Friday, October 9

प्रदेश

प्रतिनिधि सभाको समानुपातिकबाट सांसद बन्नेहरुको नाम सातै दलले आयोगमा बुझाए

काठमाडौं,  मंसिर २५ राजनीतिक दलहरूले समानुपातिक तर्फको बन्दसूचीमा रहेका उम्मेदवारबाट सांसद बन्नेहरुको नाम छनौट गरी निर्वाचन आयोगमा बुझाएका छन् । नेकपा (एमाले) ले ३४, नेपाली कांग्रेसले ३२, नेकपा (माओवादी केन्द्र) ले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ७, जनता समाजवादी पार्टी (जसपा) ले ५ र जनमत पार्टीले ५ गरी ११० सांसदको […]

पूरा पढ्नुहोस्

रास्वपाले आयोगमा पठायो १३ समानुपातिक सांसदको नाम [सूचीसहित]

काठमाडौँ, मंसिर २४ राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ गते भएको निर्वाचनमा प्राप्त गरेको सदर मतका आधारमा समानुपातिक तर्फ आफ्ना १३ जना निर्वाचित सांसदको नाम सिफारिस गरेको छ । शनिबार बसेको रास्वपाको बैठकले समावेशी सिद्धान्तका आधारमा १३ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको हो । १. डा.ढाका कुमार श्रेष्ठ (आदिवासी पुरूष) २. डोल प्रसाद अर्याल (खस […]

पूरा पढ्नुहोस्

यी हुन् कांग्रेसबाट समानुपातिकमा परेका ३२ सांसद (सूचीसहित)

काठमाडौं, मंसिर २४ नेपाली कांग्रेसले समानुपातिकतर्फको नाम टुंगो लगाएको छ। केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समिति र बालुवाटारमा बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फको ३२ जनाको नाम टुंगो लगाएको हो। प्रत्यक्षमा ५७ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाएको छ। आदिवासी जनजातितर्फ १ सरस्वती बजिमय २ लिलादेवी बोखिम ३ सिता कुमारी राना ४ सुशीला थिङ […]

पूरा पढ्नुहोस्

भोलि राप्रपाको कार्य सम्पादन समितिको बैठक बस्दै

कामाडौं, मंसिर २३ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक सांसद चयन गर्न कार्यसम्पादन समिति बैठक बोलाएको छ। बैठक भोलि बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने तथा  चुनावी समीक्षासमेत गर्ने बताइएको छ। राप्रपाले प्रतिनिधिसभातर्फ समानुपातिकमा ७ र प्रदेश सभातर्फ समानुपातिकमा १७ सिट जितेको छ। राप्रपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ सिट जितेको छ ।  

पूरा पढ्नुहोस्

सुनको भाउ तोलाको एक लाख नाघ्यो

काठमाडौं,मंसिर २३ नेपाली बजारमा सुनचाँदीको मूल्य एक लाख नाघेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला ६ सयले बढेर १ लाख ३ सय  रुपैयाँ कायम भएको छ। हिजो प्रति तोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ६ सयले बढेर प्रति तोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी […]

पूरा पढ्नुहोस्

मेलम्चीको पानी आजदेखि उपत्यकामा वितरण हुने

काठमाडौं,मंसिर २३ काठमाडौं उपत्यकामा आजदेखि मेलम्ची खानेपानी आयोजनाले पानी वितरण गर्ने भएको छ । उपत्यकाको काठमाडौं, भक्तपुर र कीर्तिपुरका मुख्य सहरमा भोलि विहान औपचारिक रुपमा घर–घरमा पानी पठाइने आयोजनाले जनाएको छ। सबै स्थानमा एकै पटक पानी नपठाइने भन्दै साताभित्र सबै धारामा सहज रुपमा पानी वितरण गरिने मेलम्ची आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले बताउनु भयो । […]

पूरा पढ्नुहोस्

एमाले सरकार गठनको दौडमा छैन : उपाध्यक्ष पाण्डे

चितवन, मंसिर २२ नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयमा नसोचेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अहिलेको संसद्मा एमाले प्रतिपक्षमा रहन्छ ।” अहिलेको निर्वाचनले कुनै दललाई पनि बहुमत नदिएको […]

पूरा पढ्नुहोस्

आज समानुपातिकतर्फको मतगणना सकिंदै

काठमाडौं, मंसिर २० यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिकर्फको मत गणना आज मंगलबार सकिने भएको छ । मंगलबार बिहान ६ बजेसम्म एक करोड चार लाख ७८ हजार ७ सय ३५ मतगणना भएको छ । जसमा २८ लाख १४ हजार ६ सय ५५ मत मत पाउँदै नेकपा (एमाले) अग्रस्थानमा रहेको छ […]

पूरा पढ्नुहोस्

प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेस पहिलो, एमाले दोस्रो

काठमाडौं, मंसिर १९ प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेशका ३३० क्षेत्रका नतिजा सार्वजनिक भएको छ । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी ५७ निर्वाचन क्षेत्रमा जित हासिल गरेर नेपाली कांग्रेस प्रत्यक्षतर्फ पहिलो पार्टी बनेको छ । यस्तै दोस्रोमा नेकपा (एमाले) ले ४४ निर्वाचन क्षेत्रमा जित हासिल गरेर दोस्रो दल बनेको छ । नेकपा […]

पूरा पढ्नुहोस्

निर्वाचनमा अन्तर्घात गर्नेको सूची केन्द्रमा पठाउन निर्देशन

काठमाडौँ, मंसिर १८ नेपाली कांग्रेसले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीभित्र अन्तर्घात गरी असहयोग गर्नेको सूची केन्द्रमा पठाउन निर्देशन गरेको छ । पार्टीका उम्मेदवार र गठबन्धन दलका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको रहेछ भने जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत् निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन आज निर्देशन […]

पूरा पढ्नुहोस्