Sunday, October 11

प्रदेश

एनपी साउद परराष्ट्र मन्त्री बन्ने, आजै सपथ ग्रहण

काठमाडौं, बैशाख ३ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एन.पी साउद परराष्ट्रमन्त्री बन्ने हुनुभएको छ । उहाँले आइतबार शपथ लिने तय भएको छ । उपनिर्वाचनअघि साउद परराष्ट्रमन्त्रीको रुपमा क्याबिनेटमा थपिन लाग्नुभएको हो । उहाँको शपथ आइतबार दिउँसो ३ बजेका लागि तय भएको छ । गत पुस १० गते प्रधानमन्त्री बन्नुभएका प्रचण्डले चैत १७ गते सातौं पटक मन्त्रिपरिषद […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० बैशाख ३ गतेदेखी २०८० बैशाख ९ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्ना दाजुभाईबाट सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायबाट प्रशस्त धन आर्जन हुनेछ । आम्दानी बढनेछ । मंगलबार र बुधबार भने बिना प्रयोजनका यात्राहरु हुन सक्नेछन्। अचानक खर्चको मात्रा पनि बढ्न सक्नेछ । तर बिहिबार देखि भने दिनहरु शुभ रहनेछन् । […]

पूरा पढ्नुहोस्

६४ जना कोरोनाका संक्रमित थपिए

काठमाडौं, बैशाख २ देशभर थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९५६ जनाको नमूना परीक्षण गरिएको थियो । १५१ जनाको पीसीआर र ८०५ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल ३७७ जना कोरोनाका […]

पूरा पढ्नुहोस्

मिटरब्याज पीडितले मार्चपाससहित धर्ना दिने

काठमाडौँ, बैशाख २ महोत्तरीसहितका जिल्लाबाट काठमाडौँमा न्यायका लागि संघर्ष गरिरहेका मिटरब्याज पीडितले शनिबार पनि मार्चपाससहित धर्ना दिने भएका छन् । सरकारले आफूहरूको माग सम्बोधन गर्न नचाहेको भन्दै वार्ता भंग गरेर संघर्षमा उत्रिएकाहरूले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, किर्ते लिखत खारेज गर्नुपर्ने, हडपेको जमिन फिर्ता गराउनुपर्नेलगायतका माग राखेर काठमाडौँ केन्द्रित संघर्ष गरिरहेका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर […]

पूरा पढ्नुहोस्

व्यक्तिगत घटना दर्ता सप्ताहको आज दोस्रो

काठमाडौँ, बैशाख २ आज शनिबार व्यक्तिगत घटना दर्ता सप्ताहको दोस्रो दिन रहेको छ । देशभर शुक्रबारबाट सुरु भएको व्यक्तिगत घटना दर्ता सप्ताहको शनिबार दोस्रो दिन हो । शुक्रबारदेखि ७ वैशाखसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन भएको छ । १ वैशाखबाट गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरुक […]

पूरा पढ्नुहोस्

समाजवादीका मन्त्रीलाई पनि पार्टी कार्यालयमा भेट्‌न पाइने

काठमाडौँ, बैशाख २ नेकपा (एकीकृत समाजवादी) ले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई कार्यकर्ताहरूसँग पार्टी कार्यालयमै भेट्ने व्यवस्था गरेको छ । सरकारमा रहेका मन्त्रीको नेता तथा कार्यकर्तासँग सहज भेट गर्ने उद्देश्यले सो व्यवस्था मिलाउन समय निर्धारण गरिएको उपमहासचिव गङ्गालाल तुलाधरले  बताउनुभयो । सबै नेता तथा कार्यकर्ताको सिंहदरबारमा जान पहुँच नपुग्ने हुँदा यस किसिमको वैकल्पिक व्यवस्था गरिएको हो […]

पूरा पढ्नुहोस्

नेपालको रेल सेवा दैनिक चारपटक आवत-जावत गर्न शुरु

धनुषा, बैशाख २ नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनमा रहेको नेपालको एक मात्र रेल सेवा नेपाल रेल्वेले अबदेखि दिनको चार पटक आवत जावत गर्ने व्यवस्था लागू गरेको छ । यसअघि एकपटक जाने र एक पटक आउने व्यवस्था रहेकोमा नयाँ वर्ष २०८० को प्रारम्भसंगै अब दुइपटक जाने र दुइ पटक आउने व्यवस्था गरिएको हो । नेपाल रेल्वेका […]

पूरा पढ्नुहोस्

नवौँ चरणका खेल आजदेखि : ए डिभिजन लिग

काठमाडौं, बैशाख २ शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नवौँ चरणका खेल सुरु हुँदैछ। शनिबार तीन खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। च्यासल मैदानमा हुने पहिलो खेलमा मनाङ मस्र्याङ्दी र जावालाखेल तथा दशरथ रंगशालामा सोही समयमा हुने अर्को खेलमा मच्छिन्द्र फुुटबल क्लबले र न्यूरोड टिम एनआरटीको सामना गर्नेछ। साँझ पौने ६ बजे […]

पूरा पढ्नुहोस्

गरिबी विरुद्ध एकजुट हुन कर्णालीका मुख्यमन्त्रीको आव्हान

सुर्खेत, बैशाख १ कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विकासमा पछि पारिएको कर्णालीको समग्र क्षेत्रलाई माथि उठाएर समृद्ध प्रदेश निर्माणमा हातेमाले गर्न आव्हान गर्नुभएको छ । नयाँ वर्ष २०८० को उपलक्ष्यमा प्रदेश तथा देशवासीलाई शुभकामना दिँदै आज मुख्यमन्त्री शर्माले कर्णालीका नागरिकको मुख्य शत्रु ‘गरिबी’ भएकाले त्यसका विरुद्ध चलाइएको महाअभियानमा एकताबद्ध भएर जुट्न अपिल गर्नुभएको हो । उहाँले […]

पूरा पढ्नुहोस्

शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित

काठमाडौं, बैशाख १ नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित हुनुभएकाे छ । संघको नवौं अधिवेशनबाट गिरी अर्का प्रतिस्पर्धी गोकर्ण बहादुर बानियाँलाई पराजित गर्दै निर्वाचित हुनुभएकाे हाे । जम्मा खसेको ६०७ मतमा गिरीले ३०५ मत प्राप्त गरी निर्वाचित भए । अध्यक्षका अर्का उम्मेदवार बानियाँको पक्षमा २९८ मत खसेको छ ।

पूरा पढ्नुहोस्