Sunday, October 11

समाज

शेयर बजार सामान्य वृद्धि

काठमाडौं, असार ७ तीन दिनको करेक्सनपछि शेयर बजार सामान्य अंकले सकारात्मक रह्यो । बिहीबार उतार चढावबीच बजार परिसूचक नेप्से ५ अंक बराबरले सकारात्मक रहेर २ हजार ५५ कायम भएर थामियो । अपरान्ह उकालो लागेर २ हजार ७५ सम्म पुगेपनि अन्तिमसम्म वृद्धि टिक्न नसकेको हो । कारोबार भने यसदिन पनि साढें ३ अर्ब हाराहारी रह्यो । […]

पूरा पढ्नुहोस्

काठमाडौंमा साउन १ देखि प्लास्टिकको प्रयोग निषेध

काठमाडौं, असार ७ काठमाडौँमा आगामी साउन १ गतेदेखि प्लास्टिकको प्रयोग गर्न नपाइने भएको छ । महानगरपालिकाले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा साउन १ गतेदेखि प्लास्टिक प्रयोगमा निषेध गर्ने घोषणा गरिएको हो । मेयर बालेन्द्र साहले बुधबार प्रस्तुन गर्नुभएको कार्यक्रममा एक पटक मात्रै प्रयोग हुने प्लास्टिकलाई निषेध गर्ने उल्लेख छ । प्लास्टिकका फूललगायतका एक […]

पूरा पढ्नुहोस्

नेपाललाई योगले समृद्ध र सुखी बनाउँछ : अध्यक्ष ओली

काठमाडौं, असार ७ नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले योगले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने बताउनुभएको छ । हिजो बुधवार ललितपुरमा आयोजित अन्तर्राष्ट्रिय योग दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजको सन्दर्भमा योगले समृद्ध नेपाल र सुखी नेपालीको कुरा गरिरहेको बताउनु भयो । अध्यक्ष ओलीले मान्छे सम्मानित जीवन […]

पूरा पढ्नुहोस्

कोशी,बागमती तथा गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : मौसम पूर्वानुमान महाशाखा

काठमाडौं, असार ७ हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू- भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । बिहीबार बिहान हाल मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित कोशी र बागमती प्रदेशका […]

पूरा पढ्नुहोस्

शैक्षिक मेला नरोक्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं, असार ६ उच्च अदालत पाटनले हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ । काठमाडौं महानगरपालिकाले शैक्षिक मेला बन्द गराएपछि उच्च माध्यमिक विद्यालय एशोसिएसन (हिसान) त्यसविरुद्ध अदालत गएको थियो । न्यायाधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले हिसानको शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको उच्च अदालत पाटनकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिनुभयो । उच्च […]

पूरा पढ्नुहोस्

अन्तर्राष्ट्रिय योग दिवस आज नेपालमा पनि मनाइँदै

काठमाडौं, असार ६ अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र […]

पूरा पढ्नुहोस्

मौसम पूर्वानुमान महाशाखा : यी प्रदेशमा आज मध्यमदेखि अधिक वर्षा

काठमाडौं, असार ६ देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि […]

पूरा पढ्नुहोस्

राष्ट्रिय भूकम्प मापन : दार्चुलाको खाणेश्वरी केन्द्रविन्दु भएर भूकम्प

दार्चुला, असार ५ दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो।

पूरा पढ्नुहोस्

शेयर बजारमा सामान्य गिरावट

काठमाडौं, असार ५ विगत केही दिनदेखि लगातार बुलिस ट्रेण्डमा रहँदै आएको शेयर बजारमा हिजो सोमबार सामान्य करेक्सन आएको छ । करिब ३ अंकको गिरावट आएको बजारमा कारोबार रकम भने करिब ५ अर्ब हाराहारीमै भएको नेप्सेले जनाएको छ । हिजो सोमबार ५ उपसूचक हरियो रहँदा विकास बैक समूह सबैभन्दा बढी १ सय ३१ अंकले उकालो लाग्यो […]

पूरा पढ्नुहोस्

लियो क्लब अफ नारायणगढ बालकुमारीको अध्यक्ष्मा अच्युत आचार्य चयन

चितवन, असार ३  लियो क्लब अफ नारायणगढ बालकुमारीको अध्यक्षमा अच्युत आचार्य चयन हुनुभएको छ । क्लबको शनिबार सम्पन्न १९ औँ वार्षिक साधारण सभाले अध्यक्षमा आचार्यलाई चयन गरेको हो । अध्यक्ष आचार्य लगायत नवनियुक्त कार्यसमितिको कार्यकाल एक वर्ष रहनेछ । क्लबको प्रथम उपाध्यक्षमा विकास गौतम,दास्रो उपाध्यक्ष अमित गिरि ,सचिवमा विजन श्रेण्ठ र कोषाध्यक्षमा सुजल महत्तो चयन […]

पूरा पढ्नुहोस्