Author: Sarbatra Khabar
विप्लव संसद् छिर्न लाग्यो भनी दुष्प्रचार गरियो : महासचिव चन्द
काठमाडौं, भाद्र १६ नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आफूलाई संसदमा प्रवेश गर्न लागेको भनेर दुष्प्रचार गरिएको बताउनुभएको छ । समाजवादी मोर्चाको सभालाई हिजो शुक्रबार पोखरामा सम्बोधन गर्दै महासचिव चन्द आफूलाई संसदमा छिर्न खोजेको भनेर बजारमा भ्रम फैलाइएको बताउनुभएको हो । उहाँले भ्रम प्रचार गर्ने मान्छेपनि सफल नहुने बताउनुभयो । महासचिव चन्द आउँदो दशक […]
पूरा पढ्नुहोस्
आइतबार कोशी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ हुने
काठमाडौँ, भाद्र १५ कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आइतबार हुनेभएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासका लागि तोकिएको आजको पेशी हेर्न नमिल्ने भएपछि सुनुवाइ आइतबारका लागि सरेको हो । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री उद्धव थापालगायतलाई विपक्षी बनाई […]
पूरा पढ्नुहोस्
छिट्टै विद्युत विधेयक संसदमा पेश हुने : ऊर्जामन्त्री बस्नेत
काठमाडौं, भाद्र १५ ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक छिट्टै संसदमा पेश गर्ने बताउनुभएको छ । मन्त्री बस्नेतले मन्त्रीपरिषद्ले आवश्यक निर्णय गरिसकेको उल्लेख गर्दै सो विधेयक छिट्टै संसदमा पेश हुने बताउनुभएको हो । शुक्रबार काठमाडौमा शुरु भएको ट्रेड एक्स्पो उद्घाटन पछि सञ्चारकर्मीमाझ सो जानकारी गराउनुभएको हो । ऊर्जा क्षेत्रको उत्पादन, पूर्वाधार विकास र […]
पूरा पढ्नुहोस्
महिला टी–ट्वान्टी विश्वकप : बहराइनमाथि नेपालको जित
काठमाडौँ, भाद्र १५ आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । मलेसियाको क्वालालाम्पुरमा आज भएको खेलमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले २ दशमलव ५ ओभरमा कुनै विकेट नगुमाइ लक्ष्य पूरा ग¥यो ।
पूरा पढ्नुहोस्
आज हल्कादेखि मध्यम वर्षाको सम्भावना : मौसम पूर्वानुमान
काठमाडौं, भाद्र १५ कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा शुक्रबार हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश र गण्डकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
पूरा पढ्नुहोस्
आईसीसी महिला टी–ट्वान्टी : नेपालले आज बहराइनसँग खेल्दै
काठमाडौं, भाद्र १५ आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज बहराइनसँग खेल्दैछ। खेल मलेसियामा बिहान सवा ११ बजे सुरु हुनेछ। हिजो भएको पहिलो खेलमा नेपालले मलेसियालाई ५ रनले पराजित गर्दै खेलमा विजयी सुरुवात गरेको छ। बहराइनले कतारलाई ५ विकेटले पराजित गरेको थियो।
पूरा पढ्नुहोस्
आज कोशी प्रदेश सरकार विरुद्धको रिटमा सुनुवाई हुँदै
काठमाडौं, भाद्र १५ कोशी प्रदेश सरकारको विश्वासको मत विरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि नियमित सुनुवाई शुरु हुने भएको छ । सत्ता गठबन्धनमा रहेका र वैठकको अध्यक्षता गरेका सांसदको समेत मत प्रयोग गरी मूख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएपछि नेकपा एमालेले त्यस विरुद्ध सर्वोच्चमा रिट हालेको थियो । सर्वोच्चले यही भदौ ७ गते विश्वासको मत […]
पूरा पढ्नुहोस्
पार्टी कार्यालय नभत्काउन उच्च अदालतको अन्तरिम आदेश
काठमाडौँ, भाद्र १५ उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधिशद्वय शुभाष पौडेल र नारायणप्रशाद पौडेलको संयुक्त इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकको जग्गामा निर्मित भवन नभत्काउन अन्तरिम आदेश दिएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार घर […]
पूरा पढ्नुहोस्
राष्ट्रिय भूकम्प मापन : भोजपुर केन्द्रविन्दु भएर हिजो राति भूकम्प
काठमाडौं, भाद्र १५ भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर गएराति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पबाट कुनै पनि क्षति भएको छैन ।
पूरा पढ्नुहोस्
नेपाल आयल निगम : इन्धनको मूल्यवृद्धि‚ ग्यासमा २३५ रुपैयाँ बढ्यो
काठमाडौँ, भाद्र १४ पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले बिहीबार विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्य बढेको जनाएको हो। पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको निगमले जनाएको छ। निगमले मूल्य वृद्धि आज राति १२ बजेदेखि लागू हुने जनाएको छ। इन्डियन आयल कर्पोरेसनबाट […]
पूरा पढ्नुहोस्




