो विकास, आर्थिक समृद्धिको आधार” भन्ने नाराका साथ सहकारीले हिजो २३ औँ अन्तराष्ट्रिय तथा १३ औँ राष्ट्रिय दुध दिवस मनाएको हो । दिवसको अवसरमा सहकारीले भरतपुर १ देवघाट मा गएर श्री […]
पूरा पढ्नुहोस्
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए
काठमाडौं, जेठ १९ भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार अघिल्लो पटकको तुलनामा पेट्रोल प्रतिलिटर २ रुपैयाँ ४ पैसा तथा डिजेल प्रतिलिटर २ रुपैयाँ ११ पैसा बढेर आएको हो । हिजो बिहीबार प्राप्त मूल्यसूची अनुसार हवाई इन्धनको मूल्य प्रतिलिटर ७ रुपैयाँ घटेर आएको छ । खाना पाकाउने ग्याँसका मूल्य सिलिण्डरमा […]
पूरा पढ्नुहोस्
आज नेकपा एमालेको सचिवालय बैठक बस्दै
काठमाडौं, जेठ १९ नेकपा एमालेको सचिवालय बैठक शुक्रबार बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बिहान साढे ११ बजे बस्नेगरि सचिवालय बैठक बोलाउनुभएको हो । बैठकमा पार्टीको एक वर्षे अभियान, समसामयिक राजनीति लगायतबारे छलफल हुने बताइएको छ । एमालेले आगामी असारदेखि एक वर्षे पार्टी संगठन सुदृढीकरण अभियान सञ्चालन गर्दैछ । मंसिरमा भएको संसदिय निर्वाचन […]
पूरा पढ्नुहोस्




