समाज
आजदेखि चितवनको माडीमा गोद्धक मेला शुरु
चितवन, चैत्र १३ चितवनको माडी १ स्थित गोद्धकमा गोद्धक राम चरित्रकथा यज्ञ एवं गोद्धक मेला शुरु भएको छ । चैत्र १७ गतेसम्म ५ दिनसम्म यज्ञ सञ्चालन हुनेछ । प्रखरवाचक श्रद्धेय गुरु चैतन्यकृष्णको मुखारविन्दबाट राम कथा वाचन हुने छ । यज्ञसँगै गोद्धक मेलामा हरेक दिन सांस्कृतिक कार्यक्रम ,ठेलो फाल्ने प्रतियोगिता, भलिबल प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको […]
पूरा पढ्नुहोस्
स्थानीय वायुसँगै पश्चिमी वायुको देशमा सामान्य प्रभाव
काठमाडौं, चैत्र १३ हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले देशका बाँकी पहाडी भूभागका एकदुई स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०७९ चैत्र १२ गतेदेखी चैत्र १८ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धन स्थानमा चन्द्रमाको गोचरका कारण व्यापार व्यवसायबाट मुनाफा आर्जन हुनेछ । तपाईको बोलीको प्रभाव बढ्नुका साथै सीपमा थप निखार आउने देखिन्छ। धार्मिक एवं सामाजिक कार्यमा रुचि बढ्नेछ । नोकरी गर्नेहरुका लागि कार्यस्थलमा कामको बोझ थपिन सक्नेछ । राम्रो परिश्रम गरि […]
पूरा पढ्नुहोस्
स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव : मौसम पूर्वानुमान महाशाखा
काठमाडौं, चैत्र १२ हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ। पहाडी भूभागमा आइतबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यी प्रदेशबाहेक देशका बाँकी पहाडी भूभागका १–२ स्थानमा पनि वर्षाको सम्भावना छ। बाँकी भूभागमा […]
पूरा पढ्नुहोस्
नेपाल बैंक लिमिटेड हाकिम चोक शाखाको औपचारीक उद्घाटन
चितवन, चैत्र ११ भरतपुरमा नेपाल बैंक लिमिटेडले आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । हिजो (शुक्रबार) जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवाली र प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले भरतपुरको हाकिम चोकको स्याउली बजारमा नयाँ शाखा कार्यलयको औपचारीक रुपमा उद्घाटन गर्नुभएको हो […]
पूरा पढ्नुहोस्
विभिन्न कार्यक्रम गरी चितवनमा क्षयरोग दिवस मनाईयो (फोटोफिचर)
प्रदिप परियार चितवन, चैत्र १० चितवनमा विभिन्न कार्यक्रमको आयोजना गरि १४१औँ विश्व क्षयरोग दिवस मनाईएको छ । ‘हो, हामी क्षयरोग अन्त्य गर्छौँ !’ भन्ने मूल नाराकासाथ चितवनको भरतपुर र सौराहामा क्षयरोग दिवसको अवसरमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरिएको हो । दिवसको अवसरमा हिजो (बिहीबार) साँझ नारायणगढ बजार क्षेत्रमा साइकल र्याली र नारायणगढकै क्षयरोग निवारण संस्थामा क्षयरोग […]
पूरा पढ्नुहोस्
खुल्यो प्रावि शिक्षकका लागि दरखास्त
काठमाडौं, चैत्र ९ शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ। आयोगले आज प्रावि तहको शिक्षकमा विज्ञापन खुलाएको हो। आयोगले सूचना जारी गर्दै चैत ८ गतेको निर्णय अनुसार आजदेखि दरखास्त पेस गर्न सकिने जनाएको छ।
पूरा पढ्नुहोस्
स्वर्णलक्ष्मी सहकारीका पदाधिकारीलाई दुई दिने प्रशिक्षण सम्पन्न (फोटोफिचर)
चितवन, चैत्र ७ स्वर्णलक्ष्मी बचत तथ ऋण सहकारीका संस्था लि.को संचालक समिति, लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरू तथा उच्च व्यवस्थापनका लागि दुई दिने सहकारी पदाधिकारी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाका सञ्चालक समितिका अध्यक्ष कृष्ण कुमार तामाङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका संचालक समिति, लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०७९ चैत्र ५ गतेदेखी चैत्र ११ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा सफलता मिल्नेछ । नयाँ क्षेत्रका कार्य गर्ने अवसर आउन सक्नेछ । व्यापार व्यवसायबाट पनि सफल साता रहनेछ । पारिवारमा सकारात्मक वातावरण हुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । सामाजिक एवं राजनीतिक क्षेत्रमा समेत तपाईको उचाई बढ्नेछ। तपाईका विरोधीहरुको मनोवल […]
पूरा पढ्नुहोस्
यही चैत ८ गतेदेखि भरतपुर ११ को कमलादेवी मन्दिरमा महायज्ञ हुँदै
चितवन, चैत्र ४ भरतपुर महानगरपालिका ११ भोजाडमा रहेको कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा महायज्ञ हुने भएको छ । मन्दिरको भौतिक संरचना निर्माण गर्नका लागि महायज्ञ गर्न लागिएको भरतपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । महायज्ञ यही चैत ८ गतेदेखि १६ गतेसम्म हुन लागेको हो । महायज्ञबाट उठेको रकमले मन्दिर परिसरभित्र १०८ शिवलिङ्ग स्थापना र […]
पूरा पढ्नुहोस्




