Wednesday, October 14

प्रदेश

बजेटको श्रोत सुनिश्चित गर्ने कार्य चुनौतीपूर्ण : नेपाल चेम्बर अफ कमर्स

काठमाडौँ, जेठ १७ सरकारले सोमबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले ल्याएको १७ खर्व ५१ अर्ब ३१ करोड रुपैयाँको बजेटको श्रोत सुनिश्चित गर्ने कार्य चुनौतीपूर्ण रहेको चेम्बरको भनाई छ । वर्तमान राजश्व सङ्कलनको लक्ष्य हेर्दा आगामी वर्षका लागि […]

पूरा पढ्नुहोस्

काठमाडौंका मेयरको सांसद विकास कोषका लागि बजेट छुट्याएकोप्रति असन्तुष्टि

काठमाडौं, जेठ १७ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसद विकास कोषका लागि रकम विनियोजन गरिएकोप्रति असन्तुष्टि जनाउनु भएको छ । प्रत्यक्ष निर्वाचित १ सय ६५ जना सांसदका लागि ८ अर्ब २५ करोड रुपैयाँ छुट्याइएको छ । हिजो मंगलबार बिहान सामाजिक सञ्जाल मार्फत मेयर शाहले सांसद विकास कोषमा रकम छुट्याएपछि सांसदहरु बल्ल वडाध्यक्षको तहमा आईपुगेको टिप्पणी […]

पूरा पढ्नुहोस्

आजदेखि चार दिने भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्ड जानुहुँदै

काठमाडौँ, जेठ १७ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चारदिने औपचारिक भारत भ्रमण आजदेखि हुँदै छ। प्रधानमन्त्री दाहालसँग परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित करिब ४७ जनाको सरकारी प्रतिनिधिमण्डल भारत जाने तय भएको छ। प्रधानमन्त्रीको भारत भ्रमणबारे मङ्गलबार मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ। नेपाल सरकारका प्रवक्ता एवं […]

पूरा पढ्नुहोस्

१ खर्ब ९७ अर्ब २९३ करोड रुपैयाँ बजेट शिक्षा क्षेत्रमा विनियोजित

काठमाडौं, जेठ १६ सरकारले दिवा खाजालाई ८ अर्ब ४५ करोड, जङ्क फुड दिन नपाइने व्यवस्था गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले दिवा खाजामा जङ्क फुड दिन नपाइने व्यवस्था गरेको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो । उहाँले दिवा खाजाको […]

पूरा पढ्नुहोस्

१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट सरकारद्वारा प्रस्तुत (पूर्ण पाठसहित)

काठमाडौं, जेठ १६ सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड को बजेट ल्याएको छ। अर्थमन्त्री डा.प्रकाशशरण महतले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट पेश गनुभएको हो । उहाँका अनुसार चालूतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलब २ प्रतिशत छुट्टयाइएको छ । पूजिँगत तर्फ ३ खर्ब […]

पूरा पढ्नुहोस्

आरक्षणको व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता छ : राष्ट्रपति पौडेल

काठमाडौँ, जेठ १६ राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले ग्यारेन्टी गरेको आरक्षणको व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । ‘महिला हक अधिकार : सबैको साझा सरोकार’ भन्ने नाराका साथ आज जेठ १६ गते मनाउन लागिएको पाँचौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै कार्यान्वयनमा […]

पूरा पढ्नुहोस्

यामाहा नेपालले ल्यायो रे जेडआर १२५ हाइब्रिड स्कुटर

चितवन, जेठ १६ यामाहाले  चितवनको नारायणगढमा स्मार्ट मोटर जेनेरेटरसहितको नेपालको पहिलो हाइब्रिड स्कुटर सार्वजनिक गरेको छ ।  यामाहा नेपालले रे जेडआर १२५ हाइब्रिड स्कुटर सार्वजनिक गरेको हो। यामाहाको रे जेडआर १२५ हाइब्रिड स्टाण्डर्ड, डिलक्स र प्रिमियम/प्रिमियम  प्लस गरी चार ट्रिमहरुमा उपलब्ध रहेको छ । नारायगढका लागि आधिकारिक बिक्रेता नविन अटो सेन्टरका एम डी कपिल सागर […]

पूरा पढ्नुहोस्

गणतन्त्र दिवसमा रक्तदान कार्यक्रम

चितवन, जेठ १५  गणतन्त्र दिवसको अवसर पारेर आज सोमबार भरतपुर –४, लकूमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाईटी लंकू उपशाखा र गणतन्त्र दिवस समारोह समिति चितवनको सयुक्त आयोजनामा सम्पन्न भएको हो । रक्तदान कार्यक्रम जिल्ला सम्बन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीको प्रमुख आतिथ्यताका सम्पन्न भएको हो । कार्यक्रममा चिवनका […]

पूरा पढ्नुहोस्

गणतन्त्र संस्थागत गर्न दलका नेता र कर्मचारी सच्चिनु पर्छः मन्त्री जोशी

चितवन, जेठ १५ बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले गणतन्त्रका उपलव्धिहरु संस्थागत गर्नका लागि दलका नेता र कर्मचारी सच्चिन आबश्यक रहेको बताउनुभएको छ । गणतन्त्र दिबस समारोह समिति चितवनले आज यहाँ आयोजना गरेको शहिद परिवार सम्मान तथा बिचार बिमर्श कार्यक्रममा बोल्दै उहाँले गणतन्त्रलाई संस्थागत गर्ने क्रममा बिभिन्न तवरबाट आक्रमण भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो “गणतन्त्र […]

पूरा पढ्नुहोस्

गणतन्त्र दिवसको अवसरमा भरतपुर महानगरपालिका वडा नम्बर २ मा सरसफाई (फोटोफिचर)

चितवन, जेठ १५ भरतपुर महानगरपालिका वडा नम्बर २ कार्यालयले आज सोमबार सरसफाई कार्यक्रम गरेको छ । गणतन्त्र दिबसको अबसरमा वडाले विभिन्न टोल, बजार क्षेत्रमा सरसफाई गरेको हो । वडाध्यक्ष मनोज रानाभाटको नेतृत्वमा वडाका जनप्रतिनिधि, विद्यार्थी, शशस्त्र प्रहरी, नगर प्रहरी , टोल विकास संस्था, आमा समुह, रामेश्वर पुस्तकालयका सदस्य लगायत सयौंले कार्यक्रममा सहभागिता जनाउनुभएको हो । […]

पूरा पढ्नुहोस्