प्रदेश
आज रातिबाट नेपाल-भारत सीमा नाका बन्द हुने
काठमाडाैं, बैशाख ८ यहि वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि शुक्रबार रातिबाट नेपाल-भारत सीमा नाका बन्द गरिने भएको छ । शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजेसम्म जिल्लाका नेपाल–भारत सिमाना बन्द हुने जिल्ला प्रशासन कार्यालय बाराले जनाएको हो । मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म जिल्लाभरी […]
पूरा पढ्नुहोस्
आज पन्जाब र बेंग्लोर तथा कोलकत्ता र दिल्ली भिड्दै : आईपीएल
काठमाडौं, बैशाख ७ भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार दुई खेल हुँदैछ । बिहीबार हुने पहिलो खेलमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कोलकत्ता नाईट राईडर्सले दिल्ली क्यापिटल्सको सामना गर्नेछ । पन्जाब र बेंग्लोरबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजेबाट सुरु हुनेछ । बिहीबार नै हुने कोलकत्ता […]
पूरा पढ्नुहोस्
आमाको सम्मान तथा श्रद्धा गरी मनाइँदै : आमाको मुख हेर्ने पर्व
काठमाडौं, बैशाख ७ आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमाको सम्मान तथा […]
पूरा पढ्नुहोस्
आज मध्यरातदेखि ‘मौन अवधि’ : निर्वाचन आयोग
काठमाडौं, बैशाख ७ यही वैशाख १० गते हुने उपनिर्वाचनको मौन अवधि बिहीबार राति १२ बज हुँदैछ। वैशाख १० गते आइतबार चितवन–२, बारा–२ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मध्यरात १२ बजेदेखि प्रचारप्रसार गर्न पाइने छैन। मौन अवधि उल्लघंन गरे निर्वाचन ऐन अनुसार एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था […]
पूरा पढ्नुहोस्
फोरनेशन्स ईन्टरनेशनलमा हरेक शुक्रबार फ्री मै फाईनान्शीयल काउन्सेलिङ्ग सेशन हुँदै
प्रदिप परियार चितवन, बैशाख ६ चितवनमा यही बैशाख ८ गते शुक्रबार शहिदचोक नारायणगढमा रहेको टिसा कम्पेलेक्सको चौथो तल्लामा फोरनेशन्स ईन्टरनेशनल चितवनको आयोजनामा ‘ फाईनान्शीयल काउन्सेलिङ्ग सेशन’ हुने भएको छ । कार्यक्रम बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म हुने फोरनेशन्स ईन्टरनेशनल चितवनका बिजनेस डेवलपमेंट म्यानेजर आशुतोष निउरेले जानकारी दिनुभएको छ । उहाँका अनुसार हाल अस्ट्रेलिया जानको […]
पूरा पढ्नुहोस्
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना आज रुस जाँदै
काठमाडौं, बैशाख ६ राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बुधबार रुस जाँदै हुनुहुन्छ । उहाँ ८ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै रुस प्रस्थान गर्न लाग्नुभएको हो । रुसको माथिल्लो सदनका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणमा अध्यक्ष तिमिल्सिना रुस जान लाग्नुभएको हो ।
पूरा पढ्नुहोस्
राष्ट्रिय भिटामिन ‘ए’ अभियान आजदेखि
काठमाडौं, बैशाख ६ सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिनुभयो । बालबालिकालाई नजिकैका […]
पूरा पढ्नुहोस्
उपप्रधानमन्त्री खड्कालाई कानुन मन्त्रालयको कार्यभार
काठमाडौँ, बैशाख ६ राष्ट्रपति रामचन्द्र पौडेलले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोक्नुभएको छ । राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्हाली आउनुभएको सो मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री खड्कालाई तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
पूरा पढ्नुहोस्
जग्गा कित्ताकाट खोल्ने सरकारको निर्णय
काठमाडौं, बैशाख ६ सरकारले अर्थतन्त्र चलायमान बनाउन सबै ठाउँको जग्गा कित्ताकाट खोल्ने निर्णय गरेको छ । हिजो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सबै ठाउँको जग्गा कित्ताकाट खोल्ने निर्णय गरेको हाे । यसअघि भूउपयोग नियमावली ल्याएर वर्गीकरण गरेर मात्रै जग्गा कित्ताकाट गर्न पाउने व्यवस्था गरेको थियो। सोसँगै अर्थतन्त्र चलायमान हुन नसकेको गुनासो निजी क्षेत्रबाट आएपछि सरकारले जग्गा […]
पूरा पढ्नुहोस्
निर्वाचन आयोग : मतदाता परिचयपत्र, नागरिकता वा परिचयपत्रबाट पनि मतदान गर्न पाइने
काठमाडौं, बैशाख ६ निर्वाचन आयोगले यही बैशाख १० गते हुने उपनिर्वाचनमा मतदाता परिचयपत्र वा अन्य सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने निर्णय गरेको छ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश […]
पूरा पढ्नुहोस्




