Thursday, October 22

Author: Sarbatra Khabar

यहि पुस १४ देखि नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिवल कार्यक्रम हुने

चितवन, पुस १२  होटल व्यवसायी संघ चितवनको आयोजनामा शनिबारदेखि पाँचदिने रैथाने फुड फेस्टिबल तथा विविध साँस्कृतिक कार्यक्रम हुने भएको छ । नारायणगढको क्याम्पाचौरमा आयोजना हुन लागेको कार्यक्रमबारे आज बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो । फुड फेस्टिबलको उद्घाटन भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीबाट हुने मूल संयोजक लोकनाथ भट्टले जानकारी दिनुभयो  । उहाँका अनुसार […]

पूरा पढ्नुहोस्

भरतपुरको युनाइटेड टेक्निकल कलेजमा ‘टेक फ्युजन’ कार्यक्रम सम्पन्न

चितवन, पुस १२ युनाइटेड टेक्निकल (युटेक) कलेज भरतपुरसँगको सहकार्यमा युनाइटेड टेक क्लबले आयोजना गरेको ‘टेक फ्युजन’ कार्यक्रम विहिवार सम्पन्न भएको छ । सूचना प्रविधि र इन्जिनियरिङ्गका विभिन्न विधामा २१ वटा परियोजनाहरु प्रस्तुत गरिएको सो कार्यक्रममा देशैभरका १० वटा कलेजका विद्यार्थीहरुको सहभागि रहेको छ । रोबोटबाटै फूटवल टेक फ्युजन’ कार्यक्रमको प्रमुख आर्कषण बन्यो रोबोर्टबाटै खेलाइएको फुटवल […]

पूरा पढ्नुहोस्

चितवन हात्ती तथा पर्यटन महोत्सवमा सेल्फीकलीलाई हात्ती सुन्दरीको ताज

चितवन, पुस १२ चितवनको सौराहामा आयोजना गरिएको १७औँ चितवन हात्ती तथा पर्यटन महोत्सवअन्तर्गत हिजो गरिएको हात्ती सुन्दरी प्रतियोगितामा सेल्फीकलीले उपाधि जितेकी छिन्। छ वटा हात्तीलाई पछि पार्दै १७ वर्षीया सेल्फीकलीले ताज पहिरिएकी हुन्। यसपाली सुन्दरीमा ७ हात्तीलाई सहभागी गराइएको थियो । हात्ती महोत्सवको हिजो  दोस्रो दिन सुन्दरी प्रतियोगिता भएको हो। आज राप्ती नदीमा डुङ्गा दौड, […]

पूरा पढ्नुहोस्

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि

काठमाडौं, पुस १२ नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहनेछ । बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा १५ जनाले विधान संशोधनका बारेमा आ-आफ्नो धारणा राखेका थिए, जुन क्रम आज पनि जारी रहनेछ । आजको बैठक बिहान ११ः०० बजे देखि सुरु हुनेछ ।  

पूरा पढ्नुहोस्

आज यी ३ प्रदेशमा बदली : मौसम पूर्वानुमान

काठमाडौं, पुस १२ देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। राति कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा […]

पूरा पढ्नुहोस्

भिमोदय स्वर्णमहोत्सव : विद्यालयमा विभिन्न समयमा योगदान दिने ५०७ जना सम्मानित

चितवन, पुस ११   चितवनको कालिका नगरपालिका वडा नम्वर-५ पदमपुरमा अवस्थित भीमोदय नमुना माध्यमिक विद्यालयमा जारी स्वर्णमहोत्सव कार्यक्रम अन्तर्गत बुधबार विद्यालयमा विभिन्न समयमा योगदान दिने ५०७ जनालाई सम्मान गरिएको छ । विद्यालयले स्वर्णमहोत्सवको पाँचौ दिन आज पुर्व अक्षयकोष दाता ७ जना, पुर्व शिक्षक १०६ जना, पुर्व विद्यालय व्यवस्थापन समिति सदस्य ३७ जना, पुर्व विद्यालय कर्मचारी ७ […]

पूरा पढ्नुहोस्

प्रदेशका स्वास्थ्यमन्त्री जोशीको सराहनीय काम :नीतिमा सुधार जनतालाई राहत

काठमाडौं, पुस ११ बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पहल गर्नुभएको छ । उहाँले स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याउन पहल गरिरहर्नुभएको छ  । स्वास्थ्य क्षेत्र सुधारका लागि मन्त्रीले गरेको केही प्रयासको चौतर्फी प्रशंसा समेत हुन थालेको छ । २०८० जेठ ७ गते मन्त्रीमा नियुक्त हुनु भएका जोशीले हुँदा खानेहरूको अवस्थालाई […]

पूरा पढ्नुहोस्

आज यी तीन प्रदेशमा हिमपातको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौं, पुस ११ कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली अहिले छ। बाँकी भूभागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि यी तीन प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी,बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना […]

पूरा पढ्नुहोस्

सत्यनारायणबहादुर स्मृति मिडिया फुटसलको उपाधी चितवनलाइ

काठमाडौं, पुस १०  नेवाः पत्रकार राष्ट्रिय दबु [एनएफएनजे]ले नेपालको पत्रकारिता क्षेत्रका अग्रज सत्यनाराणबहादुर श्रेष्ठको स्मृतिमा आयोजना गरेको सत्यनारायणबहादुर स्मृति मिडिया कप फुटसल प्रतियोगितामा नेवाः पत्रकार राष्ट्रिय दबु चितवन च्याम्पियन भएको छ । आदर्श विद्या मन्दिर [एभिएम] विद्यालयस्थित फुट्सल मैदानमा सोमबार भएको प्रतियोगिताको फाइनलमा चितवनको टिमले एनएफएनजे काठमाडौँलाई ८–४ को गोलअन्तरमा पराजित गरेको हो । चितवन […]

पूरा पढ्नुहोस्

भरतपुरको युनाइटेड टेक्निकल कलेजमा ‘टेक फ्युजन’ प्रतियोगिता हुँदै

चितवन, पुस १० भरतपुरको युनाइटेड टेक क्लबले दुई दिने ‘युनाइटेड टेक फ्युजन’ कार्यक्रम आयोजना गर्ने भएको छ । युनाइटेड टेक्निकल कलेज भरतपुरसँगको सहकार्यमा सूचना प्रविधिका विभिन्न विधामा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । यसअघि ‘यु टेक ह्याकाथन अल्फा’ कार्यक्रम आयोजना गरिसकेको क्लबले अहिले भने क्याप्चर द फ्ल्याग (सीटीएफ), रोबो फुटबल र प्रोजेक्ट प्रदर्शनी लगायतका […]

पूरा पढ्नुहोस्