समाज
मौसमी रुघाखोकीमा जथाभावी एन्टिबायोटिक प्रयोग नगर्नुस् : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
काठमाडौं, चैत्र २० सरकारले मौसमी रुघाखोकी लाग्दा जथाभावी रूपमा एन्टिबायोटिक प्रयोग नगर्न सुझाव दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना निकालेर मौसमी रुघाखोकीमा जथाभावी एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको हो। घरमा कसैलाई फ्लु लागे वा रुघाखोकी लागे सबैले मास्क लगाउन, खोक्दा हाच्छिउँ गर्दा नाक, मुख छोप्न, वेलावेलामा साबुनपानीले हात धुन, हातले आँखा, नाक वा […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०७९ चैत्र १९ गतेदेखी चैत्र २५ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । साताको शुरु र अन्तको समय राम्रो रहेकोले अध्ययनमा भनेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न […]
पूरा पढ्नुहोस्
यही चैत ८ गतेबाट भरतपुर ११ कमलादेवी मन्दिरमा भएको महायज्ञ सम्पन्न
चितवन, चैत्र १८ भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित कमलादेवी मन्दिर परिसरमा भएको नवदिवसीय श्रीमददेवीभागवत् नवाह महायज्ञ सम्पन्न भएको छ । यही चैत ८ गतेबाट शुरु भएको महायज्ञ गत विहिबार नेकपा माओबादी केन्द्र बाग्मती प्रदेश सदस्य सुमन सापकोटाद्वारा समापन भएको हो । १०८ शिवलिङ्ग स्थापना र सुविधा सम्पन्न आवासीय क्रियापुत्री भवन निर्माण गर्ने, आवश्यकता अनुसार […]
पूरा पढ्नुहोस्
जुत्ता, चप्पल मेलाको समापन , प्रदर्शनी भने आज सम्म चल्ने
भरतपुर, चैत्र १८ चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा फागुन १७ गतेदेखि चैत्र १७ गतेसम्म चितवन प्रदर्शनी केन्द्रमा आयोजित “प्रथम चितवन नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रवद्र्धन मेला २०७९” को एक कार्यक्रमका बीच समापन गरिएको छ । कार्यक्रम हिजो समापन भएता पनि ग्राहकहरुको मागलाई मध्यनजर गर्दै प्रदर्शनी भने चैत १८ गते आज […]
पूरा पढ्नुहोस्
आजदेखि गैँडाकोट दोस्रो मेयरकप नगरस्तरीय फुटवल प्रतियोगिता सुरु हुँदै
गैँडाकोट, चैत्र १८ आजदेखि नवलपुरको गैँडाकोटमा “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ गैँडाकोट दोस्रो मेयरकप नगरस्तरीय फुटवल प्रतियोगिता हुदैछ। गैँडाकोट खेलकुद समितिको आयोजनामा आजदेखि सुरु हुने प्रतियोगिता चैत्र २५ गतेसम्म चल्ने आयोजक गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो । गैँडाकोट क्षेत्रीय रंगशालाको खेलमैदानमा आयोजना हुने प्रतियोगिताको विहान ८ वजे […]
पूरा पढ्नुहोस्
भरतपुर अस्पताल क्षेत्रमा गुट्खा निषेध
चितवन, चैत्र १७ चितवनमा रहेको भरतपुर अस्पतालमा गुट्खा निषेध गरिएको छ । अस्पतालले एक सूचना जारी गर्दै अस्पताल परिसरमा धुम्रपान तथा मद्यपान निषेधित क्षेत्र भएको भन्दै गुट्खा,चुरोट,पराग विडी खैनी जस्ता सूर्तिजन्य पदार्थ तथा मादक पदार्थ सेवन गरेको पाइएमा कारवाही गर्ने जनाएको हो । भरतपुर अस्पताल प्रशासनले सेवन गरेको पाइएमा १ हजार र बिक्री वितरण गरेको […]
पूरा पढ्नुहोस्
परीक्षा सुरु भएपछि परीक्षा हलभित्र फोटो खिच्न नपाइने : एसईई
काठमाडौं, चैत्र १७ माध्यमिक शिक्षा परीक्षा (एसईई)का क्रममा परीक्षा हलभित्र फोटो खिच्न नपाइने भएको छ। एसईईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले यो पटक परीक्षा सुरु भएपछि परीक्षा हलभित्र गएर तस्विर लिन नपाइने व्यवस्था गरेको जानकारी दिर्नुभयो । परीक्षा सुरु भएपछि सञ्चारकर्मीले परीक्षा केन्द्रका बाहिरको गतिविधिको तस्विर लिन पाउने भए पनि परीक्षा हलमा प्रवेश निषेध गरेको उहाँले […]
पूरा पढ्नुहोस्
रामनवमी पर्व : मर्यादा पुरुषोत्तम श्रीरामको पूजाआराधना गरी भक्तिपूर्वक मनाइँदै
काठमाडौं, चैत्र १६ रामनवमी पर्व, मर्यादा पुरुषोत्तम श्रीरामको पूजा आराधना गरि आज बिहीबार देशभर मनाइँदैछ । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन देशभरि श्रद्धा र भक्तिपूर्वक ‘रामनवमी’ पर्व मनाउने गरिएको छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । हिन्दू धर्मग्रन्थ रामायण अनुसार चैत्र शुक्ल […]
पूरा पढ्नुहोस्
मौसम पूर्वानुमान महाशाखा : आज यी स्थानमा वर्षाको सम्भावना
काठमाडौं, चैत्र १६ आज बिहीबार मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागको मौसम सामान्यतया सफा छ। हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ। दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। राति गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमसहित […]
पूरा पढ्नुहोस्
चितवनको न्यू होराइजन स्कुलमा ‘खेल्दै पढ्दै’ विद्यार्थी
भरतपुर, चैत्र १५ चितवनको न्यू होराइजन स्कुलले विद्यार्थीका लागि ‘खेल्दै पढ्दै’ कार्यक्रम सञ्चालन गरेको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित स्कुलका विद्यार्थीलाई ‘कार्यमा आधारित सिकाइ’ (एक्सन बेस लर्निङ) मा पठनपाठन सुरु गरिएको हो । ‘एक्सन बेस लर्निङ’को अवधारणाबाट विद्यार्थीले धेरै छिटो सिकेको र लामो समयसम्म सम्झन सक्ने भएकाले यो सिाइ पद्धति प्रभावकारी देखिएको स्कुलका अध्यक्ष श्रीधर […]
पूरा पढ्नुहोस्




