Sunday, October 11

प्रदेश

प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दै

काठमाडौं, बैशाख ५ आज मंगलबार प्रतिनिधि सभाको बैठक  बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/०७९’ पेश गर्नु हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । यसैगरी, प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीद्वारा संवैधानिक परिषद्को बैठक आह्वान

काठमाडौं, बैशाख ५ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले आगामी शुक्रबार बिहान ९ बजे संवैधानिक परिषद्‍को बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिनुभयो । उहाँले सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट […]

पूरा पढ्नुहोस्

देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं, बैशाख ५ गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान र अन्य पहाडी भूभागका १/२ स्थानमा मंगलबार मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थान […]

पूरा पढ्नुहोस्

अवसरवादीबाट सचेत रहनू : कांग्रेस नेता कोइराला

काठमाडौं, बैशाख ५ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अवसरवादी चरित्रका कारण पार्टी कमजोर हुने भएकाले सचेत रहनुपर्ने बताउनुभएको छ । तनहुँको भानु नगरपािलका–२ नारेश्वरटारमा हिजो सोमबार आयोजित तरुण युवाको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले अवसरवादीले मौका पाउँदा पार्टी कमजोर हुने उल्लेख गर्नुभयो । ‘पार्टीमा व्यक्तिवादी चरित्र हावी हुँदा अवसरवादीले मौका पाइरहेका हुन्छन्, अवसरवादीले मौका […]

पूरा पढ्नुहोस्

१०४ जना कोरोना संक्रमित थपिँदा एक जनाको मृत्यु

काठमाडौं, बैशाख ४ आज देशभर १०४ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। गत २४ घन्टामा गरिएको १ हजार ६३२ जनाको नमूना परीक्षणमा १०४ जनामा संक्रमण पुष्टि भएको हो। आज एक जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार संक्रमितमध्ये हाल काठमाडौं उपत्यकामा ३४ जना संस्थागत आइसोलेशनमा रहेका छन्। ७ जना आइसियू र […]

पूरा पढ्नुहोस्

राष्ट्रियसभा बैठक आज बस्दै

काठमाडौं, बैशाख ४ संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन, […]

पूरा पढ्नुहोस्

साना व्यवसायीको प्रतिनिधित्व बढाउने गरी काम गर्छुः नवनिर्वाचित अध्यक्ष ढकाल

काठमाडौं, बैशाख ४ नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्षको पदबहाली ग्रहण गर्नुभएको छ । हिजो आइतबार टेकुस्थित महासंघको केन्द्रीय कार्यालयमा अध्यक्ष पदको पदबहाली ग्रहण गर्नुभएको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा रहनुभएका ढकाल महासंघको विधान अनुसार स्वतः अध्यक्ष हुनुभएको हो । ढकालले गत बिहीबार निःर्वतमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको शपथ लिनुभएको […]

पूरा पढ्नुहोस्

पेट्रोलको मूल्य भारतबाट बढेर आयो

काठमाडौं, बैशाख ४ भारतबाट डिजेल-पेट्रोलको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार डिजेलमा करिब एक रुपैयाँ र पेट्रोलमा करिब साढे ६ रूपैयाँ मूल्य बढेर आएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले इन्धनको मूल्य बढेको उहाँले बताउनु भयो । १५ दिन अघि कच्चा तेल प्रतिब्यारेल ७५/७६ अमेरिकी डलर […]

पूरा पढ्नुहोस्

मुम्बईसँग कोलकाता पराजित : आईपीएल

काठमाडौं, बैशाख ४ इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेकाे छ । कोलकाताले दिएको १ सय ८६ रनको लक्ष्य मुम्बईले १७ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटाउन सफल भएकाे हाे । यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८५ रन बनायो […]

पूरा पढ्नुहोस्

स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं, बैशाख ३ हाल बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागहरुमा आंशिक बदलीदेखि सामान्यतया सफा अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ । कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी […]

पूरा पढ्नुहोस्